- Advertisement -spot_img
Monday, April 19, 2021
Homeमुख्य खबरपत्रकार आन्दोलित

पत्रकार आन्दोलित

- Advertisement -spot_img

घोराही, ६ बैशाख । समाचार लेखेकै भरमा पत्रकारहरु पक्राउ पर्ने क्रम बढेको भन्दै प्रेस स्वतन्त्रताको ग्यारेण्टीको मागसहित दाङलगायत देशभरका पत्रकारहरु आन्दोलित भएका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आह्वानमा बिहीबार दाङसहित देशभरका शाखाहरुले जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिएर पोखराका पत्रकार अर्जुज गिरीको रिहाई र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने नीतिको खोरेज गर्न माग गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय दाङमा बिहान साढे ९ देखि साढे १० बजेसम्म धर्ना दिदै पत्रकारहरुले ताण्डव अनलाइनका प्रकाशक सम्पादक गिरीलाई समाचार लेखेकै भरमा पक्राउ गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको भन्दै सरकारलाई प्रेसप्रति निरंकुश नबन्न सुझाव दिएका छन् ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका कार्यबाहक अध्यक्ष लिला शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम, प्रेस स्वतन्त्रता सेनानी एवं रेडियो मध्यपश्चिमका अध्यक्ष सुशील गौतमले सञ्चार माध्यम र पत्रकारलाई विद्युतीय कारोबार ऐन लगाउन नहुने बताए ।
लेखेकै र सञ्चार माध्यममा बोलेकै भरमा पत्रकारप्रति सरकार निरंकुश बन्न आवश्यक नरहेको भन्दै सञ्चार जगतले गलत प्रवृत्तिको भण्डाफोर गर्दा सरकारलाई नै फाइदा पुग्ने उल्लेख गरे ।
साथै पत्रकारहरुलाई आचारसंहिताभन्दा बाहिर नजानसमेत सुझाव दिए । पत्रकारको हत्या, पक्राउ, अपहरण, कुटपिट, धम्कीजस्ता कार्य रोकिन नसक्नुप्रति राज्य सञ्चार क्षेत्रप्रति संवेदनशील हुन नसकेको स्पष्ट भएको भन्दै यो प्रवृत्तिलाई रोक्न आग्रह गरे ।
साथै पत्रकारहरुले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ तत्काल खारेज गर्नसमेत माग गरेका छन् । केही दिन पहिले पोखराका पत्रकार गिरीलाई ठगीको समाचार लेखेको भरमा प्रहरीले पक्राउ गरेको थियो भने बिहीबार साधारण तारेखमा रिहा गरेको छ ।
साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौँ जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले तारेखमा रिहा गर्ने आदेश दिएको हो । ठगीसम्बन्धी समाचार लेख्दा विपेन्द्रराज बतासले दिएको जाहेरीमा गिरी पक्राउ परेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here