Friday, March 29, 2024
Homeमुख्य खबरपाँच वर्षभित्र आर्थिक बृद्धिदर दोब्बरः पोख्रेल

पाँच वर्षभित्र आर्थिक बृद्धिदर दोब्बरः पोख्रेल

- Advertisement -spot_img

हापुरे, ११ मंसिर । पश्च्मि दाङको हापुरेका नेकपाले चुवानी सभा गरेको छ । चुवानी सभालाई सम्वोधन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पाँच वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर दोब्बरले बढ्ने बताएका छन् । पश्चिम दाङको हापुरेमा मंगलबार सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले अबको तीन वर्षभित्र आर्थिक वृद्धिदर दोब्बरले बृद्धि गर्ने गरी मुलुकका तीनवटै सरकार अगाडि बढेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले आजसम्मकै सबैभन्दा बढी आर्थिक बृद्धिदरको लक्ष्य हासिल गरेको भन्दै मुख्यमन्त्री पोख्रेलले पाँच वर्षपछि दक्षिण एसियालाई नै चकित पार्ने गरी आर्थिक बृद्धिदर हुने बताए ।
सरकारका गतिविधिप्रति प्रतिपक्ष दलले नकारात्मक टिप्पणी गर्न थालेको भन्दै मुख्यमन्त्री पोख्रेलले सरकारको प्रगति हेर्न अब तीन वर्ष कुर्न आग्रह गरे । ‘हामीले जुन अवस्थामा काम सुरू गरेका थियौं, त्यो अवस्था भनेको संघीयता कार्यान्वयनका लागि विलकुलै नयाँ अभ्यास थियो । यस्तो अवस्थामा पनि हामीले ७ दशमलव १ प्रतिशत आर्थिक बृद्धि ग¥यौं’, मुख्यमन्त्री पोख्रेलले भने ।
‘सरकारले केही गरेन भनेर टिकाटिप्पणी गर्ने प्रतिपक्ष दल काँग्रेसका मित्रहरू अब तीन वर्ष कुर्नुहोस् । तपाईहरूले प्रशंसा गर्ने गरी सरकारले काम गर्नेछ ।’ नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका पोख्रेलले पश्चिम दाङको विकासका लागि वर्तमान समय स्वर्णकालका रूपमा रहेको बताए ।
पश्चिमी क्षेत्रका जनतालाई नेपालगंजसम्मको सीधा सम्पर्क बढाउने सडकको काम अघि बढाएको भन्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारको नेतृत्वमा उक्त सडक कालोपत्रे गरिने बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश अध्यक्ष ओनसरी घर्तीले नेकपाले महिलाहरूलाई नेतृत्व तहमा पु¥याउँदै आएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here