- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरपरिचयात्मक कार्यक्रम

परिचयात्मक कार्यक्रम

- Advertisement -spot_img

घोराही, १४ भदौ । सामुदायिक प्रहरी सेवा केन्द्र दाङले प्रहरी उपरीक्षक कृष्णहरि शर्मा पोखरेलसँग परिचयात्मक कार्यक्रम गरेको छ । केन्द्रले बुधबार एक कार्यक्रमको आयोजना हालै जिल्ला प्रहरी कार्यालय दाङमा प्रमुख भएर आएका प्रहरी उपरीक्षक शर्मासँग परिचयात्मक एवं स्वागत कार्यक्रम गरेको हो । केन्द्रका अध्यक्ष विष्णुप्रसाद पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरिक्षक शर्माले समुदायसँगको समन्वयमा सामुदायिक प्रहरी सेवा केन्द्र दाङले गरेका कार्यहरु उत्कृष्ट भएको बताए । जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा केन्द्रले जिल्लामा केही नमूना कार्यहरु पनि गरेको आफूलाई जानकारी भएको भन्दै उनले आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्ने बताए । कार्यक्रममा केन्द्रका सल्लाहकार भूपेन्द्र सुवेदीले दाङमा सामुदायिक प्रहरी सेवा केन्द्रको स्थापनादेखि हालसम्म भएका महत्वपूर्ण कार्यहरुबारे जानकारी गराएका थिए । साथै उनले केन्द्रका समस्याका बारेमा पनि प्रष्ट पारेका थिए । उनले सामुदायिक प्रहरी सेवा केन्द्रको भवनका लागि पहल गरिदिन एसपी शर्मालाई अनुरोध पनि गरे । कार्यक्रममा सल्लाहकारहरु कुमारराज श्रेष्ठ, अमृत रावत, निशान्त आचार्य, दिपक शर्मा, उपाध्यक्षक कृष्णा राना, सहसचिव कुलबहादुर घर्ती, कोषाध्यक्ष कैलाश रोका मगर, सदस्यहरु हुमा डिसी, दीर्घनाराण पाण्डे, लक्ष्मी जोशीलगायतले पनि आफ्नो भनाइ व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण केन्द्रका सचिव आरके शितलले गरेका थिए । यसैगरी केन्द्रले बुधबार नै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक मदनबहादुर कुँवरलाई पनि स्वागत गरेको छ । त्यस अवसरमा परिचयामक कार्यक्रम पनि भएको थियो । ट्राफिक सचेतनाका विषयमा सहकार्य गरेर सचेतनामूलक कार्यक्रम गर्ने विषयमा पनि छलफल भएको केन्द्रका सचिव आरके शितलले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here