परिक्षण शुल्कमा राजमोको ध्यानाकर्षण

breaking-news फिचर राजनीति समाज

दाङ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय तहहरु बीच भएको कोरोना परिक्षण शुल्कको विषयमा राष्ट्रिय जनमोर्चा दाङले ध्यानाकर्षण भएको जनाएको छ ।
स्थानीय तह र प्रतिष्ठानको विवाद समझदारी मार्फत समाधान गर्न आग्रह गरेको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा भएको सम्पूर्ण खर्च र त्यसको राम्रो ब्यबस्थापनको लागि आबश्यक उपकरण र बजेटको ब्यबस्था गर्न केन्द्र सरकारसंग अनुरोध पनि राजमोले गरेको छ । जिल्ला अध्यक्ष गणेश आचार्यले आइतवार विज्ञप्ती जारी गर्दे यी विषयमा ध्यानाकर्षण भएको जनाएका हुन । यस्तो विषय संचार माध्यम र नागरिकले समेत थाहा नपाउने गरेर मिलाउनु पर्ने हो । यो विषयमा प्रतिष्ठान र स्थानीय सरकार गम्भीर बनेको देखीएन जारी विज्ञप्तीमा भनिएको छ ।
‘केही दिन यता जिल्लामा कोरोना भाइरस परिक्षणमा रु ५५०० पैसा लाग्ने भन्ने कुरा प्रती पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तीमा भनिएको छ, सरकार भाइरसको परिक्षण र उपचार निशुल्क गर्ने बताइरहेको छ, यसैको नाममा राज्यको ठूलो धनराशी खर्च भएको छ । शुल्कको कुराले नागरिकलाई जिल्लामा त्रसित पार्नु भएन । एकातर्फ क्वारेन्टाइन र आइसोलेसनको राम्रो ब्यबस्थापन नगरेका कारण नागरिकमा धेरै गुनासाहरु आइरहेका छ्न विज्ञप्तीमा भनिएक छ, क्यारेन्टाईको समेत सहति व्यवस्थापन गर्न र सुरक्षित बनाउन आग्रह गर्दछौ । संक्रमण समुदायसम्म पुग्ने अबस्था सिर्जना भएको भन्दै यसमा गम्भीर हुन आग्रह गर्दै , यो बिषयमा सरकार गम्भीर नभएको आरोप विज्ञप्ती लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *