Thursday, April 18, 2024
Homeफिचरपत्रकारमाथि प्रहरीको दुव्र्यवहार

पत्रकारमाथि प्रहरीको दुव्र्यवहार

- Advertisement -spot_img

लमही, ९ पुस । गोरु तस्करी भैरहेको सूचनाको आधारमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि प्रहरीले दुव्र्यवहार गरेको छ । राप्ती गाउँपालिका वडा नं. ५ लठ्हवामा आइतबार दिँउसो ट्रकमा गोरु राखेर निकासी भैरहेको सूचनाका आधारमा समाचार संकलनमा पुगेका प्रदेश टुडे दैनिकका पत्रकार प्रिया स्मृती गजमेर, रेडियो देउखुरीका स्टेशन म्यानेजर शिवराज खनाल र गणतन्त्र दैनिकका पत्रकार शिवु खनाललाई ईलाका प्रहरी कार्यालय भालुवाङको प्रहरीले दुव्र्यवहार गरेको समाचार संकलनमा पुगेका पत्रकारहरुले बताएका छन् ।
ट्रकमा लोड गरिराखेका गोरुहरुको फोटो खिच्ने क्रममा प्रहरीले आफूहरुको मोवाइल खोसेर भिडियो र फोटोसमेत डिलिट गरेको पत्रकार शिवराज खनालले बताए । खनालले प्रहरी निरिक्षकले नै आफूलाई २० मिनेट नियन्त्रणमा लिई हातपातसमेत गरेको बताए । उनले आफूले खिचेको तस्करीको फोटो र भिडियोसमेत डिलिट गर्न पठाई छोडेको बताए ।
ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रविन्द्रराज पाण्डेले भने ट्रकको बाटो क्लियर पारेको तर पत्रकारमाथि कुनै दुव्र्यवहार नगरेको दाबी गरेका छन् । उनले बरु समाचार संकलनमा सहयोग पु¥याएको प्रतिकृया दिए । ट्रकमा गोरु राखेर निकासी गरेको भन्दै स्थानीय नागरिकहरुले अवरोध गर्न खोजेपछि प्रहरीले ट्रकहरुलाई अघि बढाउन खोज्दा केही समस्या भएको तर प्रहरीले कुनै किसिमको दुव्र्यवहार नगरेको पाण्डेले बताए । उनले पहिले सर्वसाधारण भनेर मोवाइल खोसी भिडियोसमेत डिलिट गरेको र पछि पत्रकार भएको थाहा पाएपछि मोबाइल फिर्ता गरेको बताए । राप्ती गाउँपालिका वडा नं. ५ लठ्हवामा हिन्दू जागरण नेपालका कार्यकर्ता, स्थानीय बासिन्दाले गोरु लोड गरिएका ट्रकलाई अघि बढ्न नदिएर रोकेका थिए । प्रहरीले अवरोध हटाएर ट्रक अघि बढाउन खोज्दा स्थानीयसँग भएको धरपकडमा प्रहरीले पत्रकारहरुमाथि दुब्र्यवहार गरेको स्थानीयहरुले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here