पर्यटन प्रवद्र्धनमा स्थानीय सरकार

फिचर विचार समाज

सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने तयारी गरेको छ । देशमा भएका पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गरेर पर्यटन प्रवद्र्धन गरी राष्ट्रलाई समृद्धिको मार्गमा लैजान सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा लिएको हो । सन् २०२० मा करिब २० लाख पर्यटकको आगमन गराउने गरी सरकारले अहिले पर्यटकीय स्थलको सौन्दर्यता बढाउन मात्र लागेको छैन्,
पर्यटकीय स्थलको प्रचार–प्रसारलाई पनि व्यापक बनाएको छ । प्राकृतिक रूपले सुन्दर देश नेपालमा थुप्रै पर्यटकीय स्थलहरू रहेका छन् । विश्वको अग्लो शिखर सगरमाथादेखि गौतम बुद्धको जन्मस्थान नेपालमै छन् । नेपालमा अहिले पनि पर्यटक आउने क्रम जारी नै रहेको छ । सन् २०२० लाई विशेष वर्षका रूपमा घोषणा गरी पर्यटनका क्षेत्रका माध्यमबाट देशको आर्थिक अवस्थालाई बलियो बनाउन सरकारले थालेको प्रयासलाई नागरिकस्तरबाट पनि सहयोग हुन आवश्यक छ ।
कतिपय थुप्रै पर्यटकीय स्थलहरू अहिले पनि प्रचार–प्रसार अभावमा रहेका छन् भने कतिपय ठाउँ संरक्षणको पर्खाईमा छन् । देशको आर्थिक अवस्था सुधार गर्नका लागि ति पर्यटनको सम्भावना बोकेका स्थलहरूको विकास गर्न देशमा भएका तीनैतहका सरकारहरू लागिरहेका छन् ।
संघ, प्रदेश र स्थानीय सरकार पर्यटन प्रवद्र्धनका आ–आफ्नै ढंगले लागिपरेका छन् । सन् २०२० नजिकै गर्दा दाङका स्थानीय तहहरू पनि स्थानीयस्तरमा भएका पर्यटकीय स्थलहरूको संरक्षण र प्रचार–प्रसार अभियानलाई तिब्र बनाएका छन् । पर्यटन प्रवद्र्धनमा स्थानीयस्तरबाट भइरहेका छन् ।
सन् २०२० लाई लक्षित गरी स्थानीय सरकारले पर्यटकीय स्थलको प्रचार–प्रसार अभियान र स्थानीय नागरिकलाई पर्यटकीय स्थलको संरक्षणमा दायित्वबोध स्थानीय सरकार कसरी गराउँदै छन् त ? लगायतका विषयमा स्थानीय तहका प्रमुखसँगको तहको पर्यटकीय स्थलको अवस्थाको बारेमा र पर्यटन विकासका सम्बन्धमा टुडे राउण्ड टेबलको आजको अंकमा समेट्ने प्रयास गरेका छौं । प्रस्तुत छ दाङका स्थानीय सरकार प्रमुखसँग सारसंक्षेपमा गरिएको कुराकानी । 


घुम्न जाऔं तुलसीपुर अभियान

घनश्याम पाण्डे
नगर प्रमुख
तुलसीपुर उपमहानगरपालिका

तुलसीपुर उपमहानगरपालिकामा धार्मिक, साँस्कृतिक, कलात्मक किसिमले थुपै्र पर्यटकीय स्थलहरू रहेका छन् । ति पर्यटकीय स्थलको संरक्षणसँगै प्रचार–प्रसारको अभियानमा उपमहानगरपालिका लागेको छ । हामीले केहीदिन अघिमात्रै तुलसीपुरका पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले ‘घुम्न जाऔँ तुलसीपुर’ अभियानको शुरूवात गरेका छौँ ।
तुुलसीपुरमा भएका पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि ‘घुम्न जाऔँ तुलसीपुर’ अभियानमार्फत पर्यटकीय स्थलको पर्चासहित तुलसीपुरका बसन्त भण्डारी र मनराज पुन मोटरसाइकल यात्रामा निस्कनुभएको छ । उहाँहरू दुबैजनाले नेपालका करिब ५५ जिल्लामा पुग्नु हुनेछ र तुलसीपुरका पर्यटकी स्थलको प्रचार–प्रसार गर्ने कार्यक्रम छ ।
त्यसैगरी बालप्रतिभा यांशु श्रेष्ठले पनि तुलसीपुरमा भएका पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि साथ दिनुभएको छ । उहाँहरू तीनैजनालाई पनि धन्यवाद दिन चाहन्छु । तुलसीपुर उपमहानगरपालिकाले पनि सन् २०२० को पर्यटन वर्षलाई अभियानमार्फत सफल बनाउने छ भन्ने विश्वासका साथ काम गरिरहेका छौँ । पर्यटन क्षेत्रको विकासले पनि समृद्ध नगर बनाउन ठूलो टेवा पुग्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।
यो अभियानमा सबैको साथ र सहयोगको अपेक्षा पनि गर्छु । यतिमात्र नभई उपमहानगरपालिकाले ‘घुम्न जाऔँ तुलसीपुर’ अभियानसँगै विभिन्न पर्यटकीय स्थलमा होमस्टेसमेत सञ्चालन गर्दैछ । यसका लागि उपमहानगरपालिकाले विभिन्न पाँच स्थानमा होमस्टे सञ्चालनका लागि केहीदिन भित्रै अध्ययन, अवलोकनमा उपहानगरको पर्यटन शाखाको टिम जाने छ र फर्र्किए लगत्तै होमस्टे सञ्चालनको प्रकृया अघि बढ्ने छ ।
उमहानगरपालिकाभित्र करिब दुई दर्जन पर्यटकीय स्थल रहेका छन् । ति स्थानको विकासलाई पनि जोड दिएका छौँ । ‘घुम्न जाऔँ तुलसीपुर’ अभियान सफल बनाउन हामीले करिब एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएका छौँ ।
हामीले उपमहानगरपालिकाभित्र मात्र नभई साविक राप्तीका पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पुरस्कारदेखि अनुदानसम्मको व्यवस्थाको नीति लिएका छौँ । उपमहानगरपालिकासहित साविक राप्तीका पर्यटीकय स्थलको भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेर सबैभन्दा बढी भिओर बनाउनेलाई पुरस्कारको व्यवस्थासमेत गरेका छौँ ।
उपमहानगरपालिकाभित्रका पर्यटकीय स्थलको प्रवद्र्धनका लागि हामीले ‘घुम्न जाऔँ तुलसीपुर’ भिडियो कम्पिटिसनको योजना ल्याएका छौँ । कुनै पनि व्यक्तिले आफ्नो ठाउँको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेर भिओर बढाउन सक्यो उसले पुरस्कार जित्न सकिने योजना ल्याएका छौँ ।
त्यसैगरी तुलसीपुरभित्रका दृश्यलाई समेट्ने गरी चलचित्र, डकुमेन्ट्री निर्माण गर्नेलाई अुनदान रकमसमेत उपलब्ध गराउने छौँ । अहिले उपमहानगरपालिकामा करिब दुई दर्जन पर्यटकीय स्थलहरू रहेका छन् ।
वडा नम्बर १० मा रहेको गौरीगाउँ ताल र पढ्ढा ताल, वडा नम्बर ६ मा रहेको कमल पोखरी ताल, वडा नम्बर ४ मा रहेको सुकी दह ताल, वडा नम्बर ७ मा रहेको राप्ती शान्ति उद्यान पार्क, वडा नम्बर ५ मा रहेको पुष्पलाल बाटिका, वडा नम्बर १७ मा रहेको विश्वविद्यालय पार्क,
वडा नम्बर १ मा रहेको देवीथान पार्क, वडा नम्बर १२ मा रहेको शितलपुर शिव मन्दिर, वडा नम्बर १९ मा रहेको कालिका मालिका मन्दिर, वडा नम्बर ८ मा रहेको राधा कृष्ण मन्दिर वडा नम्बर ६ मा रहेको त्रिसिद्धेश्वरी मन्दिर पर्यटकीय दृष्टिकोणले राम्रो छन् ।
त्यसैगरी वडा नम्बर ९ मा रहेको भद्रकाली मन्दिर, वडा नम्ब ३ मा रहेको शिद्धबाबा थान थर्कोट, वडा नम्बर ११ मा रहेको सुकौराकोट दंगीशरण दरबार, वडा नम्बर ४ मा रहेको चमेरे गुफा, वडा नम्बर ३ मा रहेको साततले झरना, वडा नम्बर १९ मा रहेको छिल्लीकोट,
वडा नम्बर ३ मा रहेको प्रतापकोट तुलसीपुरका प्रमुख पर्यटकीय स्थलहरू हुन् । यि पर्यटकीय स्थलको प्रचारप्रसार गर्नेमात्र नभई भौतिक पूर्वाधारको व्यवस्थापन पनि गरिरहेका छौँ । सडक, खानेपानी, वनभोजस्थल, विद्युतलगायतका पूर्वाधार निर्माणमा जोड दिएका छौँ ।


प्रचार र संरक्षण सँगसँगै

नरूलाल चौधरी
नगर प्रमुख
घोराही उपमहानगरपालिका

घोराही उपमहानगरपालिकालाई हामीले तालैतालको उपमहानगरपालिका भनेर चिनाउन चाहन्छौँ । उपमहानगरपालिकाभित्र तालको संरक्षण गरी सिंचाई सुविधासँगै पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने प्रयासमा लागेका छौँ । घोराही उपमहानगरमा अहिलेसम्म १८ वटा तालको निर्माण गरेका छौँ । ति तालको संरक्षणसँगै यहाँसम्म आउनेका लागि भौतिक पूर्वाधार निर्माणमा लागेका छौँ । अहिले निर्माणको प्रक्रियामा हुँदा पनि आन्तरिक पर्यटकको संख्या बढिरहेको छ दिनप्रतिदिन ।
उपमहानगरपालिकाले अहिले ति तालहरूमा आउने पर्यटकहरूलाई बोटिङ गराउने प्रक्रियामा पनि लागेको छ । त्यसका लागि हामीले पूर्वाधारको निर्माण प्रक्रियामा छौँ । सरकारले लिएको पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन स्थानीयस्तरबाटै हामीहरू लागेका छौँ । यसले हामीलाई स्थानीयस्तरमै फाइदा पु¥याउने छ । अहिले उपमहानगरपालिकाभित्र भएका तालसँगै अन्य करिब दर्जन बढी पर्यटकीय स्थलहरूको पनि संरक्षणमा लागेका छौँ ।
अहिले विषेशगरी घोराही उपमहागरपालिका–५ मा रहेको धारापानी, घोराही–१३ मा रहेको बाह्रकुने, ज्यामिरे दहमा दैनिकजसो आन्तरिक पर्यटकको संख्या बढिरहेको छ । तर केही कुरा अझै ति ठाउँमा व्यवस्थापन गर्न बाँकी छ ।
सडकको पूर्वाधार पुगेपनि अन्य संरचना निर्माण गर्न नसकिरहेको अवस्था पनि छ । हामीले जसरी हुन्छ ति क्षेत्रको विकासका लागि प्रयत्न गरिरहेका छौँ । घोराही अहिलेसम्म करिब दुई दर्जन बढी पर्यटकीय स्थलहरू रहेका छन् ।
ति पर्यटकीय स्थलको सुन्दरता कायम गर्नका लागि आन्तरिक रूपमा तयारी गरिरहेका छौँ । प्राकृतिक रूपमा नै घोराहीमा पर्यटकीय स्थल हुँदाहुँदै पनि कृत्रिम पनि पर्यटकीय स्थलहरू पनि निर्माण हुने क्रममा छन् ।
अहिले निजी लगानीमा पनि पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका छ । अहिले घोराही उपमहानगरपालिका–३ बेलदमारमा निजी क्षेत्रबाट पर्यटन प्रवद्र्धनका लागि हवाईजहाज सहितको ड्रिम पार्क निर्माण गरिएको छ । यसले पनि पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने छ । घोराहीमा थुप्रै धार्मिक पर्यटकीय स्थलहरू छन् ।
ति स्थलहरूको संरक्षण र प्रचार–प्रसार गर्न सकियो भने पनि पर्यटन क्षेत्रको सम्भावना घोराहीमा थुप्रै देखिन्छ । घोराहीमा धारापानी मन्दिरसँगै अम्किेश्वरी मन्दिर, चौघेराको मन्दिर धार्मिक पर्यटकीय स्थलहरू हुन् । यि धार्मिक पर्यटकीय स्थलको सरंक्षणमा स्थानीय सरकार लागेका छौँ ।
हामी आएको दुई वर्षभित्रमा थुप्रै पर्यटन क्षेत्रमा काम गरेका छौँ । अहिले नै सन्तुष्ट हुने अवस्था त छैन् तर राम्रै भएको छ । त्यतिमात्र होइन् घोराही भएर स्वर्गद्वारी जाने तिर्थयात्री जाने भएका कारण पनि घोराहीमा पर्यटनको सम्भावना निकै छ ।
हामीले स्वर्गद्वारी जाने तीर्थयात्रीलाई यहाँ भएका धार्मिक स्थलहरूमा जाने वातावरण निर्माण गर्दैछौँ । घोराही–स्वर्गद्वारी केवलकारको महत्वाकांक्षी योजना पनि सारेका छौँ । ति योजनाको सम्भाव्यता अध्ययन गर्नका लागि योजना अघि सारेका छौँ । दीर्घकालिन रूपमा हामी सफल रहने छौँ । यसले पनि घोराहीको समृद्धिमा ठूलो भूमिका खेल्दछ ।
अहिले स्वर्गद्वारी जाने पर्यटकहरू अन्यत्र भएर पनि जाने गरेका छन् । हामीले केवलकारको स्थापना गर्न सक्यौँ भने यहाँबाट स्वर्गद्वारी जाने तिर्थयात्रुको संख्या बढ्ने छ ।
अहिले सन् २०२० नजिकिदै जाँदा संघीय सरकारले ल्याएको पर्यटन वर्षलाई सफल बनाउन हामीले घोराहीमा भएका पर्यटकीय स्थलहरूको ब्रोसर बनाएर प्रचार–प्रसारको अभियानमा लागेका छौँ । विभिन्न माध्यमबाट ति ब्रोसर पु¥याउन सकियो भने पनि घोराहीमा पर्यटकको संख्या बढाउन सक्छौँ ।


