नेपालमा परिवर्तनको नारामा धेरै अभ्यास प्रयास मात्र भएन मानवीय, आर्थिक, भौतिक, नैतिकता सर्वक्षेत्रमा क्षति भयो । उपलब्धि जहिले पनि न्यून, शुन्य हात लाग्यो । हामी नेपालीहरुमा रहेको चिन्तन, संस्कार शैली फेरिएन ।
हालसम्म शिक्षा ऐन २०२८ जीवितै छ । कुरा र भाषण सुन्दा विकास भै सक्यो की ? सबैतिर समृद्ध भै हाल्यो की ? स्मार्ट, सुन्दर भै सक्यो की ? भन्ने जस्तो लाग्ने राम्रोसँग गहिरिएर हेर्ने हो भने,
विश्लेष्ण गर्ने हो भने राज्य सञ्चालनमा गर्ने तौर–तरिका नयाँको कुनै आभाष हुँदैन । मौका अवसर आयो भने ७०/८० वर्ष अगाडिको अवस्था जस्तो जसले जे गर्न सक्छ गर्नेले नै जित हासिल गर्ने, बोल्न नसक्ने लाटोसोझो इमान्दार, कर्तव्यनिष्ठ, अुनशासित, समाजको, राष्ट्रहितको लागि चिन्तन राख्ने यथार्थ, वास्तविकताको आवाज उठाउनेहरु धम्की, त्रासमा बाँच्नुपर्ने, सबै एकातिर विरोध गर्ने, एक्लै परेजस्तो महसुुस हुने किन यस्तो ? कहाँ कस्तो अवस्था छ ?
यातायात क्षेत्र
पुल निर्माणका पिलर उठाईएको ३/४ वर्ष हुँदासम्म काम अघि नबढ्ने, एउटा ५÷६ जनाको क्षमता भएको गाडीमा २०/२५ जना कोच्चिनु पर्ने, ३०/३५ सिटको क्षमता भएको गाडीमा ७०/८० जना कोच्चिनु पर्ने ।
बाटाघाटा निर्माण हुँदा टाठाबाठाका संरचना छुनु नपर्ने, लाटासोझा, इमान्दारहरुको डोजर लगाई एकलौटी क्षति व्यहोर्नु पर्ने ।
सामुदायिक वनको सर्वनास हुनेगरी कटानी, बेचबिखन, बलियाहरुले डोजर लगाएर जताजतै ठूला रुख छन् त्यतै, त्यतै ध्वंस हुँदासम्म विकासकै नाम जोडिने, उपभोक्ताहरुले हस्ताक्षर गरेकै हुन् । विना लाइसेन्स, विना बिलबुक, विना प्रमाणका यातायात साधनले जरिवाना तिरेपछि निर्धक्क चलिरहन पाउने ।
स्वास्थ्य क्षेत्र
निःशुल्क भनेर ढ्वाङ फुकेका औषधी एउटा टेप्लेट नपाए पनि हुने । डाक्टरको लापरवाहीको कारण सर्वसाधारणको जीउ ज्यानको क्षीत हुँदा, पीडाका आवाज उठाउनेहरुमाथि लाठीचार्ज भएपनि सहनुपर्ने । दुर्गम क्षेत्रमा डाक्टरहरु नपुग्ने ।
सरकारी हस्पिटलको नियुक्ति लिएका डाक्टरहरु आफ्नै क्लिनिकमा व्यस्त हुन पाइने । अस्पतालमा सामाग्री छन् । अति आपतविपद्का बिरामीको लाईन छ ।
डाक्टरको दरबन्दी छ तर डाक्टर छैन । नर्सको जिम्मा अस्पताल चल्दासम्म जनताले टुलुटुलु हेर्नुपर्ने । अधिकांश म्याद कटेका औषधी बेचेर, बिरामीलाई नयाँ–नयाँ समस्या आएपनि बिरामीकै कमजोरी मानिने ।
व्यापार विजनेश क्षेत्र
व्यापारीले सामानको मूल्य जति बढाए पनि हुने । अधिकांश म्याद कटेका खाद्यवस्तु, खातमा गलेका लत्ता कपडा, औषधी हालेका फलफुल विषाक्त औषधी प्रयोग गरिएका तरकारी जनताले खानै पर्ने, किन्नै पर्ने बाध्यतामा बाँच्नुपर्ने । समान उहि हो कम्पनी एउटै हो तर पसले पिच्छेको मूल्य फरक–फरक हुँदासम्म ग्राहकहरु मौन बस्नुपर्ने ।
कृषि क्षेत्र
रोपाई हुने समय वितिसक्यो मलको अत्तोपत्तो नहुने त्यो समस्या किसानले जहिले पनि ब्यहोर्नुपर्ने अवैध मल चर्को मुल्यमा कालावजारी वाट किन्न वाध्य हुनुपर्ने ।
पसलहरुमा राखिएका विउविजन उन्नत जातका हुन होईनन चेकजाँच नभएपनि खरिद विक्री भै रहने, प्रयोग गर्दा जमिन पुरै वाझै भएपनि सहनुपर्ने कृषकका सामानको मुल्य मेहेनत, परिश्रम अनुरुपको नहुने, बजार व्यस्थापन पनि नहुने । मेहेनत गरेर उब्जेका उब्जाइएका सामाग्री नष्ट भएर गएपनी क्षति सहनै पर्ने ।
शिक्षा क्षेत्र
सबैभन्दा नेपालमा राज्यको लगानी बालुवामा पानी हालेसरी क्षति हुने क्षेत्र शिक्षा हो । शिक्षामा दोयम पुरानै नीति । शिक्षा ऐन २०७६ सम्म २०२८ को पुरानै क्रियाशील । शिक्षामा व्यापारीकरण शिक्षा वर्गीय हुने खाने र नहुने खानेको विभेदीकरण शिक्षा ।
बेरोजगारी उत्पादन गर्ने फ्याक्ट्रीको रुपमा क्रियाशील । शैक्षिक माफियाको हालिमुहाली । एनजिओ, आईएनजिओको हाली मुहाली ।
राज्यको जिम्मेवारीतामा कमजोरी । शिक्षकहरुको मनपरी । अभिभावकहरु सरकारी शिक्षामा लगानी गर्न इच्छुक भएपनि सरकार निःशुल्कको ढ्वाङ फुकेर वाधक । शिक्षा क्षेत्रमा राजनीतिकरण । राजनैतिक गर्ने थलो ।
भ्रष्टाचारको खानी र नक्कली प्रमाणको बिगबिगी । पाठ्यपुस्तक पुरानै शैलीका । शिक्षकमा नयाँपन हुनै नसक्ने जति तालिम प्राप्त भएपनि व्याख्यान विधि पढ–पढ, लेख–लेखमा ठगी मात्र तलब पकाउने खेलोमा क्रियाशील राज्य पुरानै नीतिको पुरानै चिन्तन, पुरानै शैलीमा क्रियाशील ।
राजनैतिक क्षेत्र
राजनीति क्षेत्रको कारण राष्ट्र नै अस्तव्यस्त । राजनैतिक अस्थिरता । राजनीति कमाउने, ढाट्ने थलो । राजनैतिकलाई ढाँट नीति, ठग नीतिमा क्रियाशील । राजनीति क्षेत्रमा अभिभावकविहीन । नेतृत्वमा विचलन ।
जति ठूला युद्ध आन्दोलन भएपनि सम्झौतामा तुहाउने बेइमान खेल । राजनीतिमा नातावाद, क्रिपावाद, आर्थिक चलखेलमा पुरानै चिन्तनमा क्रियाशील । राजनीति गरिबको पहुँचवाट टाढा ।
शान्ति सुरक्षाको क्षेत्र
नेपालमा नागरिकको हदैसम्म असुरक्षा । बाँच्न पाउने अधिकारको हनन् । विकृतिमूलक कार्य प्रायः कार्यरत सुरक्षाको जिम्मेवारीबाट बढी बेइमानीता । (विविध घटना) हतियार सही ठाउँमा प्रयोग नहुने ।
नागरिकले सुरक्षामा खट्नेहरुलाई अपनत्व गर्न कठिन । मत्स्य न्याय ठूलाले सानोलाई मानवता नाताविहीन । बोलवालाको चैन, सानालाई ऐन । राजनीतिक रिमोटबाट सञ्चालित । घुस, कमिशनमा प्रायः विवादित ।
न्याय क्षेत्र
न्याय क्षेत्रमा बढी विचौलियाको बिगबिगी । बिचौलियामा घनाढ्य, बोलवालाहरुको बढी चलखेलमै सत्यतथ्यमा पुग्न कठिन पार्ने । न्याय क्षेत्रले दिएको निर्देशन ग्रहबाट उल्लङ्घन गरिरहने । कानून हातमा लिन खोज्नेहरुबाट अन्याय । न्यायीक क्षेत्रका जिम्मेवारहरुलाई अन्यौलग्रस्त बनाईने ।
मानवअधिकारको क्षेत्र
मानवअधिकार हनन् हुने, मानव अधिकारको क्षेत्र । नेपालमा राजनीतिको बहानामा मानवताकोे ठूलो क्षति, नोक्सानी । नेपालमा मानव बेचबिखन, श्रम शोषण, यौन शोषण, दाइजोको कुप्रथा, हाडनाता करणी, हत्याहिंसा बालविवाह (मिटर
ब्याजको आतङ्क)बाट मानव अधिकारमा आक्रमण ।
माथि उल्लेखित विषयवस्तुहरु माथि नेपालमा परिवर्तन हुन सकेन । परिवर्तनको नारामा ठूला–ठूला मानवीय, आर्थिक, भौतिकको अतुलनीय क्षती भए । सत्ता फेरिए, व्यवस्था फेरिए तर संस्कार फेरिएनन् । पुराना ऐन, कानुन फेरिएनन् ।
तल्लो, गरिब, इमान्दार, कर्तव्यनिष्ठलाई हेर्ने दृष्टिकोण फेरिएन । मालपोत जहाँ नेपालीहरुको केन्दूविन्दु (मुटु) रहेका स्थानमा बिचौलियाहरुको अतिचार, घुस प्रकरण, दलाली प्रवृत्ति, सताउने ठग्नेहरुको हुल रोकिएनन् । भनसुन सोर्सफोर्स, ढिलासुस्ती रोकिएनन् । नेपालमा अधिकांश पुरानै चिन्तन, पुरानै संस्कार पुरानै तौरतरिका, पुरानै रीतिरिवाज, पुरानै धर्मको नाममा विकृति फेरिएन, रोकिएन, जनपक्ष, जनआवाजको कदर सम्मान हुन सकेन । भ्रष्टाचार रोकिएन ।
नेपालको राजनीतिक दलालीहरुको अन्तर्राष्ट्रिय रिमोर्ट नेपाली जनताको हातमा आउन सकेन । अबको नेपाल र नेपाली जनताको लागि मात्र परिवर्तन हुने क्षेत्रहरु पुराने चिन्तन पूर्णरुपमा अन्त्य हुनुपर्छ ।
पुरानो कार्यशैली टोटल निस्तेज हुनुपर्छ । पुराना ऐन कानुन बदलिएर समयसापेक्षिक हुनुपर्छ । तल्लो, गरिब, पीडित, शोषित, जातीय, भेदभावमाथि हेर्न दृष्टिकोण पुरानो सम्पूर्ण निस्तेज भएको हुनुपर्छ । नेतृत्वमा, सत्तामा पुग्नेहरुका पुरानो खाले मनमस्तिष्क, व्यवहार, चालचलन, जनपक्षिय, राष्ट्र पक्षीय पारदर्शी अनिवार्य रुपमा हुनुपर्छ ।
अन्यथा जत्तिसुकै कोरा, अर्थहीन, विना कामका पुरानो शैली नयाँ भाषण, अरुलाई मात्र प्रशिक्षण गर्ने, आफूमा ‘चमडी चाए, दमडी नहि जाए’ छाला उत्री जावस् तर सोच बदल्नै नसक्ने प्रवृत्तिले अबको संसार चल्दैन ।
नुमना काम, व्यवहारबाट देखिने गरी मात्र जनताको विशवास हुनेछ । अन्यथा ‘कौवालाई बेल पाक्यो हर्ष र विस्मात’, ‘जस्ता थियौँ मितजु उस्ता–उस्तै ।’ ‘१२ वर्ष रामायण पढेर सीता कस्की जोई ?’
‘कुुकुरको पुच्छर ढुङ्ग्रामा हाले पनि बाङ्गाको बाङ्गै ।’ ‘माछो–माछो भ्यागुतो’, चोक्टा खान गकी बुढी झोलमा चुर्लुम्म’ लगायतका उखान टुक्काले धुलो मर्दैन । कुरा र भाषणले देश चल्दैन सबैमा चेतना भया ।