पक्राउमा इसाई समाजको विरोध

मुख्य खबर

घोराही, १३ बैशाख । बिना कारण आफ्ना समुदायका सहकर्मीहरु पक्राउ परेको भन्दै दाङ इसाई समुदायले असन्तुष्टि जनाएको छ । इसाई समुदायले बुधबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुको समुदायका विदेशी पाहुनासहित तीन नेपालीलाई दाङ प्रहरीले झुटो आरोप लगाएर पक्राउ गरेको भन्दै विरोध गरेको हो ।
दाङ इसाई समुदायका अध्यक्ष नरेन्द्र बरालले सबैले आ–आफ्नो धर्मको प्रचार गर्न पाउने, धर्म मान्न पाउने, आफ्नो धर्मको विषयमा छलफल गर्न पाउने अधिकारलाई हनन् गर्दै प्रहरीले आफूहरु माथि अन्याय, पूर्वाग्राहीभावले पक्राउ गरेको बताए ।
मंगलबार ख्रिष्ट्रियन धर्मको प्रचार गर्नको लागि बाईबल, नगदसहितको खाम, औषधी लगायतका साम्रग्रीहरु बरामद गरेको थियो ।
प्रहरी दुई विदेशी नागरिकसँगै चारजनालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयले नेपाल ख्रिष्ट्रियनका महासचिव डिल्लीराम पौडेल, भारतीय नागरिक गौरव श्रीवास्तव, अमेरिकी नागरिक लिएन्ना सिन्क्वाटा, कुन्साङ तामाङ र सवारी चालक प्रमोद काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मुलुकी अपराध संहिता ऐन दफा १५८ धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाएको छ । अमेरिकी नागरिक लिएन्ना सिन्कवाटालाई भिसा रद्ध गरेर उनको देशमा फर्काउनको लागि जिल्ला प्रहरी कार्यालय दाङले पत्र समेत पठाईसकेको छ भने अन्यको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *