- Advertisement -spot_img
Monday, April 19, 2021
Homeफिचरपुरुषले मागे सम्बन्ध विच्छेद

पुरुषले मागे सम्बन्ध विच्छेद

- Advertisement -spot_img

घोराही, ५ भदौ । दाङमा दुईजना पुरुषले वैवाहिक सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गराएका छन् । दाङ देउखुरी जिल्ला अदालतमा उनीहरुले श्रीमतीसँग सम्बन्ध विच्छेद गरिपाउँ भनि मुद्दा दर्ता गराएका हुन् । यो सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गराउने नयाँ तथा पहिलो हो । भदौ १ गतेदेखि लागूभएको नयाँ मुलुकीलाई ऐनको आधारमा दुईजना पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका हुन् । नयाँ मुलुकी ऐनले पुरुषलाई पनि सिधै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेको छ । नयाँ ऐन लागू हुनुभन्दा पहिला पुरुषले सम्बन्ध विच्छेद गर्न लागि सिधै अदालतमा प्रकृयामा जान पाउने व्यवस्था थिएन् । सम्बन्ध विच्छेद गर्न चाहने पुरुषले स्थानीय तहमार्फत सिफारिस लिएरमात्रै सम्बन्ध विच्छेदको लागि जाने कानुनी प्रकृया थियो । तर अहिले पुरुषहरुले सम्बन्ध विच्छेदको लागि सिधै अदालतमा जान सक्छन् । पति पत्नी दुबैको मञ्जुरीले अदालतमा निवेदन दिई वैवाहिक सम्बन्ध बिच्छेद गर्नसक्ने मुलुकी ऐनले व्यवस्था गरेको छ । त्यस्तै बहुविवाह गर्न नहुने र गरेमा १ बर्षदेखि ५ बर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । त्यस्तो विवाह स्वतः बदर हुने पनि ऐनले व्यवस्था गरेको छ । श्रीमानको मञ्जुरीविना श्रीमती तीन वर्ष बाहिर बस्यो भने श्रीमानले सिधै अदालतमा गएर सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था गरेको अदालतका मुख्य न्यायधीश रावलले बताए । त्यस्तै श्रीमान्लाई श्रीमतीले कुनै अंगभंग हुने गरी कुटपिट गरेमा, परपुरुषसँग शारीरिक सम्बन्ध राखेको अवस्थामा वैवाहिक सम्बन्ध विच्छेद गर्न पाउने उनले बताए ।

नयाँ मुलुकी ऐनले पुरुषलाई पनि सिधै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेको छ । नयाँ ऐन लागू हुनुभन्दा पहिला पुरुषले सम्बन्ध विच्छेद गर्न लागि सिधै अदालतमा प्रकृयामा जान पाउने व्यवस्था थिएन् ।


पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकै आधारमा सम्बन्ध विच्छेद भने हुदैन् । ‘पुरुषलाई पनि अदालत मुद्दा दर्ता गराएर सम्बन्ध विच्छेद गराउन सक्ने ऐनले व्यवस्था गरेको छ’ अदालतमा मुख्य न्यायधीश रावलले प्रदेश टुडेलाई भने ‘तर कसको कारणले सम्बन्ध विच्छेद गरिदैछ, दुबै पक्षलाई बोलाएर मात्र फैसला हुन्छ ।’ पुरुषले सम्बन्ध विच्छेद गर्न चाहेको अवस्थामा महिला (श्रीमती)कै कारण सम्बन्ध विच्छेद गर्नुपर्ने बाध्यता रहेछ भन्ने अंश दिनु नपर्ने उनले बताए । ‘सम्बन्ध विच्छेदको मुद्दा हाल्दैमा उसैको पक्षमा फैसला हुन्छ भन्ने हुदैन्’ उनले भने ‘मिलापत्र पनि गराउन सकिन्छ ।’ श्रीमतीको कारणले श्रीमानले सम्बन्ध विच्छेद गरेको छ भने श्रीमतीले कुनै पनि अंश नपाउने र श्रीमानको कारणले श्रीमतीले सम्बन्ध विच्छेद गर्दैछ भन्ने श्रीमतीलाई अंश दिएर सम्बन्ध विच्छेद गर्ने ऐनमा व्यवस्था रहेको बताए । अदालतमा दर्ता गरिएको सम्बन्ध विच्छेदको आधारमा भन्दा पनि कारणको अधारमा फैसला गर्नु पर्ने उनले बताए । दाङ देउखुरी जिल्ला अदालतमा भदौ १ गतेदेखि लागू भएको नयाँ ऐन अनुसार दुईजना पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएको बताए । नयाँ मुलुकी ऐन लागू भएदेखि दाङ देउखुरी जिल्ला अदालतमा चारवटा मुद्दा दर्ता भएका छन् । अदालतमा चार दिनको अवधीमा दुईवटा सम्बन्ध विच्छेद, एउटा लेनदेन र जालसाचीको मुद्दा दर्ता भएको अदालतमा न्यायधीश रावलले बताए । नयाँ मुलुकी ऐन लागू भएदेखि अदालतमा परेको यि मुद्दा निकै कम हो । पहिले दिनमा विभिन्न प्रकारका सरदर १२ वटासम्म मुद्दा दर्ता हुने गरेको थियो । तर नयाँ मुलुकी ऐन लागू भएपछि अझै पनि अलमलमा देखिका कारण पनि अदालतमा मुद्दा कम परेको हुनसक्ने उनले बताए । ‘भर्खरै नयाँ मुलुकुी ऐन लागू भएको छ, अझै अलमलमै देखिन्छ’ उनले भने ‘नयाँ मुलुकी ऐनको विषयमा कतिपय पढ्दै बुझदै हुनुहुन्छ होला ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here