- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरपाँच वर्ष नेकपाकै सरकारः पौडेल

पाँच वर्ष नेकपाकै सरकारः पौडेल

- Advertisement -spot_img

घोराही, ९ असोज । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई सरकार नचाहिएको बताएका छन् । सरकारमा जान काँग्रेसलाई हतार छैन उनले भने, नेकपालाई पाँच वर्षको सत्ताका लागि जनताको अनुमति छ, उनैले चलाउन ।
उनले नेपाली जनताले नै सरकारको कर्तुत प्रत्यक्ष देख्ने उनले बताए । ‘केपीजीले सरकार पाँच वर्ष ढुक्कसँग राम्रो काम गरेर चलाउनुस् कसैले रोक्दैन ।’ घोराही उपमहानगरपालिका वडा १६ मा भएको भएको कार्यकर्तासँग भेटघाट कार्यक्रममा उनले भने ‘हामीलाई धेरै गर्ने साहस छ ।’
कहिले सरकार ढल्ला र हामीले खाउँला भन्ने पक्षमा नेपाली काँग्रेस नरहेको बताए । जनताले कम्युनिस्ट सरकारले सर्वहारा जनताको पक्षमा काम गर्ला भनेर मत दिएपनि त्यो मत कदर नगरेको उनले बताए । ‘सरकारले देशमा गरेको मनपर्दी काम, भ्रष्टाचार, अनियमितालगाएत विभिन्न काण्डमा फसिरहेको छ’ उनले भने ‘सरकारीको ज्यादती जनताले भोगिसकेका छन, अझै असली रुप देखुन भनेर नै हामी सरकारमा जान आतिएका छैनौ ।’
त्यसपछि मात्रै नेपाली काँग्रेस जनताको काँग्रेस भएर सरकारमा जाने उनले वताए । सरकारको समय अवधि अझै रहेकाले सच्चिने समय रहेको समेत बताए । सरकार काण्डैकाण्डमा फसेकाले जनता आजित रहेको उनले बताए ।
घोराही उपमहानगर।पालिका वडा १६ का उपनिर्वाचनको माहोल बनाउन पुगेका बरिष्ठ नेता पौडलले उपनिर्वाचन नेपाली काँग्रेसले जित्ने बताए । कम्युनिष्ट सरकारको ज्यादती देखेर आफै नै हार खाईसकेकाले उपनिर्वाचन नेपाली काँग्रेसले जित्ने बताएका हुन् । त्यसको गतिलो उदाहरण कास्कीलाई लिन सकिने उनले बताए ।

उपनिर्वाचन घोषणा गरे लगत्तै नेकपा नेता बामदेव गौतमले उपनिर्वाचनमा कास्कीबाट लड्ने घोषण गरेलगत्तै पछिल्लो समयमा सरकारको गतिविधि देखेर पछाडि हटेको बताए । दाङमा हुने दुईवटै उपनिर्वाचनमा नेपाली काँग्रेसले जित्नेतर्फ काँग्रेस कार्यकर्ता जुट्नु पर्ने बताए ।
‘अब काँंग्रेसको विकल्प छैन’ उनले भने ‘मात्र काँग्रेसहरुले रुखमा भोट हाल्नुस् ।’ काँग्रेसले मात्रै पनि रुखमा भोट हाले जित्ने उनले दाबी गरे । ‘माथिको नेताहरुलाई गाली गरेर बस्ने, भोट चाहिँ अन्यत्र हाल्ने’ उनले भने ‘अनि पछि काँग्रेस जितेन भनेर निरास हुने’
काँग्रेसलाई जिताउनको लागि कार्यकर्ताहरुले जिम्मा लिन सक्ने चुनौती दिए । ‘काँग्रेसलाई जिताउन सक्ने हैसियत राख्नुहोस्’ उनले कार्यकर्ताहरुलाई अनुरोध गर्दै भने ‘आजैदेखि रुखमा भोट हाल्ने प्रण गर्नुस् ।’
लोकतन्त्र बचाउनको लागि काँग्रेसलाई जिताउन अनुरोध गरे । यो उपनिर्वाचनसँगै अब हुने सबै निर्वाचनमा काँग्रेसले जित्ने बताए । भ्रष्टाचार सरकारको बिरुद्धमा एकतावद्ध भएर जानुपर्ने उनले बताए ।
दाङमा हुने उपनिर्वाचनमा जिताउनको लागि आफू आउनेसमेत बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले वर्तमान सरकार उपनिर्वाचनमा आफ्नो पक्षमा ल्याउनको लागि एक हुन अनुरोध गरे ।
जनताले सरकारको ज्यादती, अधिनायकवाद भोगिसकेकाले अबको विकल्प नेपाली काँग्रेस देखिसकेकाले त्यसलाई नगुमाउन अनुरोध गरे । ‘नेपाली जनताले काँग्रेसको विकल्प छैन भन्न थालिसकेका छन्’ उनले भने ‘हामी नेपाली जनताको साथ लिएर निर्वाचनमा होमिनु पर्छ र कार्यकर्ताहरुमा ईमानदारिता हुनुपर्छ ।’
संविधान सभा सदस्य राजु खनालले नेपाली काँग्रेसले पार्टीभित्र व्यवस्थापन हुन नसक्दा पराजित भएकाले अब व्यवस्थित भएर उपनिर्वाचनमा लाग्नुपर्ने सुझाव दिए । कम्युनिष्ट सरकारजस्तो अपवाह नफैलाएकै कारण नेपाली काँग्रेसलाई जनताले बुझ्न नसकेको बताए ।
नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, पूर्व सांसद कृष्णकिशोर घिमिरे, काँग्रेस रोल्पा सभापति अमर पुन, काँग्रेस दाङका पूर्व सभापति विर्केश्वरी गौतम, निवर्तमान सभापति घनश्याम रेग्मी, केन्द्रीय प्रतिनिधि मोहन बराललगायतले बोलेका थिए ।

काँग्रेसको विकल्प छैन

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको विकल्प नभएको बताएका छन् । प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारको विकल्प काँग्रेसले नखोजे पनि जनताले सरकारको विकल्पमा काँग्रेसलाई खोजेको बताए ।
जागरण अभियानको क्रममा जनतासँग प्रत्यक्ष बुझ्दा काँग्रसेको विकल्प नभएको बताए । पत्रकार सम्मेलनमा काँग्रेसले वर्तमान सरकारको विकल्प खोज्न नचाहेको स्पष्ट पारे ।
सरकारको विकल्प नखोजेको तर सरकारलाई सही मार्गमा डोह¥याउनुपर्ने आवश्यकता रहेको उनले बताए । पछिल्लो चरणमा सरकार बरालिदै गएकाले यसलाई काँग्रेसले सम्हाल्न मात्र खोजेको उनको जिकिर थियो ।
नेपाली नागरिकका समस्या सम्बोधन गर्न सरकार असक्षम भएको आरोप लगाउँदै नेता पौडेलले सरकारका कारण नागरिकमा चरम निरासा उत्पन्न भएको समेत बताए ।
अहिलेको सरकार सही मार्गमा हिड्न नसकेको उनले बताएका थिए । जनताले जुनआशा र भरोसा देखेर कम्युनिस्ट सरकारलाई भोट दिएका थिए त्यो अनुसार सरकार चल्न नसकेको नेता पौडेलको आरोप थियो ।
उनले सरकारका कारण जनतामा निरासा उत्पन्न भएको भन्दै नेता पौडेलले यसले आगामी निर्वाचनमा काँग्रेसलाई सहयोग पुग्नेसमेत बताएका थिए ।
नेपाली काँग्रेसको जागरण अभियानले कार्यकर्ताको मन जोड्न सफल भएको बताएका थिए । जागरण अभियानका क्रममा एक÷दुई ठाउँमा अप्रिय घट्ना घटेपनि सम्रगमा जागरण अभियानले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई एक ठाउँमा ल्याउने काम गरेको बताएका थिए ।
उनले पार्टीमा गुटबन्दी हुनु स्वभाविक भएको बताएका थिए । ‘देउताको पालामा समेत गुटउपगुट रहेकाले काँग्रेस पार्टीमा गुट–उपगुट हुनु स्वभाविक हो’, उनले भने ‘पार्टीलाई बलियो बनाउन गुट–उपगुटलाई मिलाएर लग्न सभापतिले सक्नुपर्छ ।
पत्रकार सम्मेलन नेपाल प्रेस युनियन दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको थियो । उपाध्यक्ष देव यादवको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव सपना बोहराले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here