पहिलो सेवाग्राहीलाई फुलमाला

मुख्य खबर समाज

घोराही, २३ भदौ । घोराही उपमहानगरपालिकाले पहिलो सेवाग्राहीलाई फुलमालाले स्वागत गरेको छ । १५औँ निजामती सेवा दिवसका अवसरमा उपमहानगरपालिकाले कार्यालय सेवा लिन आउने पहिलो सेवाग्राहीहरुलाई फुलमालाले स्वागत गरेको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि पाण्डे र उपसचिव यामबहादुर कुँवरले पुष्पगुच्छा र माला लगाएर स्वागत गरेका हुन् । कर्मचारी जिम्मेवार र अनुशासित भए नतिजामुखी प्रशासनसँगै समृद्धि र सुशासन स्थापित हुने भन्दै प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सेवालाई सधै ख्याल गर्न आवश्यक रहेको बताए । जनताका काममा पारदर्शीता, तोकिएको समयमै र सहज ढंगले खट्न निर्देशन दिदै उनले सुधार आफैबाट थाल्न आवश्यक रहेको बताए । सेवाग्राहीलाई सन्तुष्ट पारे मात्रै प्रशासनको नतिजा पनि राम्रो देखिने र सुशासन कायम हुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *