- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeविचारपर्यटकीय सम्भावना बोकेको दाङको चिसापानी

पर्यटकीय सम्भावना बोकेको दाङको चिसापानी

- Advertisement -spot_img

नवराज रजौरे

हेर्दा निकै सुन्दर र शान्त ठाउँ, चारैतिर हरियो वन नेपाल धन, वनमा साल, सति साल, कटुज, जामुनो, मालुको, धाइरो, रुइनो, बेल आदि विभिन्न जातका वृक्षहरुले प्राकृतिक सौन्दर्य प्रदान गरेका,
कही कही जलाशययुक्त सोताहरु, बीचको होचो भूभाग अन्दाजी एक विगाह ऐलानीप्रति जमिनको समथर फाँट एउटा पुरानो मन्दिर, त्यही शिव मन्दिरको उत्तरतिर सतीदेवीको निष्प्राण देश बोकेको शिवजीको प्रतिमा, पुरानो मन्दिरभित्र ब्रह्मा,
विष्णु, महेश्वरको संयुक्त मूर्ति, मन्दिरसँग सटेको बाहिर वर पिपल र समीको एउटै ठाउँमा तीन वृक्षको उत्पत्ति, ठाउँ–ठाउँमा बेलका रुखहरु देखिने, पश्चिमतिर साधुसन्तहरु बस्ने पुरानो घरहरु, जेष्ठ नागरिकहरुका लागि दिवा कार्यक्रम सञ्चालन गर्ने नव निर्माणाधिन भवन, एउटा सानो प्रतिक्षालय, यी विभिन्न संरचनाहरुले चिसापानी एक सुन्दर तपोभूमि जस्तो लाग्दछ ।
स्थानीय व्यक्ति टेकबहादुर बुढाथोकीको सक्रियतामा स्थानीय व्यक्तिहरुले २०६२ सालपछि सुन्दर भूमिमा पूर्वतिर ब्रह्मा, विष्णु, महेश्वर त्रिदेवको मूर्ति बनाई एउटा सानो मन्दिर निर्माण गरी पश्चिमतिर साधुसन्तहरु बस्ने दुईवटा आश्रमस्थलले निर्माण गरिएको कुरा स्थानीयहरुको भनाई रहेको छ । हाल उक्त मन्दिरमा टेकबहादुर बुढाथोकी र कृपाल गिरीले पूजा चलाई रहेका छन् ।
बबई गाउँपालिका वडा नं. ६ चिसापानीलाई पवित्र धार्मिक स्थल बनाउने उद्देश्यले सोही गाउँपालिका वडा नं. ६ पंचकुलेका दिपेन्द्र बहादुर डाँगी, राम प्रपन्न (रामबहादुर चौधरी), वीरबहादुर विष्ट र शान्तिनगर गाउँपालिका कासिपुर निवासी मनोहर आचार्यलगायतका समाजसेवीहरुले जेष्ठ नागरिक भवन निर्माण समिति बनाएर सेवा पु¥याइरहेका छन् ।
मनोहर आचार्यले १४ वर्षदेखि त्यस क्षेत्रको विकास निर्माणका लागि आफू लागिपरेको जनाएका छन् । त्यहाँ आश्रममा एकजना महिला माता सुशीला गिरी बस्दै आएकी छन् । स्थानीय व्यक्तिहरु उनीबाट हात हेराउने, कामधाम गराउने, सल्लाह, सुझाव लिने गरेको कुरा बुझिएको छ ।
चिसापानीको गतिविधि उजागर गर्ने उद्देश्यले मनोहर आचार्य गत फागुन ४ गते साहित्य सौजन्य मालाको २१९औं श्रृङ्खलामा तुलसीपुर उपस्थित भई २२०औं श्रृङ्खलाका लागि संयोजक बनी मिति २०७५ साल चैत २ गते चिसापानीमा उपस्थित भई सहयोग गर्न सबै साहित्यकारहरुलाई अनुरोध गर्नुभएको थियो ।

पश्चिम दाङको विकासमा तिव्रता ल्याउनका लागि चिसापानीको विकास हुन जरुरी छ । यस क्षेत्रलाई धार्मिक, पर्यटकीय स्थल बनाउनका लागि स्थानीय समाजसेवस्हरु सबैजना मिलेर अगाडि बढ्न जरुरी छ ।

त्यही अनुरोधलाई स्वीकार गर्दै चैत २ गते तुलसीपुरको नयाँ बसपार्कमा चिसापानी जानका लागि साहित्यकारहरुको उपस्थ्तिि हुने क्रममा छजना जुट्नु भयो । उहाँहरु हुनुहुन्छ– नवराज रजौरे, खुमानन्द अधिकारी, गणेशप्रसाद रेग्मी, गदाधर पौडेल, के.पी. परेत र शंकर पौडेल । हामी छजना तीन÷तीन जनाको दरले अटो रिक्सामा चढ्यौं ।
चिसापानीसम्म एकजनाको एकसय रुपैयाँ भाडा थियो । करिब ४० मिनेटमा चिसापानी पुग्यौँ । भाडा बुझायौँ, तुलसीपुरबाट चिसापानी १८ किलोमिटरको दूरी थियो ।
तुलसीपुर–हापुरे सुर्खेत सडक पक्की भइसकेकोले यात्रा सर र सुविधाजनक रह्यो । अरु साहित्यकार सहभागीहरु भन्दा हामी केही अगाडि पुगेको हुनाले चिसापानीको सम्पूर्ण क्षेत्रको अवलोकन र अध्ययन गरी भरपूर आनन्द लियौँ ।
दिउँसो १२ः३० बजे सबै जम्मा २६ जना उपस्थित भई २२०औं श्रृङ्खला सम्पन्न ग¥यौँ । सौजन्यमालाको २२१औं श्रृङ्खला पंचकुलेका दिपेन्द्र बहादुर डाँगीको संयोजकत्वमा आगामी बैशाख ७ गते हापुरेको पदमपुर स्कुलमा गर्ने निर्णय भयो ।
चिसापानीमा पातलो बस्ती छ । सडकदेखि उत्तर ति सटेको एउटा सानो घर छ । त्यस घरमा टेकबहादुरका परिवारजनहरु बस्छन् । त्यस घरमा सानो पसल छ । चिया नास्ता पनि बन्दछ । फाट्टफुट्ट केही घरहरु पनि देखिन्छन् ।
पूर्वतिरबाट आउने जाने टिपर, बस, जीप, टेम्पो पनि चल्दा चहेछन् । शनिबार भएकोले गाडीहरु कम चलेको देखियो । आधा घण्टा कुर्नु प¥यो । एउटा टेक्सी पश्चिमबाट आएकोले हामी तुलसीपुर आउन सक्यौँ । रात्रि बस सेवा पनि रहेछ ।
चिसापानीदेखि दक्षिणतिर जलाशययुक्त तीनवटा सोताहरुको संगम रहेछ । त्यसलाई त्रिवेणी भन्दा रहेछन् । त्यही त्रिवेणीले आर्यघाटको रुपमा केही गाउँहरुको सेवा पु¥याउँदै आएको कुरा पनि स्थानीयहरुले बताएका थिए ।
पश्चिम दाङको विकासमा तिव्रता ल्याउनका लागि चिसापानीको विकास हुन जरुरी छ । यस क्षेत्रलाई धार्मिक, पर्यटकीय स्थल बनाउनका लागि स्थानीय समाजसेवस्हरु सबैजना मिलेर अगाडि बढ्न जरुरी छ ।
यो सुन्दर र शान्त चिसापानी क्षेत्र दाङ जिल्लाको पर्यटकीय सम्भावना बोकेको एउटा महङ्खवपूर्ण स्थान रहेको भन्न सकिने तलका केही आधारहरु रहेका छन्ः–
१. प्राकृतिक सुन्दरता देख्न सकिन्छ ।
२. कोलाहल रहित शान्तपूर्ण अवस्था छ ।
३. धार्मिक भावनामा जागरण र शिवालयहरुको निर्माण भइसकेको छ ।
४. बेल वृक्षहरुको उत्पादन र मन्दिर नजिकै वर–पिपल र समीको एकै ठाउँमा उत्पत्ति हुनु धार्मिक महिमा हुन्छ ।
५. चिसापानीदेखि दक्षिणतिर त्रिवेणी निर्माण ।
६. चिसापानीलाई अंकमाल गर्दै दाङ–सुर्खेत सडक पक्की बनेको र सवारी साधनहरु सञ्चालन ।
७. स्थानीय धार्मिक र सामाजिक व्यक्तिहरु विकासका लागि जुर्मुराएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here