पर्यटन प्रवद्र्धनका लागि ७७ लाख

मुख्य खबर

घोराही, ९ साउन । घोराही क्षेत्रको पर्यटन प्रवद्र्धन तथा विकासका लागि ७७ लाख रुपैयाँ बजेट खर्च गरिने हुने भएको छ । घोराही उपमहानगरको नगरसभाले पर्यटन प्रवद्र्धन तथा विकासका लागि ७७ लाख बजेट ब्यबस्थापन गरेको हो ।
घोराहीको पर्यटन शाखामार्फत उक्त रकम खर्च हुने शाखा प्रमुख बालकृष्ण खनालले जानकारी दिए । गतबर्ष पर्यटन शाखामार्फत ५६ लाख बराबरको बजेट खर्च भएको थियो ।
शाखाले नगरसभाले पास गरेको बजेटमार्फत पर्यटन दिवस, नगरस्तरीय पर्यटन समिति, गोष्ठी, अध्ययन अनुसन्धान, माघी महोत्सव, पार्क निर्माण तथा बर्का नाच प्रवद्र्धन, सम्पदाको चिनारी दिने पुस्तक तथा ब्रोसर प्रकाशन गरिएको थियो ।
यस्तै चालु आर्थिक बर्षमा पनि पर्यटन प्रवद्र्धन र विकासका लागि विभिन्न कार्यक्रम गर्न लागेको शाखा प्रमुख खनालले जानकारी दिए । पर्यटन शाखाले बबईको बहुआयामिक अध्ययन अनुसन्धान, सिमसार र जलाशय क्षेत्रको उपयोगी सम्भाब्यता अध्ययन, विभिन्न जातजातिको नाचको बृत्तचित्र तथा प्रवद्र्धन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै चौपट्टा क्षेत्रमा पर्यटकीय एकीकृत विकास, पिकनिक स्पोटको सम्भाब्यता अध्ययन, विभिन्न हस्तकला तालिम सञ्चालन गर्ने जनाएको छ । त्यस्तै भाषा, साहित्य र संस्कृतिका लागि सहयोगको कार्यक्रम रहेको पनि शाखा प्रमुख खनालको भनाई छ ।
नगरस्तरीय योजनाबाहेक प्रदेश, संघ र वडास्तरबाट पनि घोराही क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि बजेट प्राप्त हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *