पाहुना, सहनशील, हठी र मूर्ख

विचार

१) पाहुना
कुनै पूर्व जानकारीविना एकाएक गृहमा प्रवेश गर्ने परिचित वा अपरिचति व्यक्ति विशेषलाई हामी पाहुना भन्दछौं । पाहुना किन आए ? केका लागि आए ? कसरी आए ? कहिले जान्छन् र कित बस्नछन् ? आदि जस्ता प्रश्न र जिज्ञासा हामी न त सोध्ने गर्छौ, न त खोज्ने गर्छौ । न त चासो नै राख्छौं । हामी केवल आएको पाहुनालाई ‘अतिथि देवोभवः’को भाव अनुसार सेवा सत्कार गर्छौ ।
यदि हामीकहाँ आएको पाहुना परिचित रहेछन् भने घर परिवार सञ्चो विसञ्चोलगायत सोधपुछ गर्छौ र सामान्य जलपान चिसो, तातोको व्यवस्था मिलाउँछौं । यदि हामीकहाँ आएको पाहुना अपरिचित रहेछन् भने पहिले हामी परिचयको प्रसंग निकाल्छौं । कसरी यहाँसम्म आउनुभयो ? भन्ने जिज्ञासा राख्छौं ।
त्यसपछि कुशल मंगलका कुरा गर्छौ र आवश्यक सेवा सत्कारमा जुट्छौं । पाहुना आफू आएको कारण र काम न त झट्ट र तुरुन्त भन्न चाहन्छ । पाहुना धेरै किसिमका हुन्छन् । कोही आँगनसम्म टेकेर केही कुरा सोधेर र केही कुरा बुझेर तत्काल आफ्नो पाइला फर्काउने हुन्छन् । कोही एकैक्षण आँगन, पिढीमा बसेर केही सोधेर र केही पुछेर फर्कने हुन्छन् ।
कोही सामान्य जलपान गरेर फर्कने हुन्छन् । कोही एकरात बास बसेर लामा चाक्ला कुराकानी गरेर आफ्नो अभिष्ट पूरा गरेर र आफू आउनको कारणलाई टुंगोमा पु¥याएर मात्र जानेवाला हुन्छन् ।
हामी प्रत्यक्ष जीवनमा देख्ने, सुन्ने र भोग्ने पाहुना त यस्तोखाले हुने भए । तर हामीले जीवनका वास्तविक दुई पाहुना भने त्यति ख्याल गरेका छैनौ होला । हामीले अप्रत्यक्ष रुपमा भोग्ने दुई पाहुना भनेको (क) धन र (ख) बैश (जीवन) हुन् ।
यी जीवनका असली पाहुना हुन् । जसलाई हामीले चाहेर पनि राखी रहन सक्दैनौं र नचाहेर पनि फालिरहन सक्दैनौं । यसरी आउने र जाने कुनै अत्तोपत्तो नै नभएको धन र बैसका लागि हामी निकै चञ्चल छौं ।
हामीसँग रहिरहने ग्यारेन्टी नभएको धन केही समयका लागि हामीसँग रहदा छदा र हुँदा पनि हामी निकै गर्व गर्छौ, घमण्ड गर्छौ, अहंकार गर्छौ र आडम्बरी बन्छौं । कुनबेला हामीलाई पाहुनारुपी धनले त्याग्ने हो ?
थाहै हुँदैन ता पनि अस्थिर धनकै लागि हामी मरिहत्ते गर्छौ र धन प्राप्तीमा कसैलाई टेर्दैनौं । धन छैन भने कमाउन र आर्जन गर्न सबैथोक प्रयोग गर्छौ भने धन प्राप्त भयो भने अज्ञान र घमण्डले मात्तिन्छौं । यसैगरी बैंसलाई पनि नियन्त्रण गर्न सक्दैनौं ।
आफ्नो शरीरमा कुनबेला जवानी चढ्यो र कुनबेला जवानी उत्रियो ? भन्ने थाहा नहुँदा नहुँदै पनि जवानीको जोशमा होश पु¥याउँदैनौं । जवानीका बेला यस्ता उस्तालाई सामान्य मान्ने र ठान्ने हाम्रा लागि जवानी पाहुना हो भन्ने थाहै हुँदैन । शरीमा लुसुक्क छिर्ने र भुसुक्क गिर्ने यो जवानीले मानिसलाई अन्धोतुल्य बनाएको हुन्छ ।
मानिस सबैलाई त्याग्न चाहन्छ तर धन र बैसलाई त्याग्न चाहन्न । त्यसैले पनि मानिस भन्ने गर्छ ‘तन’ बुढो भए पनि ‘मन’ बुढो भएको छैन भनेर । नङ फुलेर सेतै भए पनि, केश पाकेर हिमालै बने पनि र छालाले चुना पारेर झालर हाले पनि मानिस आफ्नो जवानीलाई भुल्न, बिर्सन, त्याग्न र छोड्न चाहन्न । मानिसका लागि सत्यरुपी पाहुना नै यी हुन् ।
२) सहनशील
सहनशील बनेको र भनेको धैर्यता, संयमता, नरमता र भावकुकता हो । जसले सामान्य र जटिल कुरालाई सहजै सामान रुपमा ग्रहण गर्न र पचाउन सक्छ त्यसलाई सहनशील भनिन्छ । मानवमा सहनशीलता ठूलो गुण मानिन्छ र भनिन्छ ।
सहनशीलले मानिसलाई सफलताको बाटोमा लैजान्छ र लोकप्रियता हासिल गर्न मद्दत पु¥याउँछ । हामीले मानव जीवनमा असली सहनशीलता भेटाउन निकै गाह्रो छ । वास्तवमै भन्ने हो भने सहनशीलता भेटाउन निकै गाह्रो छ ।
वास्तवमै भन्ने हो भने सहनशीलता भनेको पनि दुई प्रकारका र दुर्य प्रतिकात्मक रुप छन् । ती हुन्ः (क) धर्ती (पृथ्वी) र (ख) फलवृक्ष (फलफलेको रुख) । हामीले देखेको, सुनेको र भोगेको यी दुबै सहनशीलता प्रतिक हुन् ।
संसारमा जल र थल धारणा गरेको ब्रह्माण्ड नै धर्ती हो । यो धर्तीमा हरेकखाले वस्तु, पदार्थ, जीवजन्तु र किटपतंग छन् । कुनै देवरुपी छन् भने कुनै राक्षसरुपी छन् । यसैगरी वस्तु र पदार्थमा पनि कुनै विषरुपी छन् भने कुनै अमृतरुपी ।
जे होस् धर्तीले सबैलाई समान आश्रय दिइरहेको छ । हरेक सकारात्मक र नकारात्मकको मिलनविन्दु भनेको नै पृथ्वी अर्थात् धर्ती हो । सबैकाका लागि उत्तिकै आश्रय ग्रह र वासस्थान बनेको पृथ्वी सहनशीलताको ज्वलन्त प्रतिक र उदाहरण हो ।
यसैगरी धर्ती समान अर्को सहनशील भनेको फलफुल रुपी वृक्ष हो । एउटा फुलेको वृक्षले आफूमाथि लाठी, भाला, ढुंगामुढालगायत अनेर्कौ झटाराहरुको वर्षा गराउँदासमेत आफूले फलाएको र आफूले फुलाएको फलफुल दिइनै रहेको हुन्छ ।
आफ्नो छातीमा टेकेर शरीरमाथि उभिदा पनि फलफुल दिएकै हुन्छ । आफ्ना हाँगाबिंगालाई हल्लाउँदा र तर्साउँदा पनि फलफुल दिएकै हुन्छ । भुइँबाटै ढुंगामुढा गरे पनि फलफुल दिएकै हुन्छ ।
आफ्नो रुप र स्वरुपको कुनै वास्ता नै नगरी, आफ्नो मान र अपमानको कुनै ख्यालै नगरी मानिसका लागि पत्र, पुष्प र फल प्रदान गर्ने वृक्ष नै वास्तविक सहनशील हो र त्यसको प्रतिक हो ।
३) हठी
हामी हठी भन्ने वित्तिकै जिद्दी र ढिपी भन्ने बुझ्दछौं । हामी सबैलाई हठी स्वभावको नहुन र नबन्न सदैव आग्रह गर्दछौं । किन भने हठी स्वभाव एक नकारात्मक स्वभाव हो र यसले मानिसमा बैगुणीको संज्ञा दिने गर्दछ ।
हठी बन्नु र बनाउनु कसैका लागि पनि हितकर छैन । हठीका पनि दुई असली प्रतिकात्मक रुप र स्वरुप छन् । ति हुन्ः (क) नङ र (ख) कपाल । नङ र कपाल हामी सबैको शरीरमा रहने अंग विशेषको पालुवा हो ।
जो हठीमा आधारित छ । हामी नङ र कपाललाई जस्तो हतियार प्रयोग गरेर काटे पनि र जस्तो विधि र नियमले फाले पनि पलाउन छोड्दैन, भुल्दैन र बिर्सन्न । हामीले हाम्रो शरीरमा काटिरहने पनि नङ र कलाप हो ।
पलाई रहने पनि नङ र कपालै हो । कति हठी हो ? कति जिद्दी हो ? कति ढिपी हो ? एकपटक काटेपछि त चेत्नुपर्छ नि ? जति काटे पनि पलाउन नछोड्ने असली हठी नङ र कपाल जस्तो हठी हामी कदापी हुनुहुँदैन । हामी नङ र कपाललाई ग्रहको रुपमा पनि लिने गर्दछौं ।


हामीसँग रहिरहने ग्यारेन्टी नभएको धन केही समयका लागि हामीसँग रहदा छदा र हुँदा पनि हामी निकै गर्व गर्छौ, घमण्ड गर्छौ, अहंकार गर्छौ र आडम्बरी बन्छौं । कुनबेला हामीलाई पाहुनारुपी धनले त्याग्ने हो ? थाहै हुँदैन ता पनि अस्थिर धनकै लागि हामी मरिहत्ते गर्छौ र धन प्राप्तीमा कसैलाई टेर्दैनौं । धन छैन भने कमाउन र आर्जन गर्न सबैथोक प्रयोग गर्छौ भने धन प्राप्त भयो भने अज्ञान र घमण्डले मात्तिन्छौं ।


४) मूर्ख
हामी अस्वभाविक, अपत्यारिलो, असामान्य, अप्रियजस्ता कर्म गर्ने र बोली बचनको प्रयोग गर्नेलाई मूर्ख भन्ने गर्छौ । हामी अज्ञानी, अशिक्षित र असभ्यलाई पनि मूर्ख भन्ने गर्छौ । तर वास्तवकै मूर्ख भनेको ती हुन् जो राजर्षी र देवर्षी समानका विद्वान छन् ।
तिनै मूर्ख हुन् र मूर्ख कहलिन्छन् । सुन्दा बडो अचम्म लाग्ला तर तीतो सत्य नै यही हो । यदि विद्वान भएर पनि आफूले देखेको र जानेको कुरा मीठो तीतो नछुट्याई सम्प्रेण गर्दैन भने त्यो मूर्ख हो ।
देवता समानको शक्ति प्राप्त विद्वानले आज प्रकृतिमा यस्तोखाले विपत् आइलाग्ने छ र ठूलो धनजनको हानी, नोक्सानी हुनेछ भनेर कहिल्यै पूर्व जानकारी दिए ? कहिल्यै पनि दिएनन् । जब घटना घटीसक्यो ।
जब दैवी प्रकोप निम्ति सक्यो तब भने यो हुनेवाला नै थियो । त्यसैगरी राजपुरोहितले पनि राजपरिवारमा कुनै अप्रिय घटना तथा राजालाई ठूलै अनिष्ट हुने देखे तापनि र जाने तापनि कहिल्यै पूर्व सूचना दिन सकेनन् ।
एउटाच राजाको घोडा मर्दासमेत राजका सामुन्ने गएर तपाईको घोडो म¥यो भनेर भन्ने हिम्मत, आँट र साहस नगर्नेले स्वयम् राजा र राजपरिवारका अनिष्टका बारेमा कुनै कुरा बोलन सक्थे ? तर यहीँ नै मूर्खता भयो । जुनकुरा अप्रिय र भयंकारी छ त्यसलाई व्यक्त गर्न नसक्नु र जुनकुरा अति उत्तम र उत्सवमय छ, त्यो कुरा भजन गाइरहनुले विद्वान्लाई मूर्ख बनायो ।
हिजो वीरेन्द्र राजाको वंश सखाप हुनेबेला कुनै राजगुरु वा राजपुरोहित थिएनन् । किन त्यतिबेला राजाको योग, दशा, ग्रह र अशुभ संकेतको जानकारी दिन चाहेनन् ? किनभने आफूले पनि जानेको र देखेको कुरा पूर्व घोषणा गर्दा नमिल्न पनि सक्छ ।
यदि मिलेन भने त आफू त्यसको प्रत्यक्ष दोषी र व्यभिचारी बनिन्छ । दोषी र व्यभिभारी बन्नुभन्दा त चुप लागेको नै बेश भन्ने ठानेर नबोलेको नै हो । अहिले पछिल्लो समयमा बारा र पर्सामा जुन घटना घट्यो, त्यसको पनि नेपालका कुनै न कुनै विद्वान् र विशेषज्ञलाई कुनै संकेत र पूर्वानुमान हुनसक्थ्यो । तर पनि कोही बोल्न चाहेनन् र घोषणा गर्न चाहेनन् ।
जब घटना घट्यो तब यो क्रम जेष्ठ महिनासम्म जारी हुनसक्छ । त्यसैले सम्बन्धित व्यक्ति र निकाय चनाखो भएर रहनुहोला भनेर मिडियामार्फत आयो । यसो हुनु र यो बोल्नु के हो ? हाम्रो विद्वान्माथिको उच्च शंकालु प्रश्न होकि होयन । हामी अहिले पनि महान् विद्वान्लाई मूर्ख भन्न डर मान्छौं ।
तर कदापि डर होइन अत्यन्त भरका साथ भन्नोस् विद्वान नै मूर्ख हुन्छन् र कहलिन्छन् । यदि प्रकृति र वातावरणसम्बन्धी कोही विद्वान् छन् भने र ग्रह गोचरसम्बन्धी कोही विद्वान् धन भने उनीहरु सहजै रुपमा पूर्व अनुमान गर्न सक्छन् ।
भन्न सक्छन् र शुभ र अशुभका बारेमा फल बताउन सक्छन् । तर पनि किन जमर्को गर्दैनन् भने ‘यसलाई उनीहरु चुनौतीको पहाड’ मान्छन् भनेर भोलि सही भएन भने के गर्ने ? यही प्रश्नले उनीहरुलाई सताईरहेको हुन्छ ।
तर देखेको कुरा, जानेको कुरा र भोगेको कुरा त कुनै बेला बखतको प्रसंग जोडेर देशको ग्रह, दशा, काल, परिस्थिति र वातावरण अनुसार यस्तो हुने लक्षण र संकेत देखिएको छ । यसका लागि सतर्कता अपनाउँ । भए पनि त्यसबाट बच्न सकिएला नभए पनि राम्रै भयो भनेर त भन्न सकिन्छ नि !
आफ्नो विशिष्टता र आफ्नो विज्ञतालाई ढाकछोप पारेर कुनै कुरा बोल्नै नचाहनु र कुनै कुरा बक्नै नचाहनु मूर्खताको सूचक हो । मिल्ने र नमिल्ने, हुने र नहुने कुरा आफ्नो ठाउँमा होला ।
तर यो–यो परिस्थिति र ग्रह गोचरका आधारमा देश र जनता भोग्नुपर्ने कुराहरु यस्ता–यस्ता छन् । यसमा पूर्व चनाखो भएर लागौं र तयारी गरौं । घटना घटी हाल्यो भने क्षति कम होला ।
घटना घटेन भने पनि हाम्रा लागि क्षनिष्ट ट¥यो भनौंला भन्न त सकिने थिएन र ? खै त कुनै पनि विशेषज्ञ पुरुष तथा महापुरुषबाट यस्तो सुन्न पाइएन नि ? हाम्रा ज्योतिष शास्त्र, वास्तुशास्त्र, तन्त्रशास्त्र, कोकशास्त्र आदि निकै नै प्रभावकारी र फलदायी छन् । यी सबैमा विज्ञता हासिल गरेका विद्वान्हरु पनि किन चुकेका छन् र किन झुकेका छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *