पद्मोदयको भवन शिलान्यास

समाज

घोराही, ११ चैत । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयले झण्डै एक करोड रुपैयाँको लागतमा भवन बनाउन थालेको छ । नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विद्यालयका रुपमा छनोट गर्दै प्रदान गरेको १ करोड ९४ लाख रुपैयाँमध्ये ९९ लाख ९९ हजार रुपैयाँको लागतमा ८ कोठाको दुईतले भवन निर्माण बनाउन थालेको हो ।
बन्न लागेको भवनको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शिलान्यास गरेका छन् । सरकारले छनोट गरेको नमुना विद्यालयका लागि प्राप्त उक्त रकममध्ये ६५ प्रतिशत भौतिक निर्माण, २५ प्रतिशत शैक्षिक उन्नति र १० प्रतिशत व्यवस्थापकीय क्षेत्रमा खर्च गरिने विद्यालयका प्राचार्य डा. कृष्णराज डिसीले जानकारी दिए ।
भवनको शिलान्यास गर्दै नगर प्रमुख चौधरीले भवन बलियो र निर्धारित समयमै बनाई सक्न आग्रह गरे । विद्यालयले निर्माण समिति गठन गरेर चालु आर्थिक बर्षमै निर्माण सक्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र घर्तीले जानकारी दिए ।
यसैविच घोराही उपमहानगरपालिकाले पद्मोदय विद्यालयको संरक्षण तथा विकासका लागि ६९ करोडको गुरुयोजनासमेत तयार पारेको छ । पद्मोदयमा अहिले मन्टेश्वरीदेखि कक्षा १२ सँगै विभिन्न प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ भने साढे ५ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *