- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरपार्वताको स्मृतिमा अक्षयकोष

पार्वताको स्मृतिमा अक्षयकोष

- Advertisement -spot_img

तुलसीपुर, २२ जेठ ।
स्वास्थ्यकर्मी बसन्त कुमार आचार्यले आफ्नी धर्मपत्नी स्वर्गीय पार्वता आचार्यको नाममा नेपाल पत्रकार महासंघमा अक्षयकोष स्थापना गरेका छन् । अल्पायुमै स्वास्थ्य उपचारका क्रममा पार्वताको निधन भएको र उनको स्मृतिमा आफूले एक लाख एघार हजार एक सय ११ रुपैयाँको अध्यक्षकोष स्थापना गरी प्रत्येक वर्ष एकजनालाई पार्वती आचार्य स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिने बसन्त कुमार आचार्यले बताए ।
तुलसीपुर उप–महानगरपालिकाका स्वास्थ्य सह–संयोजक समेत रहेका वसन्त कुमार आचार्यले स्थापना गरिएको उक्त अक्षय कोषबाट प्रत्येक वर्ष स्वास्थ्य क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई पुरस्कृत गरिने छ । उनले आफू र आफ्नी श्रीमती लामो समयसम्म स्वास्थ्य क्षेत्रमा आवद्ध भई काम गरेको भएता पनि स्वास्थ्यमा समस्या आई उपचारका क्रममा श्रीमतीको मृत्यु भएकाले यस कोषको स्थापना गरेको बताए । स्वास्थ्य क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले रहेको उनको भनाइ छ ।
एक कार्यक्रमका बीच अक्षयकोषको रकम नेपाल पत्रकार महासंघ दाङलाई हस्तान्तरण गरिएको छ । पत्रकारहरुलाई स्वास्थ्य क्षेत्रको गहिराईमा पुग्न सक्ने भूमिका यस अक्षयकोषले प्रदान गर्ने उनले बताए । कार्यक्रम अक्षयकोष स्थापनाकर्ता वसन्त कुमार आचार्यको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरका नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here