पाँचसय खसी, बोका काठमाडौँ पठाइयो

फिचर मुख्य खबर समाज

तुलसीपुर, १५ असोज । दसैँका लागि दाङबाट पाँचसय खसी, बोका काठमाडौँ पठाइएको छ । चाडपर्वको समयमा हुने मूल्यमा व्यापारीहरुको मनपरी हुने गरेको र उपभोक्तालाई सर्वसुलभ तरिकाले खसी, बोका उपलब्ध गराउन दाङबाट काठमाडाँै पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अञ्चल कार्यालय तुलसीपुले जनाएको छ । जिल्लाका विभिन्न स्थानबाट खसी, बोका खरिद गरी गत असोज १२ गतेदेखि काठमाडौँ पठाउने काम भइरहेको कार्यालय प्रमुख माधव मिश्रले बताए ।
खसी, बोकाको नयाँ खरिद मूल्य तय भएपछि कम्पनीले खसी, बोका खरिद थालेको थियो । निर्धारण गरिएको मूल्य अनुसार नै असोज १२ देखि १४ गतेसम्ममा पाँचसय खसी, बोका काठमाडौँका लागि पठाइएको कार्यलय प्रमुख माधव मिश्रले जानकारी दिए । मिश्रले तुलसीपुरबाट १ सय र रिहारबाट ४ सय गरी जम्मा ५ सय खसी, बोका काठमाडौँ पठाएको बताए । ‘स्थानीय उत्पादन र महिलाहरुको उद्यमशीलतालाई प्राथमिकतामा राखी खरिद गरी पठाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *