घोराही, १ माघ । प्रजातान्त्रिक सेनानी एवं नेपाली काँग्रेसका नेता मेघराज पुरीको १३औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा कार्यक्रम मंगलबार सम्पन्न भएको छ । नेपाली काँग्रेस त्रिपुरनगरको आयोजनामा घोराही उपमहानगरपालिका– १२ रतनपुरमा पुरी निवासमा कार्यक्रम भएको हो ।
नगर सभापति दिपक पाण्डेको अध्यक्षता एवं नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर ३ को सभापति भूपबहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले स्वर्गीय पुरीले प्रजातान्त्रिक आन्दोलनमा महङ्खवपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए । साथै काँग्रेसको संगठन बलियो बनाउनका लागि क्रियाशील भूमिका रहेको उनीहरूको भनाइ थियो । स्वर्गीय पुरीले देखाएको बाटोका हिड्न सक्नुपर्ने उनीहरूको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि भरतबहादुर न्यौपाने, नेपाली काँग्रेस दाङका कार्यसमिति सदस्य निर्मल न्यौपाने, काँग्रेस घोराही–११ का अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण), दलित संघ दाङका अध्यक्ष बाबुराम विक, काँग्रेस नेता कृष्ण गिरी, दलित संघका जिल्ला पूर्व अध्यक्ष खेमराज विक, काँग्रेस त्रिपुर सदस्य भिमसेन बस्नेत, दसनामी समाज प्रदेश नम्बर ५ को अध्यक्ष सरस्वता पुरीले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वर्गीय पुरीका छोरा भरत पुरीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमकमे सहजीकरण क्रियाशील सदस्य मोहन न्यौपानेले गरेका थिए ।