- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeविचारन त ग¥यो भविष्यवाणी, न त प¥यो पानी

न त ग¥यो भविष्यवाणी, न त प¥यो पानी

- Advertisement -spot_img

आकाशमा हे¥यो बादल छेन । भुइँमा हे¥यो ओसिलो छैन । शरीर छाम्यो ओभानो छैन । खेतबारी हे¥यो हरियो छैन । आज यो आलेख लेख्दाको समय २०७६ साल आषाढ ३ गते बुधबारसम्म पानी परेको छैन ।
यदि यो आलेख पत्रिकामा छाप्दा र पत्रिकामा प्रशारण हुँदा पानी प¥यो भने संयोग हुनेछ र सबैलाई राहतको अनुभूति हुनेछ । साँच्चिकै भन्ने हो भने यस वर्ष दाङमा आजका मितिसम्म मकै छर्ने पानी परेकै छैन ।
समयको पावन्दी र मौसमको छोपाछोपले गर्दा जबर्जस्ती माटोमुनि मकै पुर्ने काम सकिएता पनि कति मकै उम्रने र कति नउम्रने अझै अत्तोपत्तो नै छैन । धान खेतको लागि बिउ उमार्ने कार्य त कता हो,
कता मकैको सम्म पनि ठेगाना छैन । सदका वर्षमा यतिबेला बारीमा केही न केही हरियो देखिने यस वर्ष भने मरुभूमितुल्य भएका छ । हुन त पानी पर्ने कुरा गर्दा कतै–कतै पानी परेकै अवस्था छ भने कतै–कतै पानीले क्षति गरेको कुरा पनि छ ।
विशेषगरी नेपालको मध्यभागमा यतिबेला पूर्ण खडेरीको प्रकोप छ । विशेषगरी दाङमा भन्ने हो भने प्रत्येक वर्ष पानीको वर्षात अनियन्त्रित बन्दैछ । पानी समयमा नपर्ने, परेपनि खण्डवृष्टि हुने । हरेक वर्ष कम पानी पर्ने ।
बेमौसमी बर्षात हुने । हावाहुरी बढी चल्ने । आकाशमा लागेको कालो बादल हावाहुरीले फटाउने । लेक तथा डाँडाहरुमा तुवालोले छोप्ने । यस्तो प्रकृतिमा देखिनु पूर्ण रुपमा जलवायुको असर नै हो ।
दाङमा पछिल्लो समय भूमिको दुरुपयोगको चपेटामा परिरहेको छ । अन्न उत्पादनका हिसाबले तराईका जमिन अर्थात भित्री मधेशका जमिनलाई अन्नको भण्डार मानिन्छ । यो हिसाबले दाङ पनि अन्नको भण्डार नै हो ।
यहाँको उर्वरभूमिलाई खेतीका लागि मात्र प्रयोग गर्ने हो भने राप्ती अञ्चललाई नै दाङले धान्न सक्ने क्षमता राख्दछ । दाङ खाद्यान्न बालीका हिसाबले अति नै महत्वपूर्ण मानिन्छ । विशेषगरी धान र तोरीका लागि प्रमुख मानिने यहाँको जमिन मकै खेतीको लागि पनि कम छैन ।
धान, मकै, तोरी र मसुरो प्रशस्त उत्पादन हुने दाङको भूमि पछिल्लो समय मरुभूमि बन्दैछ । किनभने यहाँ कसैलाई चासो छैन । यहाँको जमिन कहाँ केमा प्रयोग हुँदैछ ? कसैको सोधखोज विषय नै बन्दैन ।
यहाँ कति सिमेन्ट उद्योग स्थापित भए र त्यसले पनि कुनै प्रश्न उब्जाएको छैन । यहाँको वन जंगल कहाँ कति नासिए र मासिए । त्यसले पनि सायद कसैको मन पोल्दैन । समयमा वर्षा नहुँदा वा पानी नपर्दा आकाशमाथि हेरेर आँखामा तोरी फुले पनि पानी किन परेन ?
त्यसको कारण खोजीनीति हुँदैन । प्रत्येक वर्षको पानी पर्ने समय र औषत वर्षाको पनि लेखाजोखा गरिन्न । कि त कम पानी परेर हाहाकार । कि त बढी पानी परेर हाहाकार । कुनै न कुनै विषयले तड्पाएको समयमा पनि कुनै वातावरणीय चासो र चिन्ता छैन ।
दंगालीबासीले सिमेन्ट उद्योगभन्दा अर्को काम पनि जानेनन् । हरेक वर्ष खानेपानीदेखि लिएर वर्षातको पानीमा अनियन्त्रित हुँदासम्म प्रकृतिको बचाऊ गर्ने कुनै उपायको छलफल र बहस चल्न सकेन । जमिनको खण्डिकरण हुँदा पनि कुनै आपत्ति भएन ।
एउटै जिल्लामा ४÷५ वटा सिमेन्ट कारखाना चल्ना पनि कुनै आपत्ति भएन । उर्वरभूमिमा घर टहरा बन्दा पनि कुनै आपत्ति भएन । जे गर्दा पनि आपत्ति र विपत्ति नहुने तर समयमा पानी नपर्दा र वर्षातमा बाढी प्रकोप पर्दा किन आपत्ति ?
यो सबै हामी मानवले निम्त्याएको खेल होइन ? हामी किन स्वीकार्न तयार छैनौं ? मौसमले हामीलाई चुनौती दिइरहेको छ र सतर्कता अपनाउन निर्देशन गरिरहेको छ ।
आजसम्म हामीले प्रचण्ड गर्मीका कुरा ग¥यौं । खडेरीका कुरा ग¥यौं । समयमा पानी नपरेको कुरा ग¥यौं । गर्मीले जनजीवन कष्टकर बनेको कुरा ग¥यौं । तर हामीले स्थापित गरेको सिमेन्ट कारखानाको कुरा किन गरेनौं ?

दाङ खाद्यान्न बालीका हिसाबले अति नै महत्वपूर्ण मानिन्छ । विशेषगरी धान र तोरीका लागि प्रमुख मानिने यहाँको जमिन मकै खेतीको लागि पनि कम छैन । धान, मकै, तोरी र मसुरो प्रशस्त उत्पादन हुने दाङको भूमि पछिल्लो समय मरुभूमि बन्दैछ । किनभने यहाँ कसैलाई चासो छैन । यहाँको जमिन कहाँ केमा प्रयोग हुँदैछ ? कसैको सोधखोज विषय नै बन्दैन । यहाँ कति सिमेन्ट उद्योग स्थापित भए र त्यसले पनि कुनै प्रश्न उब्जाएको छैन ।

हामीले वन विनाशमा चासो नदिएको कुरा किन स्वीकारेनौं ? हामीले खाद्यान्न उत्पादन हुने भूमिमा घर टहरा निर्माण गरेको र बाटोघाटो खोलेको कुरा किन स्वीकरेनौं ? हामीले पानी पर्ने कारणलाई नष्ट गर्ने र पानी नपर्ने कारणलाई स्थापित गर्ने ?
अनि कसरी पर्छ पानी ? किन पर्छ पानी ? हामी जानी–जानी प्राकृतिक प्रकोपको दलदलमा फसिरहेका छौं । आजसम्म कसैले पानी पर्ने, नपर्ने वा कहिले पर्ने वा कत्रो पर्ने, कसैले भविष्यवाणी गर्न सक्यो ? किन भने भविष्यवाणी गरे पनि त्यो कुरा मिथ्या हुन्छ ।
किन मिथ्या हुन्छ भने पानी समयमा पर्ने कैयौं कारण नष्ट तथा भष्ट भइसकेका छन् । शास्त्रीय मत हेर्ने हो भने यस वर्ष जलाढक संख्या ८० छ । जसमा समुद्री क्षेत्रमा ४० ढक, पर्वतीय क्षेत्रमा २४ ढक र बाँकी जमिनको क्षेत्रमा १६ ढक पानी छ । यसैलाई आधार मान्ने हो भने पनि जमिनमा पानी पर्ने अवस्था हरेक वर्ष कम हुँदैछ ।
पानी पर्ने पुस्त्री योगमा समेत पानी पर्दैन । यो सबै हुनुमा दोषी को हो ? यही प्रकृतिमा जुनबेला भन्यो त्यही बेला पानी पर्ने अवस्था थियो भने आज वर्षाको समयमा पनि पानी पर्दैन ।
अब असार १५ आउन धेरै दिन छैन । आसर १५ भनेको धान खेती गर्ने मचामचको समय हो । अर्थात् मुठी छरेर मुरी उब्जाउने जोश जाँगरका साथ किसान आफ्नो खेतबारीमा खट्ने र डट्ने समय हो ।
आज असारको पहिलो हप्तासम्म दाङमा फाटफुट वर्षाबाहेक एकझर पानी जमिन भिज्ने र जमिन गल्ने गरी आउन सकेको छैन । यस्तो समयमा हाम्रो धान दिवसको अवस्था के होला ?
गमलामा धान रोप्नुको विकल्प अरु केही छ, छैन ? असार १५ खेतमा त धान रोप्न सकिएन आजकै अवस्था भयो भने गमलामा रोप्ने पनि हिम्मत, जोश र जाँगर गर्मीले खाने छ । भान्सामा जाँदा आरामले खानु छैन ।
विस्तरामा जाँदा मस्तले सुत्नु छैन । सडकमा जाँदा आरामले हिड्नु छैन । कोठामा थपक्कै बस्दासमेत जीउक्षोमानु पार्नुछैन भने गर्मीको प्रकोप कति होला ? दिनानुदिन बढ्ने गर्मीले प्रकृतिले हामीलाई पढाइरहेको छ ।
तर हामीले खाली खानी परेन र गर्मी चढ्यो भन्न मात्र जानेका छौँ । पानी नपार्ने उपाय त हामीले जानेकै रहेछौं तर पानी पार्ने उपाय किन जानेनौं ?
प्रकृतिको दोहन गर्दा वर्षातमा हुने कमिकमजोरीलाई समयमै जान्न र बुझ्न सकिएन भने न त पानी पर्ने दिनको भविष्यवाणी गर्न सकिनेछ त त पानी पर्नेछ । पानी नपरेको सबैलाई थाहा छ ।
गर्मी बढेको सबैलाई थाहा छ । तर पानी यसदिन पर्छ भन्ने कसैलाई थाहा छैन । थाहा हुनेले नि भन्न सक्दैन । किनभने प्रकृति निकै अनियन्त्रित र अटरी भई सक्यो । जसले गर्दा जसको भविष्यवाणी पनि विफल तुल्याईदिन्छ ।
प्रकृतिमा कुनबेला के हुने हो ? त्यो गर्भमा नै छ । कुनै आँकलन गरी साध्य छैन । हरके कुरा प्रतिकूल बन्दै छ । मानिस स्वयम् प्रकृतिको प्रतिकूल बन्दैछ भने प्रकृति कसरी मानिसको अनुकूल बन्ला ?
प्रकृतिलाई आफ्नो अनुकूलको बनाउन आफू पनि प्रकृतिको अनुकूल बन्नु परेन ? हामीलाई जीवन र जगतको कुरा जानेर पनि जान्न मन लाग्दैन । बुझेर पनि बुझ्न मन लाग्दैन ।
हाम्रो जीवन प्रकृतिसँग जोडिएको छ र प्रकृति हामीसँग जोडिएको छ । जीवन भयो भने जगत हुन्छ र जगत भयो भने जीवन हुन्छ । यो नै प्राकृतिक साश्वत नियम हो ।
जसरी प्रकृतिले प्राणीलाई सञ्चालन गर्दछ त्यसरी नै प्राणाीले पनि प्रकृतिको सञ्चालन गर्नुपर्दछ । सडकमा जति बढी गाडी गुड्दै छन् । जमिन जति बढी भौतिक संरचना बन्दैछन् । सहरमा जति उद्योगधन्दा चल्दैछन् ।
वनमा जति बोटविरुवा घट्दै छन् । जमिनमा जति बाली विरुवा कम हुँदैछन् । गाउँ–गाउँमा जति बाटोघाटो खुल्दैछन् । जनिम जतिसम्यो टुक्रा र खण्डीकरण बन्दैछन् । त्यति नै मौसममा हुने परिवर्तन र मौसमबाट हुने हानी नोक्सानी पनि बढ्दै छ ।
एकातिर विकासको नारा घन्कीदैछ भने अर्कोतिर विनाशको मुस्लो मन्किदै छ । विकासको सँगसँगै विनाश भयो भने त्यसको भोगाई मीठोभन्दा तीतो नै बढी हुनेछ ।
तसर्थ आधारभूत विकासलाई प्राथमिकतामा राखेर प्रकृति माथिको अतिक्रमणलाई रोक्न र छेकन सकिएन भने आजको भन्दा भोलिको परिस्थिति झन जटिल र भोलिको भन्दा पर्सीको परिस्थिति झन कठीन बन्दै जानेछ ।
विकास केलाई मान्ने ? बडो कठीन र गाह्रो प्रश्न भयो । सडकमा रेल कुढ्नु विकास कि धर्तीमा पानी नचुहिनु विकास ? अर्थात् मानव निर्मित कार्यले वातावरणमा पारिरहेको असरलाई विकास मान्ने कि विनास ?
यदि आजकै स्थिति र परिस्थितिलाई विकास मान्ने हो भने असार १५ गतेसम्म पानी नै नपरे जनजीवनको हालत के होला ? त्यतिबेला हाम्रो अगाडिको विकास के मा परिणत होला ? मानिसले सहजै सहन र भोग्नसक्ने अवस्था नै अनुकूल अवस्था हो ।
यदि मानिसले सहजै सहन र भोग्न नै सकेन भने त्यो त प्रतिकूल अवस्था भइयो नि ? त्यसैले कुनै पनि प्राकृतिक अवस्था मानिसले सहने र भोग्ने किसिमको बनाउन मानिस नै जागरुक हुनुप¥यो ।
विकासको नारा बोकेर प्रकृतिको दोहन गरेर मौसललाई नै परिवर्तन पार्ने हिसाबले कुनै पनि मानव प्राणी लाग्नु भएन र जाग्नु भएन । प्रकृतिको प्रकोप फेरी पनि हामीमाथि नै हो ।
जे पर्ला त्यही व्यहोरौला भन्ने हो भने आजसम्मको गर्मी धान्न हम्मे–हम्मे परिरहेको बेला अझै पानी नपरे के होला ? २÷४ दिन पानी ढिलो पर्दा त यो हालत हुन्छ भने २÷४ महिना ढिलो पर्दा हाम्रो अवस्था के होला ?
त्यसैले समयमै होसियारी बनौं । २÷४ महिना ढिलो गरि पानी पर्ने अवस्था नआउला भन्न सकिन्न । यदि हामीले मौसमी परिवर्तनलाई समीक्षा गरेनौं र यसको गतिशीलतलाई बुझेनौं भने भोलि हाम्रो सहर वा बस्ती खण्डहर बन्नेछ ।
पानी र हरियाली विनाको सहर के सहर ? हामीले चाहेको सहर नै स्वच्छ हरियाली र पानीको पर्याप्तता हो । छताछुल्ल पानी, हरियैहरियो जमिन, शितल हावा, खुल सडक, अन्नै अन्नको भण्डार ।
हामीले चाहेको वातावरण हो । यदि यो हुन सकेन भने जति विकास भएपनि अधूरै र अपूरै हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here