- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरपाँच महिनामा ११ प्रतिशत खर्च

पाँच महिनामा ११ प्रतिशत खर्च

- Advertisement -spot_img

सुस्त विकास खर्च …
तुलसीपुर, २९ मंसिर । चालु आर्थिक वर्षको पाँचौ महिना सकिनै लागेको छ तर यसवर्ष पनि विकास निर्माणका लागि विनियोजित बजेट खर्चको अवस्था भने सन्तोषजनक देखिएको छैन् । दाङमा संघअन्तर्गत रहेका प्रमुख ठूला कार्यालयले पुँजीगततर्फको बजेट खर्च बढाउन नसकेको देखिएको हो ।
विगतका वर्षमा बजेट विनियोजनमा ढिलाइ भएको कारण देखाउने गरिएको थियो तर यसवर्ष समयमै बजेट विनियोजन भएपनि पुँजीगत अर्थात् विकास खर्च बढ्ने संकेत देखिएको छैन् । कोष तथा लेखा नियन्त्रण कार्यालय दाङले दिएको मंसिर २६ गतेसम्मको तथ्यांक अनुसार जिल्लामा ठूला विकाससँग जोडिएका संघअन्तर्गत रहेका झण्डै दर्जन कार्यालयले पुँजीगत अर्थात् विकास बजेट ११ दशमलव ६४ प्रतिशत मात्र खर्च गरेका छन् ।
ठूला विकास आयोजना रहेका मुख्य कार्यालयहरू सडक डिभिजन, बृहत दाङ उपत्यका सिंचाई आयोजना, प्रगन्ना तथा बड्कापथ सिंचाई आयोजना, जनताको तटबन्ध, सघन सहरी तथा भवन निर्माण आयोजना लगायतका कार्यालयको पुँजीगत बजेटको खर्च अवस्था सन्तोषजनक देखिएको छैन् ।
चालुवर्षको पाँचौ महिनाको विकास खर्चको गति हेर्दा यसवर्ष पनि असारमै विकासको गति बढ्ने संकेत देखिएको छ भने खर्च हुन नसकेर बजेट फिर्ता गर्ने रोग यो वर्ष पनि लागू हुने देखिन्छ ।
पुँजीगत खर्च समयमै नहुँदा वषेनी विकास निर्माणका लागि विनियोजित बजेट फिर्ता हुने गरेको छ । जिल्लामा संघ अन्तर्गतका ठूला कार्यालयको पुँजीगत खर्चको अवस्थाले यो वर्ष पनि विकास बजेट फिर्ता संकेत देखाएको हो ।
संघअन्तर्गतका कार्यालयलाई सिंचाई, सडक, नदीको तटबन्धलगायतका लागि यसवर्ष ३ अर्ब ६३ करोड ९६ लाख ९० हजार प्राप्त भएकोमा २६ मंसिरसम्म ४२ करोड ३७ लाख १४ हजार १ सय ३२ रूपैयाँ २४ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका कोष तथा लेखा नियन्त्रक अर्जुनकुमार डिसीले जानकारी दिए । जुन ११ दशमलव ६४ प्रतिशतमात्र हो ।
संघअन्तर्गत रहेका कार्यालयले कुल बजेटको एक तिहाइ पनि खर्च नगरेको उनले बताए । ‘जिल्लामा विकास बजेटतर्फको खर्च अहिले पनि निराशाजनक छ, गत वर्षमा बजेट समयमा आएन भनेर जवाफ आउँथ्यो, तर यो वर्ष समयमा बजेट बिनियोजन हुँदा पनि खर्चको स्थिति उस्तै छ’ उनले भने– ‘चौमासिक सकिदासम्म कम्तिमा ४० प्रतिशत बजेट खर्च भइसकेकोको हुनुपथ्र्यो तर एक तिहाइ पनि बजेट खर्च हुन सकेको छैन् ।’
जिल्लामा बृहत सिंचाई आयोजनाका लागि प्राप्त कुल पुँजीगत बजेटमध्ये चालुवर्षको पाँचौँ महिना सकिदासम्म पनि ६ दशमलव २२ प्रतिशत मात्र खर्च भएकोे छ । बृहत सिंचाईका लागि जिल्लामा ९ करोड ९७ लाख बजेट प्राप्त भएकोमा २६ मंसिरसम्म ६२ लाख २ हजार ३ सय ५९ बजेटमात्र खर्च भएको छ । सिंचाई आयोजनाको खर्च एक तिहाइ पनि हुन नसकेको हो ।
प्रगन्ना तथा बड्कापथ सिंचाई आयोजनाको पुँजीगत खर्च बृहत् सिंचाईका भन्दा बढी भएपनि सन्तोषजनक भने छैन् । बड्कापथ सिंचाई आयोजनाका पुँजीगत बजेट २६ मंसिरसम्म ३ लाख ७७ हजार ९६ लाख ५ सय ४९ रूपैयाँ ९१ पैसा खर्च भएको कोष नियन्त्रक डिसीले बताए । उनका अनुसार प्रगन्ना तथा बड्कापथ सिंचाई आयोजनालाई यसवर्ष १९ करोड ५५ लाख बजेट प्राप्त भएको छ ।
यसैगरी जनताको तटबन्ध कार्यालय लमहीमा पनि पुँजीगत बजेटको खर्च अवस्था कमजोर रहेको देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार २६ मंसिरसम्म कार्यालयमा कुल प्राप्त पुँजीगत बजेटको ३ दशमलव ०९ प्रतिशत मात्र खर्च भएको छ । जनताको तटबन्धका लागि संघ सरकारले यसवर्ष ३८ करोड बजेट विनियोजन गरेको थियो तर कार्यालयले यस वर्षको पाँचौ महिना सकिनै लाग्दासमेत पनि पुँजीगत खर्च न्यून गरेको छ ।
कार्यालयले यसवर्ष ७९ लाख १० हजार ८ सय ७० मात्र खर्च गरेको कोष तथा लेखा नियन्त्रक डिसीले बताए । ‘जनताको तटबन्ध कार्यालयको पुँजीगत खर्च अरू कार्यालयभन्दा झनै चिन्ताजनक अवस्था छ’ उनले भने– ‘पहिलो र दोस्रो चौमासिकमा खर्च नगर्ने तर अन्तिम चौमासिकमा खर्च ह्वात्तै बढाउने परम्परा कायमै रहने देखिन्छ ।’
यस्तै लमही कोइलाबासका लागि ९६ करोड ४७ लाख २० हजार पुँजीगत बजेट विनियोजन भएकोमा २६ मंसिरसम्म ६ करोड ३८ लाख ९१ हजार ३ सय ५३ मात्र खर्च भएको छ ।
लमही कोइलाबास सडकका लागि विनियोजित बजेटको ६ दशमलव ७६ प्रतिशतमात्र चालु वर्षमा खर्च भएको देखिएको छ । विकास निर्माणका लागि सरकारले समयमै बजेट विनियोजन गरेपनि पुँजीगत बजेट खर्च सुस्त हुँदा नागरिकले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here