Saturday, April 20, 2024
Homeसम्पादकीयपर्यटन सम्भावना

पर्यटन सम्भावना

- Advertisement -spot_img

सुगम जिल्ला भए पनि दाङले धेरै अवसरहरु प्रयोग गर्न र उपयोग गर्न सकेको छैन । आन्तरिक कारण र विभिन्न परिस्थितिले अवसुर लिन नसक्नुलाई ठिकै मानिएला तर अवसर पाएर पनि त्यसको सुदुपायोग हुन सक्दैन भने त्यो राम्रो मानिदैन ।
दाङ होटल र पर्यटन क्षेत्रको पनि राम्रो सम्भावना रहेको छ । विश्वमा पर्यटन उद्योगको सम्भावना राम्रो विकास भइरहेको समयमा नेपालमा पनि यसलाई ब्यवसायीक गर्न थालिएको छ ।
विश्वका पर्यटकीयस्थलहरु मध्ये नेपालमा रहेका धेरै क्षेत्रले पर्यटनको सम्भावना र विकास बोकिरहेका छन् । राजधानी केन्द्रित भएको पर्यटन ब्यवसाय अब जिल्लामा पनि विकेन्द्रीत हुन थालेका छन् । जिल्लाको पर्यटन क्षेत्रको सम्वद्र्धन र विकासका लागि । जिल्लाको पर्यटन जोडेर पर्यटन उद्योगमा धेरै नै लगानी भएको देखिन्छ ।
प्रदेश नं ५ र दाङ पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्र हो । यो क्षेत्रमा सम्भावना देखेर यसमा लागानीसमेत जिल्लामा बढ्न थालेको छ । घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्क अनुसार दाङमा मात्रै पर्यटन उद्योगतर्फका ६ सय २२ उद्योगमा पाँच अर्ब ९४ करोड ९० लाख ८२ हजार लगानी देखिएको छ । नौ सय उद्योगहरुमध्ये सबैभन्दा बढी पर्यटन उद्योगमै लगानी बढी देखिएको छ ।
दाङमा पर्यटनको विकाससँगै होटल पर्यटनको पनि राम्रो सम्भावना छ । होटल पर्यटनको सम्भावना बढेसँगै जिल्लामा होटल व्यवसायमा लगानीसमेत बढिरहेको छ । अन्य उद्योगहरुमा लगानी बढिरहे पनि त्यसका साथसाथै लगानीकर्ताहरुको आकर्षण पर्यटन उद्योगमा देखिएको छ ।
पर्यटनको प्रचुर सम्भावना रहेको दाङलाई उद्योगमा लगानी मात्रै गरेरभन्दा पनि पर्यटन क्षेत्रको पहिचान र प्रचारमा लगानी गरेर स्वदेशी तथा विदेशी पर्यटकहरु भित्र्याउन आवश्यक छ ।
दाङमा रहेका चर्चित पर्यटकीय स्थलहरु धारपानी, बाह्रकुने, सिद्धरत्न गोरखनाथ, थर्काेट, त्रिसिद्धेश्वरी, जखेरा, रिहार छिल्लीकोट, सवारीकोट, राजकोट, पुरन्धारा झरना, अम्बिकेश्वरीलगायतका पर्यटकीय स्थलको चिनारी र ब्यवसायीकता आवश्यक देखिन्छ ।
यी स्थानहरुको विकास र प्रचार गर्नसकेका दाङ पर्यटकीय स्थलको रुपमा पूर्णरुपमा परिचित हुनेछ । पर्यटन क्षेत्रको चिनारी र विकासका लागि राज्य र सरोकारवाला निकायहरु सक्रिय रुपमा क्रियाशील हुन जरुरी रहेको छ ।
स्थानीयस्तरमा भएका राष्ट्रिय पहिचान बोकेको पर्यटकीय स्थललाई पर्यटकको केन्द्र बनाउन लगानीसमेत बढाउन जरुरी छ । जसका कारण जिल्लाका सबै क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास हुन सकून । पर्यटन पूर्वाधारको विकासका लागि सबै चनाखो पनि हुनुपर्ने हुन्छ । क्षेत्रगत रुपमा विकास हुनसके पर्यटन व्यवसाय पनि पूर्णरुपमा फस्टाउने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here