- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरपशु स्वास्थ्य घुम्ती शिविर

पशु स्वास्थ्य घुम्ती शिविर

- Advertisement -spot_img

मसुरीया (दाङ), १३ भदौ । राप्ती गाउँपालिका पशु सेवा शाखाको आयोजनामा वडा नम्बर ७ को बड्का सिसहनिया, छोट्की सिसहनिया, अर्नाहनपुर, जितपुर र भानपुरमा सोमबार र मंगलबार पशु स्वास्थ्य घुम्ती शिविर सम्पन्न गरिएको छ । पशु स्वास्थ्य घुम्ती शिविरमा पशुहरुको स्वास्थ्य परिक्षण, भित्री तथा बाहिरी परजीविविरुद्ध औषधि वितरण, बोका तथा बंगुरको बन्ध्याकरण गर्ने कार्य गरिएको राप्ती गाउँपालिका पशु सेवा शाखाका शेरबहादुर हमालले जानकारी दिएका छन् । वडागत रुपमा पशु सेवा शाखाले सेवा दिने उद्देश्यका साथ पहिलो चरणमा गाउँ–गाउँमा गएर कार्य सुरु गरिएको छ । पशु स्वास्थ्य घुम्ती शिविरमा १ हजार ३ सय ९ पशुमा भित्री तथा बाहिरी परजीवि विरुद्ध औषधि वितरण गरिएको छ साथै ७२ वटा बोका, तीनवटा बंगुरको बन्ध्याकरण तथा २८ पशुको स्वास्थ्य चेकजाँच गरिएको छ । पशुपालक कृषकको आवश्यकता तथा उच्चतम आम्दानी हुने गरी ज्ञान, सीप दिन तालिम तथा अनुगमनलाई तिब्रता दिने, निःशुल्क बोका बन्ध्याकरण गर्ने शिविर आगामी भदौ १३ र १४ गते वडा नम्बर ६ मा र भदौ २५ र २६ गते वडा नम्बर ८ मा सञ्चालन गरिने कार्यक्रम रहेको पशु सेवा प्राविधिक शेर बहादुर रिजालले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here