- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeविचारपरम्परा र संस्कार नभुलौं

परम्परा र संस्कार नभुलौं

- Advertisement -spot_img

नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका (तीज) आउन एकसाता मात्रै बाँकी हुँदा बजारमा चहलपहल बढिरहेको छ । ग्रामीणस्तरमा पनि तीजको रौनकताले छोइसकेको छ । संस्कृति र परम्परा राष्ट्रका सम्पत्ति हुन् ।
हरितालिका तीज पर्वलाई पनि निकै महत्वका साथ लिने गरिन्छ । अविवाहित हिन्दू नारीहरुले सुयोग्य पति पाउँ भनि र विवाहित नारीले श्रीमानको आयु लामो होस् भनेर तीज पर्वमा ब्रत बस्ने चलन छ । तीजको अघिल्लो दिन दर खाने परम्परा छ भने तीजको दिनमा नाचगान गरेर धुमधामका साथ तीज पर्व मनाउने गरिन्छ ।
तर पछिल्लो समय तीज पर्व पनि अलि भड्किलो बन्दै गएको हो की ? भन्ने विभिन्न क्रियाकलापले देखाउने गरेको छ । एक महिना अघिबाट दर खाने, विभिन्न किसिमका गहना प्रदर्शन गर्ने, ठूला–ठूला आवाजमा गीत बजाएर नाच्ने आदि गतिविधिहरु तीज पर्वमा पछिल्लो समय देखिन थालेपछि यो पर्वको महत्व घटेर जाने हो की ? भन्ने चिन्तन गर्न थालिएको छ ।
पर्व नयाँ पुस्तामा हस्तान्तरण हुँदै गर्दा पुराना कला, संस्कृति लोप भएर जाने हो भन्ने कुरा चिन्तन, मननको विषय बनेको छ । त्यतिमात्र नभई पछिल्लो समय तीजका गीतमा समावेश गरिने शब्दले पनि समाजलाई नकारात्मक दिशातर्फ लैजाने हो की भनेर चिन्ता व्यक्त गर्न थालिएको छ ।
रितिरिवाज र परम्परा देखावटी शैलीमा भन्दा पनि आफ्नो क्षमता अनुसार मनाउनुपर्छ । तर त्यसो हुन नसक्दा हाम्रा चाडपर्व विकृत बन्दै गएका छन् । तीजलाई कसरी हामीले पछिल्लो पुस्तालाई हस्तान्तरण गर्दैछौं त ? पर्वलाई तडकभडकभन्दा पनि संस्कारयुक्त कसरी बनाउने ? आदि विषयलाई आजको राउण्ड टेबलको यो अंकमा छलफल र बहसको विषय बनाएका छौं । 


