पितृ श्राद्ध गर्ने कि नगर्ने ? सोचौं

विचार

हामी सबै कोही न कोहीका छोरा वा छोरी हौँ । हरेक महिला वा पुरुष आज कसैको छोराछोरी हो भने निकट भविष्यमा ऊ पनि कोही कसैको बाबु–आमा हो । यो जीवन चक्रिय प्रणालीमा चलेको छ ।
आज कसैलाई छोराछोरी बनाएको छ भने भोलि उनैलाई बुवा–आमा बनाउनेछ र पर्सि उनैलाई बाजे–बोई पनि बनाउने छ । त्यसैले हामीले आज आफू छोरा हुँदाको कर्तव्य निर्वाह ग¥यौँ भने त्यो भोलि हाम्रा सन्नतिले पनि गर्ने छन् ।
हाम्रो धर्म के हो ? भने जीवित छँदासम्म आफ्ना बुवा–आमाको सेवा गर्ने र मृत्यु भयो भने उनको श्रद्धा भक्ति अर्पण गर्ने । बाबु–आमाकै कारण आज हामी जो जस्तो अवस्थामा छौँ त्यो त्यहीँ अवस्थामा छौँ ।
त्यसैले बाबु–आमा हाम्रा लागि देवतुल्य नै हुन् । हामीले बाँचुञ्जेल हाम्रा बुवा–आमाको उचित हेरचाहको साथै मानसम्मान तथा कदर गर्ने । बुवा–आमाको सोंच अनुसार काम गर्ने । बाबु–आमाको आज्ञा पालक बन्ने र उनकै मार्ग निर्देशनमा हिड्ने हाम्रा लागि महान हुन्छ ।
बुवा–आमा जस्तोसुकै अनपढ र अज्ञानी भएपनि उनको सोच र विचार सधैं आफ्ना सन्तानलाई राजा र मन्त्री सरहको पद प्रतिष्ठामा देख्ने, सुन्ने र भोग्ने इच्छा हुन्छ ।
कुनै पनि किसान बुवाले आफ्नो छोरालाई किसान नै होस् कहिल्यै भन्दैन । कुनै पनि मजदुर बुवाले आफ्नो सन्तानलाई भोलि मजदुर नै होस् भनेर सोच्दैन । कुनै पनि परदेशी बुवाले आफ्नो सन्तान भोलि परदेशी नै बनोस् भनेर सोच्दैनन् ।
हरेकका बुवा–आमा आफू जस्तो न्यून र तुच्छ काममा लागे तापनि र संलग्नता भएता पनि आफ्ना भावी सन्तान भने निकै माथि चढेको र बढेको हेर्न चाहन्छन् ।
यो सोच, यो विचार, यो भावना, यो मानसिकताले नै आज सामान्यका छोरा पनि मन्त्री तथा प्रधानमन्त्री बन्ने अवसर प्राप्त भएको छ । जस्ताको छोरा त्यस्तै नहुनुको कारण पनि बाबु–आमाको आशीर्वाद, बरदान र प्रसाद हो । चाहे त्यो महान होस्, चाहे त्यो तुच्छ किन नहोस् ।
भनिन्छ ‘सबैको ऋण तिर्न सकिन्छ, तर पितृ ऋण कहिल्यै तिर्न सकिन्न ।’ जसले जन्मायो, हुर्कायो, पाल्यो, ताल्यो र यो धर्तीमा यहाँसम्म खेल्ने र चर्ने बनायो उसको ऋण कसरी फिर्ता गर्न सकिन्छ ? कसैको ऋणबाट मुक्त हुनको लागि ऋण बराबरको धन चुक्ता गर्न सक्नुप¥यो कि परेन ?
हामीले हाम्रा बुवा–आमाले दिएकोयो सिंगो जीवन लालनपालन र शिक्षादीक्षाको मूल्य कहिल्यै चुक्ता गर्न सक्छौँ ? यो जीवनको मूल्य कति छ ? थाहा छ ? संसारमा सबथोक पाइन्छ तर जन्म दिने आमा र बुवा कहिल्यै पाइन्न ? हरेक कुरा एकपटक गुमाए पनि पुनः कमाउन वा फिर्ता गर्न सकिन्छ तर आफूलाई जन्म दिने बुवा–आमालाई एक पटक गुमाई सकेपछि कहिल्यै कमाउन सकिन्न र फिर्ता गर्न सकिन्न ।
त्यसैले पनि हामीले जान्ने कुरा के हो भने जीवित बुवा–आमाको सेवा सत्कार गरौं र मृत्युवरण गरेका बुवा–आमालाई पितृका रुपमा श्रद्धा भक्ति तर्पण गरौं । यतिबेलाको समय र पक्ष पितृ–पक्ष भएकोले पनि यो विषयले स्थान पाएको हो ।
हाम्रो शास्त्रले के भनेको छ भने ‘सूयैकन्या गते श्राद्धं यो न कुर्याद गृहाश्रमीः ।।’ ‘धनं–पुत्रा कृतस्तस्यीपतृनिश्वास पिडनान ।।’ अर्थात् यदि कोही गृहाश्रमीले सूर्य कन्या राशिको भएकोले लामा आफ्ना पितृको कर्म गरे भने उसको धन र सन्तानमा पितृ सदा पीडादायी बन्दछन् ।
त्यसैले कसैले आफ्ना पितृको श्राद्ध गर्नु भनेको आफ्ना पितृका लागि होइन । हामी जे गछौँ त्यो हाम्रो लागि हो । हामीले आफ्ना बुवा–आमाको मृत्यु तिथिमा जलदान, अन्नदान, दक्षिणा दान, भोजन दान जे–जे गरे पनि त्यसको फल आफ्ना लागि हो ।
कसैले आफ्ना बुवाको श्रद्धा गरेर फूर्ति लगाउन पनि कुनै जरुरी नै छैन । कोही कसैले आफ्ना मरेका बुवा–आमालाई कहिल्यै स्मरण नगरेर घुर्की लगाउनु पनि कुनै जरुरी नै छैन । पितृका नाममा जे–जे गरियो त्यो पनि आफ्नै लागि गरियो । पितृका लागि जे–जे गरिएन त्यो पनि आफ्नैका लागि गरिएन ।
हामीले पितृ श्राद्ध गरेर पितृले पाउने र हामीले पितृ श्राद्ध नगरेर पितृले नपाउने होइन । यो गलत सोच र गलत भ्रम नपाले पनि हुन्छ । हाम्रा कुनै पनि पितृ अभावमा ग्रस्त छैनन् । पीडामा ग्रस्त छैनन । मानिस जब देह त्याग्छ ऊ सर्वसम्पन्न हुन्छ ।
उसका लागि केही कुराको खाँचो हुँदैन । जसले हामीलाई जन्मायो, हुर्कायो, पाल्यो, ताल्यो, लेखायो, पढायो त्यति महान व्यक्ति आज हामीबाट पीडित हुन्छ होला त ? कदापि हुँदैन ? जो सँग सर्वशक्ति निहित छ उसले कसैबाट पनि कुनै चिजको चाहना र कामना गर्दैन । हामी स्वयम्ले आफ्ना माता–पितालाई ईश्वर भगवान ठानेर पुकार्ने र शक्ति आर्जन गर्ने काम मात्र हो ।
यदि हामीले पितृ कर्म ग¥यौँ भने हामी माथिको पितृ ऋणको भार हल्का हुन्छ र हामीले हाम्रो जीवनयापनको काम सहजै टार्न सक्छौँ । यदि हामीले पितृ कर्म गरेनौं भने हाम्रा लागि पितृ ऋणको भार गह्राँै र कठीन हुन्छ । जसका कारण हामी सदासर्वदा बोझिला र केही गर्न नसक्ने कर्मबिहीन बन्न सक्छौँ । हामी कहिल्यै उन्नति र प्रगतिको बाटोमा जान सक्दैनौ ।
त्यसकारण हामीले बुझ्ने कुरा के हो भने जिउँदा बुवा–आमाको सेवा सत्कार गर्ने भनेको पनि आफ्नै स्वार्थका लागि हो । किन भने जिउँदो हुँदासम्म धन–पैसा श्रीसम्पत्ति सबैको अधिकार र बुवा–आमामाथि नै निहित हुन्छ ।
त्यसैले सेवा गरे मेवा पाइन्छ भन्ने आशाले र चाहनाले सेवा गर्ने हो । त्यो पनि आफ्नै लागि हो । जिउँदो हुँदाको अवस्थामा श्री सम्पत्तिको मालिक बनेका आफ्ना बुवा–आमा मरिसकेपछि फेरी पनि धन र सन्तानका मालिक, शक्तिदाता, वरदाता र भगवानतुल्य हुन्छन् ।

जे गर्छौ आफ्ना लागि गर र जे गर्दैनौ आफ्ना लागि नगर । देवताभन्दा पनि पितृ ठूला हुन् भनेर नै शास्त्रले सिकाएका कुरा हुन् । देवताले दिएको पितृले हरण गर्न सक्छन् ।

यदि हाम्रा पितृ खुसी छैनन् र हाम्रो भक्ति–भाव र सर्मपण पितृ प्रति छैन भने देवता जति खुशी भएपनि त्यो शक्ति र वरदान हामीलाई प्राप्त हुँदैन । पितृको नाम, पितृको तिथि, पितृको कर्म, पितृको धर्म र पितृको श्राद्ध भएता पनि त्यसबाट प्राप्त हुने उर्जारुपी फल सबै हाम्रै लागि हो ।


यस्तो अवस्थामा उनको नाममा जे–जे गरेपनि आफ्नै स्वार्थका लागि गर्ने हो । त्यसैले हामीले हिजो यति ग¥यौँ, उति ग¥याँै । आज यति गर्दैछौँ, उति गर्दैछौँ भन्ने सोच नितान्त गलत छ ।
हामीले दिएको जलदान पितृले पिउँछन्, यो न ठान्नुहोस् । हामीले दिएको अन्नदान पितृले भात खान्छन् यो जान्नुहोस् । हामीले दिएको वस्त्रदान पितृले कपडा लगाउँछन् यो नमान्नुहोस् । हामीले दिएको पिण्डदान पितृले पाउँछन्, यो नसोच्नुहोस् ।
तपाईले आफ्ना पितृका नाममा जे–जे गर्नुभयो त्योे सेवा र सर्मपणको भाव हो । जनसेवा, सर्मपण र श्रद्धाले तपाईले जे–जे दान गर्नुभयो त्यो तपाई हामीलई नै चाहिएर प्रत्यक्ष देखाएर मलाई यस्तै दिनुहोस् भन्ने र मागेको, हात थापेको र अुननय विनय गरेको कुरा हो ।
पितृलाई दिएको होइन । जसले हामीलाई सर्वस्व दियो त्यस्तालाई हामीले के दिन सक्छौँ ? हामीसँग दिने औकात के छ ? हामीसँग पितृ टार्ने धन दौलत के छ ? केही पनि छैन् । हामीले दिन खोजेको पनि होइन । सबैकुरा देखाएर मलाई यो–यो चिज देउ भनेर मागेको मात्र हो ।
जसले पितृलाई दिए, ख्वाए, तारे, पाले र उतारे भन्छ त्यो महामूर्ख हो । जो जसको छोरो भएर जन्मियो र यो धर्तीमा पाइला टेक्यो उसले आफ्नालाई पितृसँग लियो कि पितृका लागि आफूबाट केही दियो ? फेरी ऊसँग के छ र ? पितृले जे दिए त्यो भन्दा बढी के पो छ र ?
उसको सिङ्गो शरीर पनि पितृले दिएका, उसको विद्या–वुद्धि पनि पितृले दिएका, उसको धन सम्पत्ति पनि पितृले दिएका । त्यो भन्दा बढी ऊसँग के छ र ? आफ्ना पितृलाई दिन्छन् ।
त्यसकारण हामी कोहि पनि मूर्ख, अति मूर्ख र महामूर्ख बन्न जरुरी छैन । हामी सबै पितृका अंश र वंश हो । हाम्रा माता–पिताको आशीर्वाद नै हाम्रा लागि धन्य हो । भगवान महादेवलाई वरदान दिन्छु भन्नु र आफ्ना बुवा–आमा तथा पितृलाई दिन्छु भन्नु बेकार हो ।
हामीले जहिले पनि लिन्छु भनेर काम गरौँ । हाम्रा शास्त्र र पुराणहरुले पनि त्यहि कुरा भनेका छन् । जे गर्छौ आफ्ना लागि गर र जे गर्दैनौ आफ्ना लागि नगर । देवताभन्दा पनि पितृ ठूला हुन् भनेर नै शास्त्रले सिकाएका कुरा हुन् । देवताले दिएको पितृले हरण गर्न सक्छन् ।
यदि हाम्रा पितृ खुसी छैनन् र हाम्रो भक्तिभाव र समर्पण पितृप्रति छैन भने देवता जति खुशी भएपनि त्यो शक्ति र वरदान हामीलाई प्राप्त हुँदैन । पितृको नाम, पितृको तिथि, पितृको कर्म, पितृको धर्म र पितृको श्राद्ध भएता पनि त्यसबाट प्राप्त हुने उर्जारुपी फल सबै हाम्रै लागि हो ।
हामीले आजसम्म देखेको जानेको, सुनेको र भोगेको कुरा के हो भने पितृ–पक्षमा जे–जे गरिन्छ सबै पितृकै लागि गरिन्छ । हामीले दिएका हरेक कुरा पितृले ग्रहण गर्दछन् । तर यो कदापि होईन । हामीले जे गर्छौँ त्यो हाम्रा पितृका नाममा श्रद्धा, भक्ति, सम्मान र आस्था प्रकट गर्दछौँ जसका कारण हामीले हाम्रो धर्म निर्वाह गर्दछौँ ।
यदि हामीले हाम्रो धर्म र कर्म निर्वाह गरेको खण्डमा पितृले पनि त्यसको संकेत दिएरै छाड्छन् । त्यसकारण आजभोलि चलेको यो सोह्रश्राद्धको पक्षमा पितृ कर्म गर्नु भनेको पितृका लागि भन्ने कसैले पजि नठानौँ, नमानौँ, नजानौँ, यज्ञ, कर्म, दान, पुण्य, तीर्थ, व्रत, दान, धर्म, सबै आफ्ना लागि हो । देवकर्म गर्न पनि आफ्नै लागि हो । पितृ कर्म पनि आफ्नै लागि हो ।
देवता भोका भए, नाङ्गा भए, पीडित भएर भनेर कसैले देवकर्म गर्दैन । त्यसैले पितृ कर्म पनि मेरा पितृ भोका, नाङ्गा, दुखी, दरिद्री भए भनेर पितृ सम्पन्न गर्नका लागि पितृ कर्म गर्दैन ।
जे गरेपनि आफ्नै लागि जानेर र ठानेर गर्ने हो । यदि कोही कसैमा सम्पन्नता र वैभवता छ भनेपनि त्यो सबै देवता तथा पितृको आशीर्वादले हो भन्ने ठान्नोस्, जान्नोस् र मान्नोस् । त्यसपछि त्यसलाई जोगाउन र दीर्घकालिन बनाउन अरु बढी देवता तथा पितृको भक्तिमा तन, मन र धन लगाउनुहोस् ।
यदि तपाईमा विपन्नता र दरिद्रता छ भने पनि यो सबै देवता तथा पितृका कारणले भएको हो भन्ने ठान्नुहोस्, जान्नुहोस्, मान्नुहोस् र त्यसबाट पार हुनको लागि अझ शुद्ध र पवित्रमनले देवता तथा पितृको आरधनामा लाग्नुहोस् । आफूले प्राप्त गरेको कुनैपनि कुरा धर्तीबाट उम्रिएको वा आकाशबाट वर्षिएको नठान्नुहोस् ।
जे प्राप्त भएको छ , त्यो देवता तथा पितृको चाहनाले मात्रै भएको छ भन्ने बुझ्नुहोस् । हामी कोही पनि हाम्रा देवता तथा पितृलाई दिने हैसियत र औकातका छैनौँ । यो कुरा सर्वप्रथम जानी राखौँ । हामीले जे–जे गरेपनि लिनका लागि गर्ने हो तर दिनका लागि होइन । हाम्रो बाटो कुरेर र हाम्रो बाटो ढुकेर हाम्रा देवता तथा पितृ बसेका छैनन् ।
मानव भएर पनि यदि आफ्ना दिवंगत पितृको नाममा कुनै पितृ कर्म गर्दैन भने त्यसको जीवन नै अपूर्ण हुन्छ । त्यसैले आफ्नो देहधारण गराउने र यो धर्तीमा स्पर्श गराउने आफ््ना माता–पिताको सदा–सर्वदा भक्त बन्नु आफू नै आफ्नो लागि जय कल्याणको बाटो हो ।
यदि कोहि कसैले पितृलाई नाङ्गा, भोका, दुःखी, दरिद्र, रोगी र भोगी सम्झेर दिएको ठान्यो र मान्यो भने पनि त्यो मिथ्या साबित हुनेछ । यो संसार जन्म र मृत्युको खेल मैदान हो ।
आज हामीले गुमाएका बाबा–आमा भोलि हामीलाई कसैले त्यहि रुपमा गुमाउने छ । त्यसैले पनि पुस्तौँ पुस्ताको संस्कार र परम्परा छोडेर, सिकाएर, देखाएर, बुुझाएर र जान्नको लागि पनि सबै कर्म गर्न र गराउन नितान्त जरुरी र अपरिहार्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *