न त फोन, न त विद्युत

फिचर मुख्य खबर समाज

सल्यान, १२ मंसिर । सल्यानमा मोबाईल सेवा सुरु भएको एक दशक बिते पनि छत्रेश्वरी गाउँपालिकाअन्तर्गत साविकको कोर्वाङ्ग झिम्पेका वडा नम्बर ६, ७ र ८ का जनताले मोबाईल नेटवर्कको गुणस्तरीय सेवा नपाउँदा मर्कामा परेका छन् । त्यसो त सल्यान जिल्लाको अग्लो भेग भनेर चिनिने खर्सुबासलेक मुनिका जनता बर्षौ पहिलेदेखि नै सञ्चार सेवाबाट बञ्चित हुँदै आएका छन् । ती वडाहरुका कहिकतै डाँडाकाँडामा फोनले काम गरे पनि अधिकांश गाउँहरुमा फोन सेवाले काम गर्दैन । यसरी फोन सेवाले काम नगर्दा अग्लो डाँडाहरुमा गएर फोन गर्नुपर्ने बाध्यता रहेको स्थानीयहरुको भनाइ रहेको छ । स्थानीय बासिन्दाले आफैले फोन गरे लाग्ने र अन्यत्रबाट फोन गर्दा नलाग्ने समस्या भएपछि थप समस्यामा परेका छन् ।
केही बर्ष पहिला हेलो नेपालको नेटवर्कले काम गर्ने भएपनि हाल आएर त्यसले पनि काम नगरेको स्थानीय बताउँछन् । जिल्लाको उच्च भेग भनेर भनिए पनि न त यहाँ नेटवर्कले काम गर्छ, न त विद्युत सेवा छ । यसरी बर्षोदेखि अन्धकारमय भएर बस्दा पनि कसैको ध्यान नपुगेको स्थानीय गौरब केसीले बताए । नजिकैका सिमा दहखोला, गुराँसे र रोल्पाको जुगार क्षेत्रमा नेटवर्कले घर–घरमा काम गर्ने भएपनि छत्रेश्वरी–४ को माथिल्लो क्षेत्रमा भने नेटवर्कले कामै नगरेका स्थानीयहरुको भनाइ रहेको छ ।
स्काईले काम गरेपनि सबै जनताको पहुँचमा भने पुग्न सकेको छैन । कहि कतै हेलो तथा स्काईले काम गरेपनि रिचार्ज कार्ड ब्यापारीले मंहगोका बेच्ने गरेका छन् । ब्यापारीले रिचार्ज कार्ड महिनौसम्म स्टक रहनुका साथ बजार पनि धेरै टाढा पर्ने भएकोले मंहगो पर्न जाने बताउँछन् ।
२०५६ सालसम्म झिम्पे टावरमा नेपाल प्रहरीले टेलिफोनको सञ्चार सेवा पु¥याए पनि द्वन्द्वको बेला दुई पक्षबीच भिडन्त भएसँगै त्यो टावर अहिले काम लाग्ने अवस्थामा रहेको छ । पछिलो समय छत्रेश्वरी–४ साविकको झिम्पेमा टावर बन्ने भएपनि अहिलेसम्म त्यसको कुनै जानकारी भने छैन । टावर निर्माणको लागि केन्द्रले झिम्पेलाई छनोट गरी क्षेत्रीय कार्यालय नेपालगंजलाई पत्र काटिसके पनि क्षेत्रले अहिलेसम्म कुनै कामको थालनी नभएको विद्यार्थी नेता हिमाल यात्री बताउँछन् ।
टावर निर्माणको लागि छनोट भएपछि अब सल्यानका जनप्रतिनिधिले छिटोछरितोका लागि पहल गर्नुपर्ने उनी बताउँछन् । लामो समयपछि सडकमार्ग जोडिदै गरेका ति स्थानहरुमा सञ्चार, विद्युत छिटोछरितो पु¥याउन सबैले चासो दिनुपर्ने जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *