नेपाल राष्ट्रिय माविको स्वर्ण महोत्सव

फिचर समाज

देउखुरी, २४ फागुन । श्री नेपाल राष्टिूय माध्यामिक विद्यालय भालुवाङको स्वर्ण महोत्सव तथा अभिभावक भेला बिहीबार सम्पन्न भएको छ । २०२४ सालमा श्री नेपाल राष्ट्रिय पाठशालाको रुपमा स्थापना भई असंख्य विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिसकेको विद्यालयको ५१ वर्षको अवसरमा स्वर्ण महोत्सव तथा अभिभावक भेलाको आयोजना गरिएको हो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरबहादुर केसीको अध्यक्षता, प्रदेश नम्बर ५ का सांसद दामा शर्माको प्रमुख आतिथ्यता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ठ आतिथ्यता तथा वडा नम्बर १ का अध्यक्ष तारा बहादुर डिसी, वडा नम्बर २ का अध्यक्ष जगतबहादुर थापा एवं शिक्षाप्रेमी, सहयोग दाताहरुको आतिथ्यतामा स्वर्ण महोत्सव तथा अभिभावक भेलाको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि दामा शर्माले प्रदेश नम्बर ५ शिक्षाको विकासका लागि लागिरहेको बताए । शर्माले शिक्षा क्षेत्र एक संवेदनशील क्षेत्र भएको हुँदा यस क्षेत्रको संरक्षण र विकासका लागि सबै लाग्नुपर्ने बताए । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङको स्वर्ण महोत्सव तथा अभिभावक भेलामा विशिष्ठ अतिथि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले राप्ती गाउँपालिकाले राप्ती क्षेत्रका ३१ सामुदायिक विद्यालयको विकासमा असंख्य काम गरिरहेको र उल्लेख्य कायापलट कार्य गर्दा कोहि हतोत्साहित भएको हुँदा हतोत्साहित नहुन र सहजरुपमा शिक्षाको गतिविधिलाई लिईदिन आग्रह गरे ।
विशिष्ठ अतिथि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले विद्यालयले भवन चाहियो, शिक्षक चाहियो मात्र नभनेर स्थानीय सरकार र अभिभावकलाई प्रगति देखाउने गरी विद्यार्थीलाई उत्कृष्ट बनाउनेतर्फ समेत ध्यान दिनु आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले श्री नेपाल राष्टिूय माध्यमिक विद्यालय भालुवाङको विद्यार्थी संख्याका आधारमा शिक्षक तथा ११ र १२ कक्षा सञ्चालनमा आईपर्ने विभिन्न समस्यामा सहयोग गर्न गाउँपालिका तयार रहेको बताइन् ।
उपाध्यक्ष चौधरीले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउन गाउँपालिका लागि रहेको अवस्थामा यस विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय ब्यवस्थापन समितिलगायत नमुना विद्यालयको अवधारणा अनुसार कार्य गर्न लाग्नुपर्ने बताए । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङको स्वर्ण महोत्सव तथा अभिभावक भेलामा विद्यालयलाई विभिन्न समयमा विभिन्न प्रकारले सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *