- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरपशुपालक किसान आन्दोलित

पशुपालक किसान आन्दोलित

- Advertisement -spot_img

तुलसीपुर, २८ चैत । महामारीजन्य खोपको अभावमा पशु चौपायाको स्वास्थ्य जोखिममा परेको व्यवसाय नै धरापमा पर्ने भन्दै तुलसीपुरका पशुपालक किसान आन्दोलित भएका छन् ।
तुलसीपुर उपमहानगपालिकाको पशु सेवा शाखाले फागुनमा उपलब्ध गराउनुपर्ने खोप चैत महिना सकिदा पनि उपलब्ध नगराएको, पशु चौपायाका कृत्रिम गर्भाधान निशुल्क हुन नसकेको भन्दै बिगत तीन दिनदेखि तुलसीपुरका किसान आन्दोलित भएका हुन् ।
‘फागुन १५ सम्म लगाई सक्नुपर्ने खोप अहिलेसम्म उपलब्ध हुन सकेको छैन्, अब रोगको संक्रमण बढिसकेको छ, बितेको वर्षमा पनि पशु चौपायालाई समयमै महामारीजन्य रोगविरुद्धको भ्याक्सिन नलगाउँदा धेरै क्षति किसानले व्यहोरेका छौँ, फेरी यो वर्ष पनि दोहोरिने भयो’ पशुपालक किसान देवराज भण्डारीले दुखेसो गरे ।
‘स्थानीय सरकार आइसकेपछि चाहिने सेवा सुविधा जति सजिलै पाइन्छ भन्ने अपेक्षामा हामीहरु थियौँ तर पाउँदै आएको सुविधामा ढिलाइ र झन्झटिलो भएपछि किसान थप समस्यामा परेका छन्’
उनले भने, ‘पशु चौपायालाई सरकारले भ्याक्सिन (खोप) को व्यवस्था नगर्दा पशु बिमा पनि हुन सकेको छैन् । समयमै खोप पाउन नसकेका कारण पशु बिमाको प्रक्रिया पनि रोकिएपछि किसान असन्तुष्ट छन् ।
आफूहरूका माग सम्बोधन गर्ने लिखित सहमति गरे पनि कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिएको राष्ट्रिय व्यावसायीक पशुपालन तथा दूग्ध उत्पादक कृषक समाज नेपाल तुलसीपुरका अध्यक्ष लोकराज डाँगीले बताए ।
बिमा नहुँदा आफूहरुको पेशा नै धरासयी बन्ने निश्चित भएको छ, कि हामीलाई सरकारले समयमै खोपको व्यवस्था गरोस् कि हुनसक्ने क्षतिको ग्यारेण्टी सरकारले गरोस् उनले भने, सरकारी बेवास्ताका कारण किसानहरु पेशाबाट पलायन हुने अवस्था आएको छ ।
लगनपछिको पोतेको के काम भनेझैँ अब रोगको संक्रमण बढिसकेको छ, अहिलेसम्म पनि खोपको व्यवस्था छैन्, न बजारमा किन्न पाईन्छ, न सरकारले उपलब्ध गराउन सकेको छ– उनले भने अब त पशुचौपायमा संक्रमण शुरु भईसकेको छ ।
पशुपालक किसानका समस्या समाधानका लागि यसअघि पनि तुलसीपुर उपमहानगरपालिकाले किसानहरुसंग १८ बुँदे सम्झौता गरेको थियो । सम्झौतामा पशु चौपायाको निशुल्क गर्भाधान सुविधादेखि महामारीजन्य खोपको समयमै व्यवस्था हुनुपर्नेलगायत बुँदा उल्लेख छ तर कार्यान्वय नहुँदा मंगलबारदेखि पशुपालक किसानहरु आन्दोलित बनेका हुन् ।
उपमहानगर किसानका समस्यामा आफै गम्भीर बन्नुपर्नेमा हामीले खबरदारी गर्दा पनि किसानका समस्यामा उपमहानगरले बेवास्ता गरेको राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूग्ध उत्पादक कृषक समाज नेपाल दाङका अध्यक्ष शसिराम बुढाथोकीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here