परिवर्तनले एचआईभीको जोखिम हटाउँदै

मुख्य खबर समाज

घोराही, २६ बैशाख ।
परिवर्तन समूहले दाङमा सुईबाट लागूऔषध प्रयोग गर्नेहरु एचआईभी एड्सको जोखिम रोक्ने गरि कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । समूहको आयोजना र सेभ द चिल्ड्रेनको सहयोगमा बुधबार घोराहीमा परिचयात्मक बैठकको आयोजना गरी लागूऔषध सेवन गर्नेहरुले प्रयोग गर्ने सुईबाट एचआईभीको संक्रमण हुनसक्ने भन्दै सचेतनाको कार्यक्रम गर्न लागेको जनाएको हो ।
परिवर्तन समूहका कार्यक्रम संयोजक इन्द्राकुमारी जिसीले दाङमा साढे ९ महिनाका लागि कार्यक्रम आएको र १७ लाख ३८ हजार ९३ रुपैयाँ रहेको जानकारी दिए । सुईद्वारा लागूऔषध प्रयोगकर्ताहरुलाई निरुत्साहित गर्ने र उनिहरुले प्रयोग गर्ने सुईबाट सर्न सक्ने एचआईभी संक्रमणको जोखिमबाट टाढा राख्ने गरी कार्यक्रम गरिने उनले बताए ।
साथै समूहले बाल संरक्षणको नीतिहरुलाई समेत नागरिक स्तरमा कार्यक्रममार्फत लैजाने जनाएको छ । सुईबाट लागूऔषध प्रयोग गर्नेहरुलाई तत्कालिन क्षतिबाट बचाउने गरी कार्यक्रम ल्याइएको संयोजक जिसीको भनाइ छ । समूहका डिआईसी इन्चार्ज प्रेमनारायण विकले दाङका सातसय ३२ जना युवकहरु सुईबाट लागूऔषध प्रयोग गर्नेको संख्या रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोख्रेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपीकृष्ण सुबेदी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बिष्णु पुनलगायतले लागूऔषध प्रयोगलाई निरुत्साहित गर्न सेचतना र अभिभावक जागरुक हुनुपर्नेमा जोड दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *