पशुपालनमा बढ्दो आकर्षण

फिचर मुख्य खबर

घोराही, ३ मंसिर । दाङमा पशुपालन व्यवसायका लागि निजी क्षेत्रको लगानी करिब ३४ करोड बढी पुगेको छ । भेटेनरी तथा पशु विज्ञ केन्द्र दाङका अनुसार पशुपालनका लागि ३४ करोड २० लाख १८ हजार ९ सय ४५ लगानी पुगेको हो । कृषकहरुले पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुने देखेपछि गाई, भैसी तथा बाख्रा, बंगुर, कुखुरालगायतको पशुपालन व्यवसायमा लगानी बढ्दै जान थालेको हो । ग्रामीणस्तरदेखि शहर बजारसम्म कृषकहरुले एकीकृत रुपमा पशुपालन व्यवसाय थालेका छन् । सरकारले पशुपालक व्यवसायका लागि अनुदान रकमसमेत उपलब्ध गराउन थालेपछि जिल्लाका कृषकहरु पशुपालन व्यवसायतर्फ आकर्षित समेत देखिएका छन् । भेटेनरी तथा पशुविज्ञ केन्द्र दाङका प्रमुख वेदबहादुर केसीले पछिल्लो समय पशुपालक किसानको सख्या बढ्दै गएको बताए । पशुपालन व्यवसायबाट आम्दानी राम्रो हुन थालेको छ, उनले भने– कृषकहरु पनि एकल तथा सामूहिक रुपमा पशुपालन व्यवसाय फर्म दर्ता गरेर पशुपालन व्यवसाय सञ्चालन गर्न उत्साहित देखिएका छन् ।

निजी क्षेत्रले दूग्ध उत्पादनका लागि गाई तथा भैसीपालन व्यवसायमा धेरै लगानी गरेका छन् भने दोस्रोमा बाख्रापालन व्यवसायका लागि लगानी गरेका छन् । पशुपालनमा युवाहरू पुस्ताले ठूलो लगानी गर्दै व्यवसायीक रुपमा पशुपालन फर्म सञ्चालन गर्न थालेका छन् ।


केन्द्रको अनुसार मासु तथा दूग्ध व्यवसायमा अरुको तुलनामा लगानी बढी रहेको देखिन्छ । निजी क्षेत्रले दूग्ध उत्पादनका लागि गाई तथा भैसीपालन व्यवसायमा धेरै लगानी गरेका छन् भने दोस्रोमा बाख्रापालन व्यवसायका लागि लगानी गरेका छन् । पशुपालनमा युवाहरू पुस्ताले ठूलो लगानी गर्दै व्यवसायीक रुपमा पशुपालन फर्म सञ्चालन गर्न थालेका छन् । भेटनरी तथा पशु विज्ञ केन्द्र दाङका अनुसार आर्थिक वर्ष २०७४÷७५ सम्म जिल्लामा लागि ३ सय ३२ वटा पशुपालन व्यवसायका फर्महरु दर्ता भएका छन् भने करिब ९ सय ३० जनाले रोजगारी पाएका छन् । जिल्लाका विभिन्न ठाउँमा सञ्चालन भएका पशुपालन फर्ममा ५० हजार देखि २० लाखसम्म लगानी गरिएको प्रमुख केसीले बताए । उनका अनुसार पशुपालन व्यवसायबाट दाङ मासु, दूध, अण्डा उत्पादन बढ्दै गएको छ । दूग्ध उत्पादनका लागि करिब १४ लाखमा अधिकारी बहुउद्देश्यीय कृषि तथा पशु फर्म सञ्चालन गरेको घोराही उपमहानगरपालिका–५ का कमलप्रसाद अधिकारीले बताए । उद्योगमा ६ जनाले रोजगारी पाएका छन् उनले भने ।

महिला उद्यमीको कम

दाङमा सञ्चालित पशुपालन व्यवसायमा महिला उद्यमीको संख्या भने न्यून मात्रामा देखिएको छ । जिल्लामा सञ्चालित ३ सय ३२ पशुपालन व्यवसायमा पुरुष उद्यमीको तुलनामा महिला उद्यमीको संख्या कमि देखिएको हो । जिल्लाका ४ सय २८ पशुपालक व्यवसायीमध्ये ३ सय ८४ जना पुरुष उद्यमी रहेका छन् भने ४४ जना महिला उद्यमी पशुपालन व्यवसाय सञ्चालन गरेका छन् ।
विभिन्न क्षेत्रमा महिला उद्यमी बढ्दै गएको भएपनि पशुपालन व्यवसायमा महिला उद्यमीको संख्या न्यून रहेको पाईएको छ । अरु व्यवसायको तुलनामा पशुपालन व्यवसायमा महिला उद्यमीको संख्या कम भएको कृषक समूह महासंघ दाङका प्रमुख खुशल घिमिरेले बताए ।

बिमामा कम ध्यान

पशुपालन व्यवसायतर्फ कृषक पछिल्लो समय आकर्षित भएपनि भएपनि पशु विमातर्फ कृषकको ध्यान जान सकिरहेको छैन् । कृषकको सहुलियतका लागि सरकार आफैले ७५ प्रतिशत रकमको व्यवस्था गरेको छ भने कृषकले २५ प्रतिशत मात्रै बिमित शुल्क बुझाउनु पर्ने भएपनि पशुपंक्षीमा गरिएको लगानी सुरक्षित गर्नका लागि कृषि बिमा सीमित किसानमा मात्रै पुगेको छ । कतिपय किसान कृषि विमाबारे थाहा नै छैन् भने जानकारी पाएका कृषकले पनि कृषि बिमा झन्झटिलो प्रक्रिया हुने भन्दै अधिकांश कृषकले पशु बिमा गर्ने गरेका छैनन् । विभिन्न समयमा आउने विपत्तिबाट पशुपंक्षीमा हुने क्षतिलाई कम गर्न जिल्लामा करिब ५ प्रतिशत किसानले कृषि बिमा गरेको भेटेनरी तथा पशुविज्ञ केन्द्र दाङका प्रमुख डा. वेदबहादुर केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *