- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरन सञ्चार, न उपचार

न सञ्चार, न उपचार

- Advertisement -spot_img

समस्यै समस्यामा जलुकेबासी …
जलुके (दाङ), १७ चैत । राज्यले सार्वजनिक गर्ने तथ्याङ्कमा दाङ सुगम जिल्ला हो । सुगम नै भनेर चिनिन्छ पनि । भौगोलिक हिसाबले केही ठाउँ दुर्गम भए पनि अधिकांश भूभाग समथर मैदान भएकाले पनि धेरैलाई लाग्छ दाङ प्राकृतिक हिसाबले पनि सुगम छ ।
तर दाङमै सञ्चार र उपचारमा नागरिकहरुलाई सास्ती हुन्छ भन्दा अचम्म पनि लाग्न सक्छ । जिल्लाका केही स्थानहरुका नागरिकले अहिले यो अवस्था भोगिरहेका छन् ।
तर जिल्लाकै यस्ता ठाउँ पनि छन् जहाँ न सञ्चारको सुविधा छ न त स्वास्थ्य सेवा सहजै पाउन सकिन्छ । बबई गाँउपालिका–५ जलुकेका स्थानीय यस्तै समस्यामा आफ्नो दैनिकी गुजार्न बाध्य भएका छन् ।
राज्यको संरचना फेरियो, नेतृत्व फेरिए तर हामीले न सञ्चारको सुविधा पाएका छौँ, न त स्वास्थ्य सेवा नै सहजरुपमा पाउन सकेका छौँ, स्थानीय हुकुमा भण्डारीले भनिन्, जे भए पनि हाम्रा दिन उनै हुन् ।
‘फोन गर्न प¥यो भने कि डाँडामा जानुपर्छ, कि त रुखको टुप्पोमा जानुपर्छ’ उनले भनिन्, ‘देशमा राज्य व्यवस्थामा परिवर्तन आएसँगै विकासका आशा पलाएका थिए, चुनावमा भोट माग्न आउने नेताहरु पनि विभिन्न किसिमका आश्वासन बाँडेका थिए’,
स्थानीय मानव भण्डारीले भने, ‘चुनाव भएको दुई वर्ष पूरा हुँदासमेत जलुकेमा कुनै विकास हुन सकेन्, नेताले आश्वासन पनि पूरा गरेनन् । विकासको नाममा सडक छ, त्यै सडकमा पनि ठूला–ठूला लोड बोकेका टिप्परले हामीलाई धुलो उपहार दिएका छन्’ उनले भने,
‘हाम्रै ठाउँको करोडौँको नदीजन्य पदार्थ गाउँपालिकाले बिक्री गर्छ तर जलुकेको सडकमा कालोपत्रेको कुरा त परै छोडौँ, ग्राभेलसमेत हुन सकेको छैन् ?’

राज्यको संरचना फेरियो, नेतृत्व फेरिए तर हामीले न सञ्चारको सुविधा पाएका छौँ, न त स्वास्थ्य सेवा नै सहजरुपमा पाउन सकेका छौँ, स्थानीय हुकुमा भण्डारीले भनिन्, जे भए पनि हाम्रा दिन उनै हुन् ।


केटाकेटी विद्यालय जाने बाटो त्यहि सडक भएकाले यसको बालबालिका विद्यालयबाट फर्कने बेलामा धुलोले चिन्नै नसकिने हुुन्छन्, जसले गर्दा स्वास्थ्यमा समेत नराम्रो असर परेको छ, खै हाम्रा समस्या कसले सुनिदिने हो ?
तपाईहरु आउनुभएको छ हामीलाई धेरै खुशी लागेको छ, हाम्रा समस्या नेताहरुलाई भनिदिनुहोला स्थानीय रमा भण्डारीले भनिन् । बिरामी भएपछि कि त हापुरे जानुपर्छ, कि त तुलसीपुर नै हो, हापुरे पुग्न नै दुई घण्टा लाग्छ, तुलसीपुरको पुग्न त दिनै लाग्छ, प्राथमिक स्वास्थ्य उपचार पाउन घण्टौँ हिड्नुपर्छ ।
करिब दुई सय घरधुरी संख्या रहेको जलुकेमा स्थानीय शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता आधारभूत आवश्यकता पाउन सकेका छैनन् । जिल्लाका अन्य ठाउँ विकासको गति तिब्र भईरहेको समयमा जलुकेका स्थानीय, शिक्षा, स्वास्थ्य तथा सञ्चार क्षेत्रबाट बञ्चित छन् भन्ने कुरा निकै लाजमर्दो विषय हो अर्का स्थानीय तारा भण्डारीले बताए ।
‘हामीहरुलाई वर्षामा बबई नदीको त्रास एकातिर छ, अर्कोतिर विभिन्न आधारभूत समस्यामा पिरोलिनु पर्दा निकै दुखद् विषय हो’ उनले भने ‘प्रशासनिक काम गर्न पनि निकै समस्या छन्, सडक सञ्जालमा भए पनि सडकको अवस्था निकै दुरावस्था हुँदा समस्या भोग्नुपरेको छ ।
स्थानीय सरकारले जलुकेको प्राकृतिक सम्पत्तिमाथि नजर लगाउन भ्याएको छ तर विकासको नजर पु¥याउन सकेको छैन् ।’ उनले भने ‘नयाँ संरचनापछि निकै आशा पलाएका थिए तर अब आशा निराशामा परिणत हुँदै गएका छन् ।’
नेतृत्वले हामीलाई चुनावका बेला मात्रै भोट बैंकको रुपमा प्रयोग गर्ने गरेको छ, तर चुनावपछि गरेका बाचा सबै भुल्ने गरेका छन् उनले भने । बबई गाउँपालिकाको सात वडामध्ये पाँच नम्बरको जलुकेमा सञ्चार, स्वास्थ्य, सडक लगायतका पूर्वाधार निर्माणमा तत्काल ध्यान दिन स्थानीयले स्थानीय सरकारलाई आग्रहसमेत गरेका छन् ।
स्थानीयले सडकको अवस्था निकै दुरावस्था भएको भन्दै तत्काल ग्राभेल नगरे आन्दोलनमा उत्रनेसमेत चेतावनी दिएका छन् ।
उनीहरुले गिट्टी बालुवाबाट बबई गाउँपालिकाले करोडौँको राजस्व संकलन गर्ने गरे पनि त्यै नदीजन्य पदार्थ ओसारपसार गर्ने बाटोको अवस्था बिग्रनु दुखद् भएको बताएका छन् ।
सडकमा ग्राभेल नहुँदा धुलोले गाउँका सबैलाई रोगी बनाएको समेत बताएका छन् । तपाईहरु एकदिन आउनुहुन्छ, तर हामीहरु सधैँ यहि बाटो ओहोरदोहोर गर्दा कति समस्या होला ?
धुलो झार्दै अर्का स्थानीय सीमा भण्डारीले बताइन् । सडकमा मापदण्डभन्दा बढी भारका टिप्पर सञ्चालन हुँदा सडक धुलाम्य अवस्थामा पुगेको भन्दै स्थानीयले समस्या समाधानमा गम्भीर बन्न नेतृत्वलाई आग्रहसमेत गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here