- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरपक्राउ परेका विप्लव कार्यकर्ता रिहा

पक्राउ परेका विप्लव कार्यकर्ता रिहा

- Advertisement -spot_img

रोल्पा, २६ असार । रोल्पाको लिवाङबाट असार ३ गते पक्राउ परेका नेकपा विप्लव समूहका सक्रिय कार्यकर्ता देउराम सुनार ‘गद्दाफी’ बिहीबार रिहा भएका छन् ।
सुनिल स्मृति गाउँपालिका–६ गजुल स्थायी घर हाल रोल्पा नगरपालिका–४ लिवाङ बजारस्थित चिया पसल गरी बस्ने ५३ बर्षीय सुनारलाई जिल्ला प्रशासन कार्यालय रोल्पामार्फत ३ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
उनलाई ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्वको कसुर’अन्तर्गत मुद्दा चलाई कारबाही गरिएको थियो । यसैबीच सुनारले रिहा भएलगत्तै एक प्रेस विज्ञप्ति जारी गरी आफू विगतमा कुनै गैर कानुनी क्रियाकलापमा नलागेको बताउँदै अबदेखि कुनैपनि पार्टीमा नलागी स्वन्त्रतापूर्वक जीनयापन गर्ने विज्ञप्तिमार्फत घोषणा गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here