शारदा खड्का
सामाजिक अभियान्ता

तीज पर्व भन्नासाथ हामी चेली माइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन् । दूग्धजन्य परिकार सेवन गर्छन् । उपवास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् ।
चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । तीज पर्वको अर्को सुन्दर पक्ष भनेको सामाजिक पक्ष अर्थात् सामाजिक महत्व मान्न सकिन्छ । यसबेलाको समय उसबेलाको समाजमा पुरुषहरु कामका शिलशिलामा घर बाहिर जाने परदेश जाने, जहाँ निष्ठा, त्याग अनुशासन र एकाग्रतासमेत भङ्ग हुनसक्ने तमाम बाह्य परिस्थितिका कारण धर्म, संस्कार,
संस्कृतिको रक्षा गर्नसक्ने पुरुषलाई विश्वासिलो र भरपर्दो मान्न नसक्ने परिस्थिति देखापर्न सक्ने भएकाले अटल विश्वास आस्था र अनुशासनका प्रतिमूर्ति रहेका नारीहरुकै अगुवाइमा गरिने पूजाआजा, ज्ञान, ध्यान, जपतपले मात्र यी सबको रक्षा हुने मान्यता र विश्वासका आधारमा पूजाआजा गर्ने, धर्म संस्कृतिको रक्षा गर्ने, घरपरिवार, समाजलाई जोड्ने दायित्व महिलाहरुमा आएको मानिन्छ ।
जन्म घरपछि कर्म घरमा आएका महिलाका सबैभन्दा विश्वासिला, सबैभन्दा नजिक र सबैभन्दा प्रिय लाग्ने भनेको उनको श्रीमान अर्थात उनको जीवन साथी मानिन्छ । यो धु्रवसत्य पनि हो ।
पुरुषहरुले धर्म, संस्कृतिको रक्षा गर्दै समाजलाई जोड्न सक्ने सामथ्र्य उतिबेलाको समाजले नदेखेपछि यसको सम्पूर्ण अभिभारा महिलाहरुलाई दिए अनि यसको रक्षा गर्ने जुक्ति फेरि पुरुषहरुले नै लगाए त्यो पनि कसरी भने जन्म घर छोडी कर्म घर आएकी महिलाहरुलाई पतिको राम्रो होस् भनी पूजाआजा गर्ने, ब्रत बस्ने, जपतप गर्ने कुरा ।
यसरी यो पुरुष अर्थात् पतिसँग जोडिएको मानिन्छ । तर यसको मूलमर्म भनेकै महिलामा भएको गुण, महिलामा भएको आस्था, विश्वास र अनुशासन जसले धर्म, संस्कृति र समाजलाई जोड्दै यसलाई पुस्तौपुस्तासम्म लग्न सहज होस् भन्ने नै हो ।
त्यसकारण यसलाई पतिकै लागि महादेवको पूजा गर्ने भन्ने कुराबाट मात्र बुझ्नु गलत हुन जानेछ । माथि भने जस्तै निष्ठा, त्याग अनुसासन विश्वास जोसँग छ, ऊ सबैले पूजा गर्न हुन्छ भन्नु बुझ्न जरुरी छ ।
तर त्यतिबेला अराजकतत्व, धार्मिक विखण्डनकारी र पश्चिमाहरुले हाम्रो सिङ्गो समाज भाँड्नका लागि राम्रो पति पाउन, पतिको राम्रो होस्, दीर्घ आयु होस् भनेर महिलाले पूजा गर्ने, ब्रत बस्ने भन्ने कुरालाई गतल अपव्याख्या गर्दै हाम्रो धर्म,
संस्कृतिमाथि नै हामीद्वारा विरोध गर्न लगाई यसका विरुद्धमा नारी र पुरुषबीचको विभेद भन्दै महिला र पुरुषबीचमा द्वन्द्व सिर्जना गरे जसको परिणाम आज हाम्रो चाडपर्व, धर्म, संस्कृतिसँगै हाम्रो मूल्य, मान्यता नै हराउँदै जान थालेको पाइन्छ । भूमिका फराकिलो छ र दर खाने तौरतरिका पनि फराकिलो भएको छ ।
महिलाहरु अहिले अरुमाथि आश्रित छैनन् आफै कमाउन सक्ने देश चलाउन सक्ने आवश्यकता र औचित्यका आधारमा पैसा खर्च गर्ने सामथ्र्य राख्दछन् त्यसैले घरमा दर खाने हिजोकोे चलन केही विकसित भएको छ । टोल छिमेक कार्यालय सबैसँग जोडिदै महिलाले एकैदिन अर्थात् तीजको अघिल्लो दिन दर खाने कुरा अहिलेको समाजमा सम्भव छैन ।
समयको माग र बदलिदो समयले संस्कृतिमा ल्याएको नयाँपनको रुपमा समाजले स्वीकार्न जरुरी छ । यसैगरी तीजमा महिलाहरुले लगाउने गरगहना र सारी चोलीको विषयलाई पनि यदाकदा तडकभडक र विकृतिका रुपमा लिने समाजको एकथरि वर्गको सोच पनि छ ।
वास्तवमा हामीले बुझ्नुपर्ने कुरा के जस्तो लाग्छ भने चाडपर्व भनेकै राम्रो लगाउने मीठो खाने हो त्यो पनि आफ्नो क्षमता र आर्थिक अवस्थाले धानेसम्मको अर्थात् ‘घाँटी हेरेर हाड निल्ने’ भन्ने हाम्रो उखान पनि छ । त्यसैगरी गर्नु स्वभाविक हो ।
कसैको सामाथ्र्य र क्षमताले पुग्छ र उसले आफ्नो औकात अनुसारको गरगहना, लवाईखुवाई गर्छ भने त्यसलाई हामीले तडकभडकको पगरी नगुथौ र नहुनेले भए नभई त्यसो पनि नगरौँ  । चाडपर्वलाई थोरै खर्च एकसरो लाएर पनि रमाइलो गरी मनाउन सकिन्छ । नपुगी नसकी ऋणको भारी बोक्ने गरी मनाउनेतर्फ हामी नलागाँै र हुनेहरु पुग्नेहरुले लगाएको विरोध पनि नगरौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here