पातुखोलामा तटबन्ध

फिचर मुख्य खबर समाज

तुलसीपुर, २० पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ पातुखोलाको पूर्व भागमा तटबन्ध निर्माण गरिने भएको छ । बसपार्कको तल्लो बस्तीको सुरक्षा र खोलाको ब्यवस्थापनको लागि तटबन्ध निर्माण गर्न लागिएको हो । पहिलो चरणमा १२ लाख रुपैयाँको योजना तटबन्धनका लागि आएको र योजना पूरा नहुँदासम्म बजेटको विनियोजन गरिने प्रदेश साँसद तथा प्रदेश नम्बर ५ का लोखासमिति सभापति डिल्लीबहादुर चौधरीले बताए । उनले विकास अधूरो हुन नदिने भन्दै जनताको काममा लागि रहेको बताए । बस्ती संरक्षणका लागि ल्याएको योजनालाई सही सदुपयोग गरी गुणस्तरीय निर्माण गर्न स्थानीयहरुलाई आग्रह गरे । बजेट विनियोजन गरी स्थलगत अध्यनमा गएका चौधरीले स्थानीयहरुको माग अनुसार योजना पारेको बताए । उनले विकासका लागि आफू कटिवद्ध भएको बताए । चौधरीले विकासका लागि जनताले हरेक पटक झक्झकाउनसमेत आग्रह गरे । उनले योजना जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयमार्फत सञ्चालन हुने बताए ।
जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय प्रमुख गणेशकुमार मरासिनीले अहिले १२ लाख रुपैयाँले काम सुरु हुने बताए । उनले उपभोक्ता समितिबाट काम गरिनेसमेत बताए । स्थानीयहरुले खोलाको जोखिमले सधै सताइरहने गरेको भन्दै यसपालि योजना परेकोमा खुशी ब्यक्त गरेका थिए । उनीहरुले योजनाको पहल गर्ने सांसद वडाका जनप्रतिनिधिहरुलाई आभार ब्यक्त गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, वडा सदस्य सुरेश श्रेष्ठ, अजय बुढाथोकी स्थानीय हरिबहादुर विकलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन स्थानीय विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *