- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeविचार‘प’को पछि परेर पछुतोमा परियो

‘प’को पछि परेर पछुतोमा परियो

- Advertisement -spot_img

हामी पछि लागेका, हामी पछि परेका, हाम्रा मोहमा परेका र हाम्रा आकर्षकका केन्द्रविन्दुमा परेका ‘प’हरु यसप्रकार छन्ः–

(१) पति (मालिक)

हामी सबैको पति नै बन्ने कुराको पछि लाग्यौं । चाहे धन सम्पत्ति होस् । चाहे जग्गा, जमिन होस् । चाहे संघसंस्था होस् । चाहे पशु चौपाया होस् । चाहे महिला पुरुष होस् ।
जे सुकै र जुन सुकैको पनि पतिका स्थानमा रहने र त्यसको मालिकको स्थानमा भूमिका निर्वाह गर्ने मोह जागी नै रह्यो र चाहना लागि नै रह्यो । हामी हर प्रयास गरेर कोही कसैको मालिक बन्न सकेनौं भने पनि अरु कोही कसैलाई मालिकका रुपमा स्वीकारेर भए पनि मालिकको सेवा र चाकडी गरेर आफ्नो स्तर मालिककै रुपमा स्थापित गर्ने जमर्कोमा लाग्यौं । यो पति मोह हाम्रा लागि परमप्रिय नै रह्यो र हुन गयो ।

(२) पत्नी (स्त्री)

यसैगरी हाम्रो दोस्रो मोहको कुरा गर्दा पत्नी नै भयो । विवाह गरेका लागि पत्नीलाई खुशी पार्नु, सन्तुष्टीमा राख्नु, पत्नीको चाहनाबमोजिमको कार्य गर्नु, पत्नीको आवश्यकना पूरा गर्नु, पत्नीलाई सुखी बनाउनु, पत्नीलाई सुन्दरी बनाउनु, पत्नी प्रिय स्वामी बन्नु, असल तरिकाले पत्नीको पालनपोषण गर्नु, पत्नीको खुशीका लागि आफू जहाँ जसरी पनि झुक्न र भुक्न तयार हुनु हाम्रा लागि बाध्यता र कर भए तापनि रहर नै बनेर आयो ।
यदि अविवाहित व्यक्ति छ भने हर तरहले राम्री, सुशील, योग्य, सुन्दरी, शीलवती महिला, नारी वा स्त्रीलाई पत्नीका रुपमा प्राप्त गर्ने अनेकौं उपाय र प्रयासहरु प्रयोगमा आउने र ल्याउने कसरतमा लागियो । नारीरुपी पत्नी वा स्त्रीको साथमा खेल्नु, रमाउनु र जीवन बिताउनु हाम्रो दोस्रो मोह भयो ।

(३) पुत्र (छोरो)

यसपछि हामी जाग्ने अर्को मोह भनेको पुत्रको हो । पुत्र जन्मिएको रहेछ भने हामीलाई उसको उचित लालनपालन, स्याहारसुसार, शिक्षादिक्षा तथा रहरका कुरा पूरा गर्ने हाम्रो पवित्र र परम धोको हुन्छ ।
छोराले मीठै खावस्, छोराले राम्रै लावस्, छोराले महंगो स्कुलमा पढोस्, छोरो ज्ञानी बनोस्, छोरा धनी पूज्य बनोस्, छोरा असल बनोस् र छोरा सर्वसम्पन्न बनोस् भन्ने इच्छा, चाहना र कामना हुन्छ । छोरो जन्मिएको छैन भने पुत्रलाभ तथा पुत्र प्राप्तिका लागि गर्नुपर्ने सबै विधि, कार्य र क्रियाकलापमा हामी भौतारिएकै हुन्छौं ।
राजा दशरथले पनि पुत्र लाका लागि पुत्रेष्टी यज्ञ गरेका थिए र राम, लक्ष्मण, भरत र शत्रुध्न जन्मिएका थिए भनिएको छ । राजासमेत पुत्रका पछि लाग्ने अवस्थामा सामान्य प्रजा तथा जनता त त्यस कार्यपछि नलाग्ने कुरै भएन । यसरी हुँदा वा नहुद्या पुत्रको पछि लाग्ने हाम्रा बाध्यता तथा कहर पनि रहरमा नै सीमित भएका छन् ।

(४) पुत्री (छोरी)

हामी छोरा अर्थात् पुत्र लाभ गरिसकेपछि फेरी पुत्रीको पनि इच्छा, चाहना र कामना गर्ने गर्छौ । विष्णुका रुपमा मानिने पुत्र र लक्ष्मीका रुपमा मानिने पुत्रीलाई प्राप्त गर्न एकपछि अर्को इच्छा जागृत हुन्छ ।
पहिले पुत्रलाभ भयो भने दोस्रोमा पुत्रीको चाहना गरिन्छ र पहिले पुत्री लाभ भयो भने दोस्रोमा पुत्र लाभको चाहना गरिन्छ । यसैगरी छोरी जन्मिएको रहेछ भने पनि उसको लालनपालन र उचित शिक्षादीक्षामा ठूलो खटनपटन हुने गर्छ भने जन्मिएको रहेनछ भने पनि जन्माउनको लागि अनेकौं विधि, नियम, क्रियाकलाप अपनाउने गरिन्छ ।

(५) पैसा (धन)

यसरी हामी अर्कोपछि लाग्ने कुरा हो पैसा भनिनछ । मानिस धन पैसाले कहिल्यौ अघाउँदैन । पैसाका लागि हामी अनेकौं क्रियाकलाप र गतिविधि गरिरहेका छौं । पैसा हाम्रो लागि पहिलो शक्तिशाली साधन बनेको ।
साधारण कर्म र धर्मको पालना गरेर पैसाको जोहो हुन सकेन र धन कमाउन सकिएन भने हामी असाधारण पाप कर्म गर्नसमेत पछि पर्दैनौं । यदि कुकर्म र अपराध गरेर धन पैसा ग्यारेन्टी हात पर्छ भने मानिस त्यसका लागि पनि तयार छ ।
किन भने धन पैसाविनाको जिन्दगी अधूरो र अपूरो हुने कुरा मानसपटलमा मूर्ति भएर बसिदियो । त्यसैले पनि यो धन पैसा जार्ने, कमाउने, आर्जन गर्ने र थुपार्ने कुरा सबैका लागि अति बाध्यता, कहर, रहर, चाहना, इच्छा, कामना सबै भएर आयो ।

(६) प्रतिष्ठा (सम्मान–इज्जत)

त्यसपछि मानिस आफ्नो प्रतिष्ठाको पछि पनि लाग्न छोडेको छैन । आफू जे जस्तो होस्, हरेकले आफ्नो सम्मान, इज्जत र प्रतिष्ठा चाहेकै हुन्छ । मानिस प्रतिष्ठाकै लागि प्रतिष्ठा गुमाउँदै छन् ।
तथापि थाहा छैन कि मेरो प्रतिष्ठा कसरी रहन्छ ? जसरी पनि इज्जतदार, सम्मानित र प्रतिष्ठित कसरी रहन्छ ? जसरी पनि इज्जतदार, सम्मानित र प्रतिष्ठित बन्ने चाहना र कामना मानिसका लागि दिनप्रतिदिन बढ्दै छ र सारा मानिस आफ्नो प्रतिष्ठा खोज्न र प्राप्त गर्न पछि लाग्दै छ र भौतारिदै छ ।

(७) पद (कुर्सी)

मानिस अझ पछि लागेका र झन पछि लागेको कुरा पद पनि हो । कुर्सी र पद मानिसका लागि यति प्यारो छ कि यति प्यारो छ कि ‘पाएपछि छोड्नै मान्दैन र छोडेपछि पनि नाता तोड्नै मान्दैन । कुर्सी र पद त्यागे पनि त्यसको सेवा सुविधा प्राप्त गरिरहने इच्छा गर्दछ ।
पद र कुसीले गर्दा मानिसले आफ्नो आचारण, संस्कार, धर्म, परम्परा, रितिरिवाज, मुल्य, मान्यता आदि इत्यादि सार कुरा भुलेर र गुमाएर भएपनि पद र कुर्सीका नजिक र समीपमा रहन चाहन्छ । पद प्राप्तिका हेतु ठूला–ठूला युद्ध, महायुद्धदेखि लिएर सामान्य जालझेल र षड्यन्त्रजस्ता कुरा हुने गरेको, देखेको, सुनेको र भोगेको कुरै हुन् । यतिबेला पदीय दायितव र पदीय जिम्मेवारीभन्दा पद लोलुप्ता तिब्र बढेर गएको छ ।

(८) प्रतिभा (कला–कौशल)

यतिबेला मानिस आफूमा भएको प्रतिभा चाहे त्यो जस्तोसुकै होस् त्यो देखाउन, पस्कन, प्रकाशन गर्न र प्रचारमा ल्याउन चाहन्छ । आफूले देखेको, जानेको, सिकेको, पढेको, भोगेको र इच्छा लागेका प्रतिभा जस्तोसुकै किन नहोस् मानिस त्यो सार्वजनिक गर्न चाहन्छ ।
यदि मानिसले आफ्नो प्रतिभा देखेर, हेरेर र सुनेर ताली पिट्ने र तारिफ गर्ने भए भने नाङ्गै किन नहोस् मानसि बन्न र बनिदिन तयार छ । आफूमा त्यो हिम्मत, जोश र जाँगर पलाउनु प¥यो जे गर्न पनि मानिस तयार छ ।
जे गर्दा भिड लाग्छ र जो बोल्दा र जे बन्दा ताली बज्छ त्यो नै उसका लागि असल हो । प्रतिभा, कला, गला र खुबी हुनुप¥यो । नाङ्गो र उदाङ्गोले कुनै फरक पार्दैन । किनभने प्रतिभा भनेको प्रतिभा हो । त्यसले जीवन जिउने आधार बनाएर प्रकृतिले यस धर्तीमा पठाएको छ । त्यसैले आज आफ्नो शक्ति र स्रोतका रुपमा आफ्नो प्रतिभाका पछि जानेर वा नजानेर मानिस पछि लागेको छ । कुदेको छ, भौतारिएको छ ।

(९) परिवार (नाता–कुटुम्ब)

मानिस जब आफ्नो लागि सम्पन्न हुन थाल्दछ । त्यसभन्दा पर उसले आफ्नो रगतले बनेको नाता, साइनोका व्यक्रि र शक्तिका पछि लाग्दछ । आफूले भनेर हुने, आफूले गरेर हुने र आफू लागेर हुने यदि कुनै स्थान र तह छन् भने त्यस बखत आफ्ना नाता–गोता र इष्टमित्रलाई नै खबर गर्दछ र सहयोग पु¥याउँछ । मानिस धेरै टाढा र धेरै पछि जान चाहन्न ।
सर्वप्रथम आफ्नै भलो र आफ्नै सम्पन्नता चाहन्छ । आफ्नो पूरा भएर बाहिर पोखिन थालेपछि ‘दूध पोखियो आफ्नै भागमा’ भनेजस्तै हुने गरी आफ्नैलाई आफ्नो शक्ति र पहुँचमा पु¥याउँदछ । यो मानिसको विशेषता भइसक्यो । यतिबेलाको परोपकार भनेको परिवारको उपकार, नातागोताको उपकार र नितान्त आफ्ना इष्टमित्रको उपकार भइसकेको छ ।


मानिस यो बेला अन्तिममा लाग्ने भनेको वा पछि लाग्ने भनेको पढाइ हो । हिजो पढिसकेपछि तपसिलका कुरा प्राप्त हुन्थ्यो । अब तपसीलका कुरा पूरा भएपछि मात्र श्रीमान् र श्रीमती सँगै पढ्ने । बाबु र छोराले सँगै पढ्ने । बाबु र छोरीले सँगै पढ्ने । नाति र बाजेले सँगै पढ्ने । नातिनी र बाजेले सँगै पढ्ने । नेता र जनताले सँगै पढ्ने । मन्त्री र प्रधानमन्त्रीले सँगै पढ्ने । पढाइ मर्ने बेलाको सहारा भने जस्तो भएको छ ।


(१०) पढाइ (विद्या)

मानिस यो बेला अन्तिममा लाग्ने भनेको वा पछि लाग्ने भनेको पढाइ हो । हिजो पढिसकेपछि तपसिलका कुरा प्राप्त हुन्थ्यो । अब तपसीलका कुरा पूरा भएपछि मात्र श्रीमान् र श्रीमती सँगै पढ्ने । बाबु र छोराले सँगै पढ्ने । बाबु र छोरीले सँगै पढ्ने । नाति र बाजेले सँगै पढ्ने । नातिनी र बाजेले सँगै पढ्ने । नेता र जनताले सँगै पढ्ने ।
मन्त्री र प्रधानमन्त्रीले सँगै पढ्ने । पढाइ मर्ने बेलाको सहारा भने जस्तो भएको छ । अन्तिममा हण्डर खाएर हो वा अन्तिममा थाहा पाएर हो वा अन्तिममा शैक्षिक हयिार चाहिएर हो सम्पूर्ण कुरा प्राप्तिपश्चात् मानिस पढ्न लागेको र सर्टिफिकेट प्राप्त गर्न लागेको कुरा देख्न, सुन्न र भोग्न पाइन्छ ।
जे होस् हामीले जति माथि चर्चा ग¥यौं सबै ‘प’का पछाडि लागेको कुरा पुष्टि ग¥यौं । यी यावत कुराहरु ‘प’को पछाडि लाग्दा र प्राप्त गर्दा मानिस अन्तिममा फस्ने भनेको नै त्यहीँ ‘प’ मा नै हो । अर्थात् हामी तपसीलका सम्पूर्ण कुरा प्राप्त गर्नका लागि जानेर र नजानेर अन्तिममा गर्ने भनेको नै यही हो ।

(११) पाप (अधर्म)

मानिस यी सबै कुराको पछि लाग्दा पाप गर्नु नै पर्ने भयो । मानिसले जब आफ्ना सारा इच्छाएका कुरा प्राप्त गर्नपर्ने भयो तब उसले आफ्नो आचरण, संस्कार, संस्कृति सबै कुरालाई त्याग्नै पर्ने भयो । यसरी पाप कर्मले प्राप्त गरेको सुख, ऐश्वर्य, वैभवता, सम्पन्नता त्यो अन्तिममा गएर पछुतो (पश्याताप) मा परिणत भयो ।

(१२) पछुतो (पश्चाताप)

यसरी ‘प’ को पछि लागेर पाप गर्दा हामीलाई पछुतो नै प्राप्त भयो । मानिसका जीवनमा जे जस्ता अवस्था र विवशता आइपरे तापनि वा देखापरे तापनि मानिस आफ्नो धर्म र संस्कारमा छ कि छैन ? भन्ने प्रश्नले ठूलो महङ्खत राख्दछ । यदि मानिस राजर्षो किन नहोस् ? त्यो समाज र राष्ट्रका लागि टिकाऊ र बिकाऊ छ कि छैन ? भन्ने कुरा नै सर्वसम्मत हो ।
अल्पकालीन मालिक हुनुभन्दा दीर्घकालिन नोकर नै हुन बेश । किन भने नोकरबाट मालिकमा जाँदा उचाई स्तर बढेर पदोन्नति भइन्छ भने मालिकबाट नोकरमा झर्दा पदक्षय, पदभ्रष्ट र पदनीच हुन पुग्दछ । त्यसैले जुन कुराले हामीलाई स्वर्गीय आनन्द दिन र जुन कुराले हामीलाई पाप कर्म गर्नबाट जोगाउँछ त्यहीँ कुरा र त्यहीँ काम गर्नुपर्दछ । हामी आफ्नो जीवन निर्वाहको लागि चाहिने र पुग्नेभन्दा बढी आशा र अभिलाषा राखेर कुनै काम नगरौं र नअङ्गालौं ।
हामी जे गछौं त्यो हाम्रो समाजमा टिकोस्, बिकोस्, चलोस्, फलोस् र फूलोस् । हामीलाई हाम्रै इच्छा, चाहना र कामनाले पापी नबनावस् र पाप कर्मतर्फ नधकेलोस् । सकिन्छ अरुको उपकार गरेरै आफ्नो कर्म गरौं । सकिन्न भने पनि अरुलाई चित्त दुखाएर र अरुलाई रुवाएर आफू हाँस्ने र नाच्ने प्रयास किमार्थ नगरौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here