- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरन्यायीक समितिलाई मजबुद बनाइने

न्यायीक समितिलाई मजबुद बनाइने

- Advertisement -spot_img

तुलसीपुर, २ साउन ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले न्यायिक समितिलाई मजबुद बनाउन आफूहरु लागिपरेको वताएका छन् । उनले समितिमा सरल र सहज तरिकाले न्याय सम्पादन गर्न न्यायीक समिति र मेलमिलापकर्तालाई सँगसँगै लैजाने बताएका छन् । न्याय सम्पादन गर्ने सवालमा जनप्रतिनिधि सबैको साझा रहेको उनको भनाई रहेको छ । तुलसीपुरमा आयोजित स्थानीय तहको न्यायीक अधिकार कार्यान्वयन विषयक एकदिने अन्तरक्रिया कार्यक्रम बोल्दै नगर प्रमुख पाण्डेले यस्तो बताएका हुन् । कार्यक्रमका विशिष्ट अथिति ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले प्रहरी न्यायीक समितिसँगै रहेको बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उप–प्रमुख एवं न्यायीक समिति संयोजक माया आचार्यले मेलमिलापकर्तालाई छिट्टै सूचिकृत गर्ने बताएकी छन ।
कार्यक्रममा मेलमिलापकर्ता, जनप्रतिनिधि र सरोकारवालाको सहभागिता रहेको थियो । विपन्न तथा सीमान्तकृत समुदाय विशेषगरी महिलाहरुको सुरक्षा र न्यायमा पहुँच बढाउन कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।
युकेएडको सहयोग, सर्चफरकमन ग्राउन्डको सहकार्यमा कानून अन्वेषण तथा स्रोत विकास केन्द्रको आयोजनामा भएको कार्यक्रममा स्वागत सेलर्ड दाङका संयोजक मोहन धितालले गरेका थिए भने कार्यक्रमको सहजीकरण गोकर्ण खत्रीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here