- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसम्पादकीयन्यायमा विश्वास

न्यायमा विश्वास

- Advertisement -spot_img

विश्वास सबैभन्दा ठूलो चिज हो । विश्वासमा अडिन सकेमा जस्ता समस्यामा पनि सहजै समाधान हुने र व्यवस्थापन गर्न सकिन्छ । सरकारी संरचनामा धेरै अविश्वास देखिन्छ । कार्य सम्पादनदेखि व्यवहारसम्ममा यो अवस्था छ ।
तर पहिलेदेखिकै विश्वासको स्तम्भको रुपमा रहेको न्यायलयमा भने पछिल्लो समय सर्वसाधारण विश्वास बढाउन थालेका छन् । उनीहरुको पहुँच पनि बढिरहेको देखिन्छ ।
अदालतले सर्वसाधारणको पहुँच बढाउन गरेका विभिन्न गतिविधिले पनि आम नागरिकको पहुँच बढ्नु स्वभाविक मान्न सकिन्छ । तर त्यसको कार्यसम्पादन पनि विश्वासमुखी बनाउन अदालत लाग्न सक्नुपर्छ । आमनागरिकको न्यायमा पहुँच बढेसँगै न्यायप्रतिको विश्वासले अदालतहरुमा त्यो लक्षण देखिएको पनि छ ।
उच्च अदालत तुलसीपुरमा विगतभन्दा यो वर्ष न्यायको विश्वास देखिएको छ । विगतको भन्दा २५ प्रतिशत सेवाग्राही अदालतको विश्वासमा बढेका छन् । नागरिकहरुकै विश्वासका कारणले हुनुपर्छ वर्षेनी मुद्दाको संख्या पनि बढ्दै गएको देखाइएको छ ।
अदालतले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न शीर्षकमा अदालतमा मुद्दाको संख्या बढ्नुले पनि नागरिकको विश्वास गएको देखिएको छ । आर्थिक वर्ष ०७५÷७६ मा नयाँ ६ सय १७ मुद्दा दर्ता भएको र आर्थिक वर्ष ०७४÷७५ मा ४ सय ९३ मुद्दा दर्ता भएका थिए ।
यसले पनि अदालतप्रतिको विश्वास बढिरहेको देखाएको छ । नागरिकमा न्यायीक निकायप्रतिको विश्वसनीयता बढ्दै गएको, नागरिकमा सचेतना बढ्दै र बढ्दो जनसंख्यामा बढ्दै गरेको अपराधका कारण अदालतमा वर्षेनी मुद्दा बढ्ेको अदालतको तर्क छ । अदालतको लागि सेवाप्रवाह गर्ने बढ्नु राम्रो हो । तर कतिपय अवस्थामा देखिनु अदालतको बदमासीलाई नियमन र निगरानी गर्नसक्नु पर्छ ।
अदालत र न्यायमूर्तिहरुले आफ्नो विश्वास कामय राख्नतर्फ ध्यान दिनुपर्छ । कतिपय अवस्थामा न्यायालय र न्यायमूर्तिहरुमा देखिने अविश्वास, शंका, कार्यसम्पादन प्रतिको टिप्पणी रोक्न सक्नुपर्छ ।
आम नागरिकको विश्वास बढिरहेको अवस्थामा कार्यसम्पादनमा कमजोरी देखाउनु न्यायमूर्तिहरुकै कमीकमजोरी हुनसक्छ । त्यसतर्फ न्यायमूर्तिहरु सचेत हुन सक्नुपर्छ । यद्यपि सानो कारणले पनि अहिलेसम्मका विश्वास र कार्यसम्पादन गुमाउनु हुँदैन । अदालतको गरिमा र विश्वास जोगाइ राख्न सरोकार राख्ने निकाय बढी जिम्मेवार बन्न सक्नुपर्छ । उच्च अदालत तुलसीपुरले त्यो कायम गर्न सकोस् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here