घोराही, ३० मंसिर । नेपाल पत्रकार महासंघ दाङले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा पत्रकार, सञ्चार माध्यम र अक्षयकोष दातालाई सम्मान एवं पुरस्कार प्रदान गर्ने भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको पुरस्कार छनौट समितिको घोराहीमा बसेको बैठकले विभिन्न सञ्चार माध्यममा कार्यरत १८ जना पत्रकार, तीनवटा सञ्चारमाध्यम र दुईजना अक्षयकोष दातालाई पुरस्कार र सम्मान वितरण गर्न लागेको हो ।
छनौट समितिका संयोजक सविन प्रियासनको अध्यक्षतामा बसेको बैठकले यस वर्ष प्रतिभा पुरस्कारबाट पत्रकार सुलोचना गौतमलाई पुरस्कृत गर्न लागेको छ । यसैगरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार शिवु खनाल, महिला सिर्जनशील पत्रकारिता पुरस्कारबाट निरला अर्याल, प्रोत्साहन पुरस्कारबाट अमृता भुसाल र आशिष सुनिल पोख्रेल पुरस्कृत हुने महासंघले जनाएको छ ।
यसैगरी रोशन स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सुनिल पोख्रेल, पण्डित लिलाकान्त महरहठ्ठा पत्रकारिता पुरस्कारबाट छवि पुरी, विष्णु भूपेन्द्रेश्वर श्रेष्ठ पत्रकारिता पुरस्कारबाट केदार खत्री, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कारबाट अमर क्षितिज भण्डारी, ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कारबाट ऋषि यादव, जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कारबाट चेतन रेग्मी,
चिन्तामणि जमुना पोख्रेल स्मृति पत्रकारिता पुरस्कारबाट विष्णु अधिकारी, लोककुमारी स्मृति पत्रकारिता पुरस्कारबाट उदिराम चौधरी, दुर्गा टिका स्मृति पत्रकारिता पुरस्कारबाट निराजन डाँगी, शालिकराम सामाजिक सेवा पत्रकारिता पुरस्कारबाट प्रदीप पाण्डे, पार्वती स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट लक्ष्मण बस्नेत, अकि टुकादेवी स्मृति पत्रकारिता पुरस्कारबाट गणेश आचार्य, नदिन स्मृति पत्रकारिता पुरस्कारबाट एकराज भण्डारीलाई पुरस्कृत गर्न लागिएको छ ।
पत्रकार महासंघले यस वर्ष स्थापना दिवसका सन्दर्भमा राप्ती समाचार दैनिक, देउखुरी एफएम र दाङ खबर अनलाईन र पुरस्कार अक्ष्यकोष दाताहरू शारदा शर्मा र होताराम अधिकारीलाई विशेष सम्मान गर्न लागेको सचिव भूपेन्द्र प्रकाश वलीले जानकारी दिएका छन् ।
पत्रकार महासंघ दाङले स्थापना दिवसको सन्दर्भमा पुस १ देखि ४ गतेसम्म विविध कार्यक्रमहरूसमेत गर्ने भएको छ । पुस १ गते घोराहीमा रक्तदान, २ गते लमहीमा जनप्रतिनिधिहरूसँग मैत्रीपूर्ण क्रिकेट, ३ गते तुलसीपुरमा निशुःल्क आँखा शिविर र ४ गते घोराहीमा पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने महासंघले जनाएको छ