- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरपचास बढी चियाको स्वाद एकै ठाउँमा

पचास बढी चियाको स्वाद एकै ठाउँमा

- Advertisement -spot_img

दाङ, २ मंसिर । दाङको बजारमा पनि अब नयाँ प्रकारको व्यापार व्यवसाय सुरू भएको छ । बदलियो समय र मागमा आधारित भएर दाङको बजारमा सञ्चालन हुने थालेका व्यवसायले जिल्लाको विकासमा टेवा पु¥याएको संकेत गरेको छ ।
यसैक्रममा चियाका पारखीहरूलाई केन्द्रमा राखेर चिया पसल सञ्चालन हुन थालेको छ । सामान्य लगानी र सामान्य व्यवस्थापनभन्दा माथि उठेर ठूलै लगानीमा व्यवस्थित रूपमा चिया पसल सञ्चालन भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १५ काठेकोहल चौकमा किट्ली टि–टाउनमा अब ५० भन्दा बढी चिया पिउन पाइने भएको छ । स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारमा चर्चित मानिएका चियाहरू अब एउटै ठाउँमा पाईने गरी किट्ली टि–टाउन सञ्चालनमा ल्याएको अनु क्षेत्रीले बताइन् ।
‘संसारमा पेय पदार्थहरूमध्ये पानी पछि सबैभन्दा बढी चिया पिउने गरेको अध्ययनले देखाएको छ’ सञ्चालक क्षेत्रीले भनिन्, ‘नेपालमा पनि लामो समयदेखि चिया खाने प्रचलन सुरू भएको छ, र अहिले चिया मानिसको जीवनको अभिन्न अंगको रूपमा हेर्न थालिएको छ ।’ नेपालका विभिन्न स्थानमा पाइने चिया र अन्तर्राष्ट्रिय बजारमा पाइने चियाहरू अब किट्ली टि–टाउनमा पाउन सकिने उनले बताइन् ।
करिव १० लाख रूपैयाँको लगानीमा सञ्चालन गरिएको किट्ली टि–टाउनमा स्थानीय चियाहरू समेत पाईने उनले बताइन् । गाउँघरमा पाइने विभिन्न जडिबुटीका चियाहरूेखि दाङमा पाइने सामान्य चिया र नेपालका विभिन्न स्थानमा पाइने चियाहरूसमेत किट्ली टि–टाउनमा बिक्री वितरण हुने अर्की सञ्चालिका हिमानी डिसीले बताए ।
‘दाङमा अहिलेसम्म सामान्य रूपमा मात्रै चिया पिउने गरेको पाईन्छ, अहिले चियासँग मानिसको स्वास्थ्य र प्रतिष्ठासमेत जोडेर हेर्ने गरिएको छ ।’ उनले भनिन् ‘एउटै पसलमा ५० भन्दा बढी प्रकारका चियाहरू पाउने ठाउँ बनेको छ, शरीरको स्वास्थ्यलाई ख्याल गरेर चिया पिलाउने वातावरण बनाएका छौँ ।’
चिया मानव शरीरको लागि फाइदाजनक पेय पदार्थ हो । तर प्रायः मानिसहरूले चियाले पेटलाई समस्या गर्छ भन्ने तरिकाले बुझ्ने गरेको उनको भनाइ छ । ‘चिया भनेको मान्छेको मुड अनुसार खाने कुरा हो । चिया खानका लागि मात्र खानेकुरा होइन, यसले शरीरलाई ताजापन दिन्छ, स्फूर्ति बढाउँछ ।’
सञ्चालक क्षेत्रीले भनिन् ‘चियाले सम्बन्ध बढाउनेदेखि सिर्जनशीलता समेत बढाउने गरेको अध्ययनले देखाउँछ, हामीलाई थाहा छ, अक्सर गहिरो अध्ययन गर्ने, लेख्नेहरूले चिया बढी खाने गर्छन् ।’ जिल्लाको विकासमा एउटा सानो गति दिनको लागि समेत फरकखालको व्यवसाय सञ्चालन गरेको क्षत्रीको भनाइ छ ।
‘जिल्लामा पहिलो–पहिलो भएका कारण सञ्चालनमा समस्या हुन्छ भन्ने बुझाई पनि छ तर त्यसो हैन, एकै ठाउँमा ५० बढी चियाहरू पाउने ठाउँ सबैको आकर्षणको केन्द्र बन्छ भन्ने आशा छ ।’ किट्ली टि–टाउनको आज सोमबार उद्घाटन हुने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here