पूर्वाधार निर्माणपछि मात्रै प्रचार–प्रसार

कमानसिंह डाँगी
अध्यक्ष
शान्तिगर गाउँपालिका

सन् २०२० लाई लक्षित गरेर नै कार्यक्रम नभएपनि हामीले गाउँपालिकाभित्र भएका पर्यटकीय स्थलको विकास र संरक्षण भने गरिरहेका छौँ । गाउँपालिकामा हामी आएको दुई वर्षको अवधिमा यहाँ भएका पर्यटकीय स्थलको विकासका लागि सडक निर्माणदेखि आवश्यक पूर्वाधार खानेपानी, विद्युत, सञ्चारलगायतका सुविधा निर्माणको प्रक्रियामा छौँ ।
शान्तिनगरमा प्राकृतिक रूपले बनेका पर्यटकीय स्थलहरू धेरै रहेका छन् । गाउँपालिकामा करिब छवटा प्रमुख पर्यटकीय स्थलहरू रहेका छन् । वडा नम्बर ३ मा रहेको गणेश गुफा, वडा नम्बर ४ मा रहेको शिव मन्दिर धनौरा, दरबार स्क्वायर खरकोट, सुन्दरादेवीलगायतका धार्मिक एवं पर्यटकीय स्थलहरू रहेका छन् ।
ति कतिपय ठाउँमा अहिले पनि सडक, विद्युत, खानेपानीलगायतका पूर्वाधार निर्माण हुने क्रममा रहेको छ भने कतिपय ठाउँमा अझै पनि शुरूवात गर्न सकिएको छैन् ।
गाउँपालिकाभित्र भएका पर्यटकीय स्थलहरूको संरक्षण गरी गाउँपालिकाको समृद्धिमा टेवा पु¥याउन हामी लागिरहेका छौँ । अहिले कतिपय अवस्थामा हामीसँग सीमित स्रोत साधन हुँदा पनि हामीले तिब्र विकास गर्न सकिरहेका छैनौँ । प्रदेश र संघ सरकारसँग सहकार्य गरेर पर्यटकीय स्थलमा सडकलगायतका पूर्वाधार निर्माण गर्न लागिरहेका छौँ ।
अहिले सुन्दरादेवीमा धर्मशाला बनाउन गाउँपालिका लागिरहेका छ भने खानेपानीको व्यवस्था गरिसकेका छौँ । धार्मिक हिसाबले निकै चर्चित मानिएको सुन्दरादेवी संरक्षणसँग पर्यटकको संख्या पनि बढ्न थालेको छ ।
हामीहरू प्राकृतिक रूपले पर्यटकीय स्थलहरूको खोजी र संरक्षणमा छौँ । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहँदा हाम्रो ठाउँमा भएका पर्यटकीय स्थलले पनि पर्यटकको आगमन गराउने छ भन्ने विश्वासमा छौँ ।
हामी यी पर्यटकीय स्थलको प्रचार–प्रसारभन्दा पनि संरक्षणको अभियानमा छौँ । ति पर्यटकीय स्थलको पूर्वाधार निर्माण गरेर हेर्न लायक, रमाउन लायक बनाएरमात्रै हामीले प्रचार–प्रसारमा लाग्ने छौँ ।
प्रकृतिले सुन्दरता दिएका पर्यटकीय स्थलहरू भएपनि ति ठाउँको पूर्वाधार निर्माणबिना पर्यटकको संख्या बढाउन असम्भव जस्तै छ । त्यसैले गाउँपालिकाभित्र भएका पर्यटकीय स्थलको प्रचार–प्रसारभन्दा पनि पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेका छौँ ।
गाउँपालिकाले २÷३ स्थानमा होमस्टे बनाउने परिकल्पनासमेत गरेको छ । होमस्टे निर्माण गर्न सकियो भने पनि पर्यटकको संख्या बढाउन सकिन्छ भन्ने उद्देश्यका साथ काम गरिरहेका छौँ । प्रचार–प्रसारको काम सुस्त–सुस्त गरिरहेका छौँ र यसलाई व्यापक बनाउन पूर्वाधार निर्माण गर्नेछौँ ।


