- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरपरियोजनाको प्राथमिकतामा कृष्

परियोजनाको प्राथमिकतामा कृष्

- Advertisement -spot_img

हाम्रो पहुँचको वार्षिकोत्सव
तुलसीपुर, २९ चैत । तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले आगामी परियोजनामा कृषि र किसानलाई समेट्ने भएको छ । संस्थाले तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वटै वडाका किसानले उत्पादन गरेका कृषि सामाग्रीलाई समेट्ने गरी आगामी पाँचौ परियोजनाका रुपमा दूग्ध प्रशोधन केन्द्र स्थापना गर्ने योजना बनाएको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले बताए ।
‘हामीले किसानलाई प्रोत्साहन गर्ने गरी पाँचौं परियोजनाका रुपमा दूग्ध प्रशोधन केन्द्र स्थापना गर्दैछौँ’ उनले भने ‘प्रक्रिया शुरु भईसकेको छ, अब हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले सम्भवतः चालु वर्षभित्रै सञ्चालनमा ल्याउने छ ।
सहकारीले दूग्ध प्रशोधन केन्द्र सञ्चालनमा ल्याएपछि पशुपालक किसानहरु प्रत्यक्ष लाभाम्वित हुनेछन् । संस्थाले पाँचौ परियोजनाका रुपमा सञ्चालन गर्न लागेको दूग्धजन्य वस्तुहरु उत्पादन गर्ने अध्यक्ष भण्डारीले बताए ।
अब नेपालमै किसानले उत्पादन गरेका कृषि सामानको उपभोग गर्नुपर्छ भन्ने हामी लागेका छौँ, सकेसम्म स्वदेशी उत्पादन त्यो पनि किसानले उत्पादन गरेका कृषि सामाग्रीलाई प्रोत्साहन गर्न हामीले पाँचौ परियोजना दूग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न लागेका हौँ ।
यसैबीच हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बिहीबार आफ्नो १२औँ वार्षिकोत्सव मनाएको छ । बचत तथा ऋणको कारोबार, सहकारी पेट्रोल पम्प, रेडियो र विद्यालयलगायतका परियोजना सञ्चालन गर्दै आएको संस्थाले बिहीबार विभिन्न कार्यक्रम गरेर आफ्नो १२औँ वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरले २०७६ साललाई सहकारी वर्षको रुपमा मनाउने बताएका छन् ।
सहकारीबाट मात्रै समृद्धि प्राप्त गर्न सकिन्छ, सहकारीलाई ग्रामीण वस्तीसम्म पु¥याउने र स–साना सहकारीलाई एकीकृत बनाएर बलियो सहकारी स्थापना गर्ने योजनाका साथ उपमहानगरपालिकाले २०७६ साललाई सहकारी वर्षको रुपमा मनाउने भएको छ उनले भने ‘आर्थिक समृद्धिका लागि सहकारीले कृषि उत्पादनलाई जोड्नुपर्छ ।
२०७६ साल कृषकका निम्ती, कृषिका निम्ती सहकारीले नेतृङ्खव गर्छ ।’कार्यक्रममा प्रदेश नम्बर ५ का सहकारी संघका सचिव रुपबहादुर खत्रीले सहकारीको साथ बिना समृद्धि अपूरो रहेको बताए । आर्थिक समृद्धिका लागि राज्य एक्लै हिडेर सम्भव नहुने भन्दै अब सहकारी र सरकार सहकार्यलाई मूर्त रुप दिनुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा सहकारी संस्थाका वरिष्ठ सल्लाहकार भरत भण्डारीले सहकारीले आत्मनिर्भर बनाउँदै लगेको बताए । अब सहकारीले कृषि र किसानलाई समटेर जानुपर्नेमा जोड दिए । अरुले उत्पादन गरेका वस्तुमा उपभोक्ता बन्नुभन्दा पनि अब सहकारीमार्फत आफ्नै उत्पादन, आफै उपभोक्ता बन्नुपर्छ उनले भने ।
संस्थाका उपाध्यक्ष देवराज भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य प्रकाशकुमार शर्मा, प्याब्सन दाङका उपाध्यक्ष विजय जिएम, हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यालय व्यवस्थापन समितिका सदस्य मिनराज भण्डारी, राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष इन्द्र बुढाथोकी,
जनसेवा सहकारी संस्थाका उपाध्यक्ष नारायण भुसाल, विद्यालयका अभिभावक लक्ष्मीकुमारी मल्ललगायतले सहकारीलाई आर्थिक उत्पादनसँग जोड्न अब सहकारीले कृषि प्रवद्र्धनलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण संस्थाका कार्यबाहक व्यवस्थापक डिआर भण्डारीले गरेका थिए । कार्यक्रममा विभिन्न संस्कृति झल्कने नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।
२०६४ साउन ३१ गते विधिवत रुपमा संस्था दर्ता भई सञ्चालनमा आएको संस्थाले सोही वर्षको पुस १ गतेदेखि पहिलो परियोजना बचत तथा ऋणको कारोबार शुरु गरेको थियो ।
संस्थाले त्यसैको ठिक एक वर्षपछि २०६५ साउन ३० गतेबाट सहकारी पेट्रोल पम्म, २०६७ भदौ ५ गतेबाट रेडियो हाम्रो पहुँच, २०६७ बैशाख १ गतेबाट हाम्रो पहुँच सेकेन्डरी स्कुल, २०७३ जेठबाट लघुवित्त परियोजना सञ्चालनमा ल्याएको हो ।
निम्न आय भएका किसान, मजदुर लगायतलाई एकतावद्ध गरी उनीहरुसँग रहेको सानो–सानो पुँजी एकीकृत गरेमा ठूलो पुँजीको निर्माण गर्न सकिने उद्देश्यका साथ सञ्चालनमा आएको संस्थाले विभिन्न परियोजनमा गरी ७० जना बढीलाई रोजगार प्रदान गरेको छ ।
यसैबीच हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी लिमिटेडले १२औँ वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्ति तथा संस्था सम्मान गरेको छ । संस्थाको बिहीबार तुलसीपुरमा भएको १२औँ वार्षिकोत्सव कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो ।
संस्थाले जेष्ठ नागरिक तुलसीराम भण्डारी, उत्कृष्ट बचतकर्तामा रुपा भण्डारी, उत्कृष्ट ऋणीतर्फ तेजेन्द्र खनाल, बाल बचतमा संकल्प निरौलालगायत विभिन्न व्यक्ति, विज्ञापनदाता, कर्मचारी, श्रोता लगायतलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here