Wednesday, March 27, 2024
Homeमुख्य खबरनेपाल बैंकको तुलसीपुर शाखा उद्घाटन

नेपाल बैंकको तुलसीपुर शाखा उद्घाटन

- Advertisement -spot_img

तुलसीपुर, २ असार । नेपाल बैंक लिमिटेडको शाखा दाङको तुलसीपुर शाखाको आइतबार उद्घाटन गरिएको छ । शाखाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेका हुन् । नेपाल बैंक लिमिटेड तुलसीपुर शाखाले चैत २० गतेदेखि कारोबार सुरु गरेपनि औपचारिक उद्घाटन भएको हो ।
नेपालकै १६७औं शाखा र जिल्लाको दोस्रो शाखाको रुपमा उद्घाटन गरिएको हो । नेपाल बैंक लिमिटेड तुलसीपुरका शाखा प्रबन्धक विश्वराज अधिकारीको अध्यक्षता तथा तुलसीपुर नगरप्रमुख पाण्डेको प्रमुख आतिथ्यता एवं बैंकका कायम मुकायम सहायक सिइओ असिस्टेन्ट प्रकाशकुमार अधिकारीको विशिष्ट आतिथ्यतामा भएको उद्घाटन कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले तुलसीपुर उपमहानगरपालिकामा एक नागरिक एक बैंक खाताको कार्यक्रम ग्रामीणस्तरमा लैजानुपर्ने बताए । उनले आर्थिक समृद्धिसँग जोडिन वित्तीय संस्थाको महत्वपूर्ण भूमिका रहने भन्दै यस्ता वित्तीय संस्थाबाट लाभ लिन सकिने बताए ।
बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले दाङमा नेपाल बैंकका सेवाग्राही धेरै भएकाले तुलसीपुर शाखा सञ्चालनमा ल्याईएको बताए ।
नेपालकै पहिलो बैंक र सरकारी स्वामित्वको बैंक भएकोले पनि जनताका लागि सरल र सुविधायुक्त रहेको उनले बताए । उनले सरकारी स्वामित्वको बैंक भएकोले पनि निजी बैंक सरह नाफामुखी भन्दा पनि सेवामुखी भएको बताए ।
उनले सेवाग्राहीलाई मध्यनजर गर्दै अब दाङको लमही, भालुबाङ, गढवा, नारायणपुर, हापुरेलगायतका स्थानमा नयाँ शाखा विस्तारको तयारीमा रहेको पनि बताए ।
उद्घाटन समारोहमा बैंकका प्रदेश नं. ५ का प्रमुख पासाङ दोर्जे शेर्पा, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिरु रावत, पश्चिमाञ्चल हार्डवेयर प्रालिका प्रबन्ध निर्देशक मनोज बुढाथोकी, बैंकका भूतपूर्व वरिष्ठ प्रबन्धक केशव दिपक न्यौपाने लगायतले सेवामुखी रुपमा बैकले सेवा दिनुपर्ने बताए ।
कार्यक्रममा शाखा प्रबन्धक विश्वराज अधिकारीले बंैकले भुक्तानी, रेमिट्यान्स, ट्रान्सफर सेवा साथै विभिन्न कर्जा, एटिएम, राजस्व, लकर सुविधा, सुन धितो कर्जा लगायत सम्पूर्ण वित्तीय सेवा प्रदान गर्ने बताए ।
बैंकको यसअघि तुलसीपुरमा शाखा नहुँदा हरेक कार्यका लागि घोराही जानुपर्ने बाध्यता रहेको भन्दै अब बाध्यता अन्त्य भएको बताए । घोराही शाखा प्रबन्धक चन्द्रप्रकाश अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शाखाका कर्मचारी विश्वराज थापाले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here