बबईमा अधिक सम्भावना

भुवनेश्वर पौडेल
अध्यक्ष
बबई गाउँपालिका

हामीले सन् २०२० लाई लक्षित गरेर भन्दा पनि दीर्घकालिन रूपमा पर्यटन प्रवद्र्धन गर्नतिर लागिपरेका छौँ । पश्चिम दाङमा त्यसमा पनि बबई गाउँपालिका प्राकृतिक सुन्दरताको हिसावले बबई गाउँपालिका सम्पन्न छ तर आवश्यक पूर्वाधारको अभाव भने पक्कै छ ।
बबई गाउँपालिकाले सीमित स्रोत साधनमा पनि ति पर्यटनको सम्भावना बोकेका पर्यटकीय स्थलको संरक्षण र विकास गर्न लागिरहेको छ । प्रकृतिले दिएका सुन्दर मनोरम दृश्यलाई सबैमाझ पु¥याएर पर्यटन प्रवद्र्धन गर्नका लागि हामीले ति ठाउँमा पुग्ने सडकबाट निर्माणलाई प्राथमिकतामा राखेका छौँ । सडकको विकासबिना अरू केहि पनि असम्भव छ  । त्यसैले सडकको विकास गरी यहाँका पर्यटकीय स्थलको विकासमा हामीहरू लागिरहेका छौँ ।
गाउँपालिकामा करिब एकदर्जन भन्दा बढी पर्यटकीय स्थलहरू रहेका छन् । नाम नै लिनुपर्दा पुरन्धारा छहरामा पर्यटकको संख्या दैनिक बढ्दै गएको पाइएको छ । जिल्लाभित्र तथा जिल्ला बाहिरबाट छहराको अवलोकनसँगै वनभोज कार्यक्रमका लागि उक्त स्थानमा आउने गरेका छन् । हामीले पुरन्धारा छहरामा भौतिक संरचना निर्माण गरेका छौँ तर अझै पनि पर्याप्त छैनन् ।
प्रदेश सरकारको सहयोगमा हामीले सडकको मर्मतदेखि वनभोजस्थल निर्माण गरेका छौँ । आमसञ्चारको माध्यमबाट छहराको प्रचार–प्रसार राम्रो भएको छ । त्यसैको प्रतिफल अहिले छहरामा दैनिकजसो पर्यटकको संख्या बढिरहेको छ । मिडिया जगतले छहरको प्रवद्र्धनमा खेलेको भूमिका निकै प्रशंसनीय छ । अहिले छहरामा पर्यटनको संख्या बढ्दै जाँदा हामीले भौतिक संरचना निर्माणको कामलाई तिब्रता दिएका छौँ ।
बबई गाउँपालिकामा पर्यटनको सम्भावना बोकेका थुप्रै पर्यटकीय स्थलहरू रहेका छन् । पुरन्धारा छहरासहित वडा नम्बर ३ मा रहेको गौरीशंकर शिवालय, वडा नम्बर ६ मा रहेको चिसापानी, धागे छहरालगायतका पर्यटकीय स्थलहरू विकासको पर्खाइमा छन् ।
विद्युत, सडकदेखि खानेपानीलगायतका समस्यालाई समाधान गर्र्ने प्रयासमा छौँ । सीमित स्रोतसाधन हुँदा हामीले सबै काम एकैपटक पनि गर्न सकिरहेका छैनौँ । अर्को कुरा के पनि आग्रह छ भने स्थानीयले पनि पर्यटन प्रवद्र्धनका लागि भूमिका खेल्न आवश्यक छ । सरकारसंगै नागरिकले पनि पर्यटकीय स्थलको संरक्षण गर्नुपर्छ तबमात्रै हामी समृद्धिको मार्गमा जान्छौँ ।
प्रकृतिले दिएका ति ठाउँहरूलाई संरक्षणमा सरकारसँगै नागरिकको पनि दायित्व हुन्छ भन्ने लाग्छ । अहिले के देखिएको छ भने सरकारले मात्रै गरिदियोस् भन्ने संस्कृतिको विकास भएको छ । जनश्रमदान भन्ने निकै कम देखिएको छ ।
त्यसकारण पर्यटकीय सम्भावना बोेकेको पर्यटकीय स्थलहरूको संरक्षण गर्न म स्थानीयलाई पनि आग्रह गर्दछु । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने योजना बनाइरहेको समयमा हामीले अहिले प्रसार–प्रसारको अभियान नै त सञ्चालन गरेका छैनौँ । तर पनि विभिन्न किसिमले प्रचार–प्रसार भइरहेको छ । बबई गाउँपालिकामा भएका पर्यटकीय स्थलको प्रचारमा सबैको सहयोग हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *