- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरनेपाल ट्रेड युनियनको गाउँसभा

नेपाल ट्रेड युनियनको गाउँसभा

- Advertisement -spot_img

तुलसीपुर, १२ फागुन । नेपाल ट्रेड युनियन काँग्रेसको प्रथम गाउँसभा अधिवेशन सम्पन्न भएको छ । शनिबार शान्तिनगर गाउँपालिका भएको अधिवेशनले निमकान्त पाण्डेको संयोजकत्वमा ९ सदस्यीय कार्यसमितिसमेत गठन गरेको छ । जसको उपाध्यक्षमा नेत्रा कुँवर र लोकबहादुर खड्का रहेका छन् ।
त्यस्तै सचिवमा टोपेन्द्र खड्का रहेका छन् भने सहसचिवमा सुरेश कुमार शर्मा रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा छविलाल वली रहेका छन् । यस्तै सदस्यहरुमा दधिराम भण्डारी, कल्पना पुन, विणा भण्डारी र सरिता केसी रहेका छन् । उक्त अवसरमा युवराज बस्नेत, अर्जुन योगी, वडा नं. ६ का वडा अध्यक्ष रवि बुढाथोकी, वडा नं. ३ का वडा अध्यक्ष बुद्धिराम तिवारीलगायतको सहभागिता रहेको थियो । संस्थाका जिल्ला अध्यक्ष तीर्थराज न्यौपानेको अध्यक्षता एवं शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण पूर्णबहादुर वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here