पर्यटन विकासका योजनाको अध्ययन

मुख्य खबर

घोराही, १२ साउन । घोराही उपमहानगरपालिकामा रहेको पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखाले चालु आर्थिक बर्षमा चार योजनाको सम्भाब्यता अध्ययन गर्ने भएको छ ।
नगर कार्यपालिकामार्फत स्वीकृत गरेर चारवटा योजनाको सम्भाब्यता अध्ययन गर्ने भएको हो । पर्यटकीय सम्पदाको अध्ययन तथा सम्भाब्यता अध्ययनका लागि बबईको बहुआयामिक अध्ययन तथा प्रवद्र्धन सम्बन्धी गुरुयोजना निर्माण गर्ने लक्ष्य राखेको छ ।
यस्तै चौपट्टा क्षेत्रको पर्यटकीय एकीकृत विकास गुरुयोजना निर्माण गर्ने कार्यक्रम राखेको छ । त्यस्तै घोराही क्षेत्रमा पिकनिक स्पटको लागि सम्भाब्यता अध्ययन गर्ने जनाएको छ । यसैगरी सिमसार र जलाशय क्षेत्रको उपयोगिता तथा सम्भाब्यता अध्ययन गर्ने लक्ष्य राखेको छ । त्यसका लागि शाखाले १३ लाख बजेटको ब्यवस्थापन गरेको पर्यटन शाखा प्रमुख बालकृष्ण खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *