- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरपहिलो वर्ष सिकाइको वर्ष

पहिलो वर्ष सिकाइको वर्ष

- Advertisement -spot_img

संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भएको छ । २०७४ साल असारमा भएको निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएको एक वर्ष पूरा भएको छ । २० वर्षदेखि जनप्रतिनिधिविहीन बनेको स्थानीय सरकार अहिले पूर्णरुपमा क्रियाशील रहेको छ । धेरै अपेक्षा, योजना र आश्वासन बोकेर आएका जनप्रतिनिधिहहरुको एक वर्ष कसरी बितेको छ । एक वर्षको अवधिमा अपेक्षा अनुसारको स्थानीय तहमा काम हुनसकेको छ की छैन । कस्ताखालका समस्या, चुनौती, जटिलता, अवसर भूमिका देखिए त्यो विषयमा विशेषरुपमा आज हामीले जनप्रतिनिधिका एकवर्ष अन्तर्गत खोतल्ने प्रयास गरेका छौं । यो अंकमा गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिरसंग उनी निर्वाचित भएपछिको एक वर्षको अनुभवका बारेमा कुराकानी गरेकौ छौं । प्रस्तुत छ, उनीसंग गरिएको कुराकानीको सारसंक्षेप ।


एक बर्ष पूरा भएछ, हामी निर्वाचित भएको, निर्वाचित भइसकेपछि गढवा गाउँपालिकाको कामलाई व्यवस्थित गर्ने सिलसिलामा हामीहरु पहिलो वर्ष गाउँपालिकाको कार्यालय व्यवस्थित गर्नतर्फ लाग्यौं । जनताको दैनिकी कामलाई व्यवस्थित गरेर बढाउने काम ग¥यौँ लगतै हामीले आफ्नो गाउँपालिकाको बजेट बाडफाँड गरेर योजना छनौट प्रक्रिया बढाएका थियौँ ।
जसमा पहिलो बर्ष सोचे र अपेक्षा गरेजस्तो सफल नभएपनि कामको सिकाइमा केही परिवर्तन भने अवश्य भएका छौँ । यो वर्षलाई जनप्रतिनिधिको हिसाबले सिकाइ वर्षको रुपमा पनि मैले आफूले यो वर्षलाई लिएको छु ।
पहिलो बर्ष पूर्वाधारमा
पहिलो बर्षलाई गाउँपालिकाले पूर्वाधार निर्माणको वर्ष मानेको छ । हामीले गढवा गाउँपालिकाको दुई ठाउँमा भौतिक निर्माण बाटो कालोपत्रे गरेका छौँ । त्यो सहित विभिन्न स्थानमा पूर्वाधार विकासलाई महङ्खव दिएका छौँ । हामीले यो गढवा गाउँपालिकाको वडा नम्बर ५ चैनपुर मावि जाने बाटो गढवा गाउँपालिका वडा नम्बर ४ को उथैया चोकदेखि पर्सेनी विद्यालयसम्म जाने बाटोलाई सुरुवात गरेर कालोपत्रेको काम लगभग सम्पन्न गर्दैछौँ ।
यो बर्षको हाम्रो एउटा नमुना काम भनेको गढवा गाउँपालिका वडा नम्बर ६ को खबरी गाउँमा जाने खोलामा ३८ मिटरको कचवेको निर्माण हो । वडा नम्बर २ मा सामूहिक महिलाहरुको बंगुरपालन र एक हजार किलोको च्याउ खेतीको सुरुवात भैरहेको छ । हामीहरुले पहिलो बर्ष गढवा गाउँपालिकामा सडकको पक्की नालीहरु निर्माण गरेर अगाडि बढेका छौँ । गढवा गाउँपालिकाको ३ वडा गार्डेन बनाउनका लागि बालउद्यानको डिपिआर तयार पारेर त्यसलाई सुरुवात गर्ने क्रममा उपभोक्ता समिति गठन गरेर अगाडि बढेका छौँ ।
गढवा गाउँपालिकाको मास्टर प्लानको योजना बनाउनका लागि हामी टेन्डर प्रक्रियामा अगाडि बढेका छौँ भने हामीले गढवा गाउँपालिकाको २, ३ र ७ नम्बर वडा कार्यालयको भवन बनाउने तयारीमा छौँ । ल्यान्ड फिड साइडको पनि हामी डिपिआर तयार गरेर काम गर्नका लागि अगाडि बढ्दै छौँ गाउँपालिकाभित्रका ठाउँ–ठाउँमा रहेका गाउँको बाटोहरु ग्राभेल भएका छन्, धानखोलाको सिंचाई कुलालाई हामीले पक्की कुलो निर्माण गरेका छाँै ।
पहिलो बर्ष हामीकहाँ प्राविधिक कर्मचारीहरुको समस्या रह्यो जसले गर्दा योजनाको प्राविधिक स्टोमेट गर्न र काम समयमै काम सम्पन्न गर्न अलि समस्या रह्यो । यो बर्ष लमही कोइलावासको सडकको विवादलाई पनि मिलाएर अघि बढ्न केही समस्या रह्यो । तैपनि निर्माण काममा समन्वय कार्यको भूमिका खेलेर अगाडि बढाउने कार्य गरेका छौँ । गढवा गाउँपालिकामा शिक्षालाई राम्रो र अगाडि कसरी बढाउने भनेर कदम पनि चालेका छौँ । गाउँपालिकाको शिक्षा नीति कसरी बढाउने भन्ने बारेमा गढवा गाउँपालिकाभित्रका शिक्षकहरु, बुद्धिजीविहरुको एउटा मस्यौदा समिति गठन गरेर हामीहरुले उहाँहरुलाई जिम्मा दिएका छौँ । अब छिट्टै यो बन्दै छ ।त्यो प्रतिवेदनलाई हामी अगाडि गाउँ परिषदबाट पास गर्ने र गढवा गाउँपालिकाको शिक्षाको नीतिलाई कसरी अगाडि बढाउनेसँगै मस्यौदा आएको सुझावहरुको आधारमा हामी तय गर्ने सोंचमा रहेका छौँ । स्वास्थ्यको सवालमा हामी गाउँपालिकाले चिमचिमे भन्ने दुर्गम ठाउँमा स्वास्थ्य केन्द्र सञ्चालन गर्न सफल भएका छौँ । गढवा गाउँपालिकाको बजारलाई नयाँ सहर कार्यक्रममा पनि पार्न सफल भएका छौँ । जुन आगामी बर्षदेखि गढवा गाउँपालिकाको नयाँ सहर कार्यक्रम पनि सुरु हुँदैछ । स्वास्थ्यको क्षेत्रमा आम्दा अस्पतालले भदौदेखि हाम्रो गाउँपालिकामा स्वास्थ्यको क्षेत्रमा तीन किसिमको सहयोग गर्ने प्रकृया अगाढि बढेको छ । जस्तोे स्वास्थ्य चौकीहरुलाई आवश्यक सहयोग, आवश्यक सामाग्रीमा सहयोग र गढवा गाउँपालिकाको आठवटा वडाहरुमा स्वास्थ्य इकाई सञ्चालन गर्ने भौतिक निर्माण गर्ने काममा समेत सहयोग गर्ने रहेको छ । यो बर्ष औषधि र तालिम सञ्चालन गर्न गढवा गाउँपालिका र आम्दा अस्पतालबीचको सम्झौतासमेत भएको छ । गोबरडिहा स्वास्थ्य चौकीमा ल्याव थिएन । ल्यावको सञ्चालनको प्रक्रिया अगाडि बढाएका छौँ भने गढवा गाउँपालिकाको वडा नम्बर ६ मा रहेको स्वास्थ्य चौकीलाई हेल्थ सेन्टरको रूपमा निर्माण गर्ने निर्णय भएको को छ र यसका लागि चाहिने भवन तुरुन्तै बनाउन जिल्ला भवन डिभिजनमार्फत निर्णय भएर अगाडि बढेको छ ।

पहिलो बर्ष सोचे र अपेक्षा गरेजस्तो सफल नभएपनि कामको सिकाइमा केही परिवर्तन भने अवश्य भएका छौं । यो वर्षलाई जनप्रतिनिधिको हिसाबले सिकाइ वर्षको रुपमा पनि मैले आफूले यो वर्षलाई लिएको छु ।


नीति तथा कार्यक्रममा हामीले जुन पहिले पास गरेका थियौँ त्यही अनुसार अगाडि बढेका छौँ र नीति कार्यक्रम अब शिक्षाको पनि नीति पास गर्दै भर्खरै गाउँपालिकाले नयाँ वेवसाइटमा राख्ने कामसमेत भएको छ । शिक्षा नीतिमा केही विवाद झेल्नु प¥यो ।
त्यसैगरी नीति तथा कार्यक्रम अहिले हामीले लगभग १५,१६ वटा काम निर्माण गरेर गढवा गाउँपालिकालाई व्यवस्थित गर्नेतर्फ अगाडि बढ्दै छौँ र यो सभामा पनि गाउँपालिकालाई आवश्यक पर्ने केही कानुनहरुमा पनि अगाडि बढाउँछाँै र पास गर्छौ । गतसाल जस्तै राप्ती पुलदेखि धर्मपुर हुँदै पर्सिया खडकपुरको बाटोहरु छ । त्यो प्रदेशसँग पर्ने हामी अपेक्षा गरेका छौं । केन्द्रसम्म अपेक्षा गरेका छौँ । अर्को कक्रहवादेखि खजरैटा हुँदै उथैया चोकमा पुरानो बाटो छ । सँगैे विद्यालयहरुको भौतिक निर्माणको अवस्था नाजुक छ । जस्तै गोबरडिहा वडा नम्बर २ को पचहियामा पुरानो भवन छ, त्यहाँ भवन बनाउने कुरालाई हामी स्वान संस्थासँग मिलेर अगाडि बढ्ेका थियौँ र स्वान संस्थाले अहिले त्यो काममा समन्वय नगर्ने अवस्थामा छ ।
त्यो भवनलाई हामीले नबनाउन सकेकोले त्यहाँको विद्यार्थीहरुलाई समस्या छ । यसलाई हामीले प्रदेशसँग सहकार्य गर्ने सोच बनाएका छौँ । त्यस्तै विद्यालयको भौतिक निर्माण, स्वास्थ्य संस्थाका भौतिक सुधार, सिकेलसेल, क्यान्सरका बिरामीहरुलाई दिनुपर्ने सुविधा त्यो दिन सकिरहेका छैनौँ । यि सबै कुराहरु गाउँपालिकाको क्षमताभन्दा बाहिर रहेका छन् । त्यसको लागि केन्द्रीय, प्रदेश सरकारले सहयोग नगर्दासम्म असम्भव छ ।
हामीले पहिलो बर्ष स्वास्थ्यको सवालमा एउटा राम्रो काम पनि गरेका छौँ । जस्तोः महिलाहरुलाई जुन सुत्केरी भत्ता दिएर हामीले सरुवात ग¥यौँ यसले धेरै कुरालाई व्यवस्थित गरेको छ । बालिबालिकाको सवालमा बालमैत्री सम्बन्धीका कुराहरु सुरु गरेका छौँ । ३५ दिनमा जन्मदर्ता गर्ने, बच्चाले पाउने सबै खोप पूरा गर्ने आदि विषयमा हामी सजक छौं, गाउँपालिकाले एउटा सुत्केरी महिलालाई ३१ सय रुपैयाँ थपेर ४ हजार दिने जुन पोषण भत्ता निर्माण गरेका छौँ । जसले आमा तथा नवजात शिशुको स्वास्थ्यमा केही भएपनि राम्रो सुधार ल्याएको छ  ।
त्यस्तै खानेपानीको सवालमा हामीहरुलाई कोइलावासको लागि खानेपानीको ठूलो समस्या थियोे । जुन देशकै चिन्ता थियोे त्यो ठाउँमा हामीले डिप बोरिङको मार्फत पानी निकाल्न सफल भएका छौं । अहिले वडा नम्बर ५ मा खानेपानीको बोरिङ गाड्ने काम भैरहेको छ र खानेपानीको पाइप पनि बिस्तार बाँकी छ । त्यस्तै खानेपानीको सवालमा अब केही बोरिङहरु गाड्ने काम भैरहेको छ भने कहिँ पाइप बिस्तार गर्नुपर्ने छ  । युवा स्वरोजगारको लागि हामीहरुले ६ र ७ नम्बर वडामा गाईपालन सामूहिक उद्योगको काम अगाडि बढाएका छौं । जुन काम युवाहरुले रोजगार पाउने किसिमले अगाडि बढेको छ । त्यस्तै यो बर्ष हामीले युवाहरुको लागि पत्रकारिता तालिमसमेत सम्पन्न गरेका छौं।चुनौतीजनप्रतिनिधि भएर आउँदै गर्दा धेरै चुनौतीको पनि सामना गर्नुपरेको छ । एक वर्षसम्म कर्मचारी ब्यवस्थापन, ऐन नियम कानुन तथा नीतिगत प्रक्रियामा हामी जनप्रतिनिधि अलमलमा परेरै काम गरेका छौं । अबको वर्ष भने सबै हिसाबले बलियो भएर जाने छ भन्ने लागेको छ । नागरिकको अपेक्षा अनुसार काम पनि केही समय गर्न सकिएन । केही समस्या जनप्रतिनिधिहरु कै भयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here