पशु बिमा रकम प्रदान

मुख्य खबर समाज

घोराही, ८ असोज । घोराही उपमहानगरपालिका–१३ कलमघारीका किसान गोपाल गिरीलाई भैसीको बिमा रकम प्रदान गरिएको छ । महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाको पहलमा गिरीलाई मंगलबार भैसीको बिमाबापतको रकम प्रदान गरिएको हो ।
गिरी महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्र नम्बर ७३ सदस्य गिरीलाई भैसीको बिमाबापतको ७२ हजार रुपैयाँ प्रदान गरिएको हो । बिमाबाफतको रकम नेपाल महिला सामुदायिक केन्द्रका सामान्य प्रशासन प्रमुख मेनुका गिरीले चेक हस्तान्तरण गरे ।
गिरीले लघुवित्त कार्यक्रमअन्तर्गत उद्यम विकास कार्यक्रममा रहेर दुई लाख ५० हजार रुपैयाँ ऋण लिएर भैसीपालन गरेका थिए । ऋण लिएपछि लघुवित्तले पशुको बिमा गर्ने गरेको छ ।
उद्यमका लागि सहयोग गर्दै आएको महिला सामुदायिक विकास केन्द्रले किसानलाई बिमा कार्यक्रममा जोड्दै आएको छ । संस्थाले निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत् बिमा गरेर स्थानीय किसानलाई बिमा कार्यक्रममा जोड्दै आएको उद्यम विकास कार्यक्रमका अधिकृत निता पौडेलले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *