नेपाली सेनाको अन्तरक्रिया

मुख्य खबर

घोराही, २६ मंसिर । सार्वजनिक रूपमा नदेखिने नेपाली सेनाले पहिलो पटक घोराहीमा छलफल कार्यक्रमको आयोजना गरेको छ । नेपाली सेनाले घोराहीमा नागरिक सैनिक छलफल कार्यक्रमको आयोजना गरेको हो । सेनाको काम गुनासा र नागरिकको अपेक्षा बुझ्ने उद्देश्यले सेनाले दाङमा पहिलो पटक नागरिकसँग छलफल गरेको हो ।
छलफलमा सहभागीहरूले नेपाली सेनाले नेपालको विकास निर्माण, उसले सञ्चालन गरेको स्वास्थ्य शिविर, पुनर्निर्माण विपदका समयमा गर्ने खोजतलास, उद्धार राहत कामहरू प्रशंसनीय रहेको बताएका थिए ।
अझ विश्वसनीय र भरपर्दो सेवा बनाउन सुझाव दिएका थिए । राष्ट्रियता र देशको अखण्डताको रक्षाका लागि स्थापना भएको नेपाली सेनाले देशको सीमा रक्षामा पनि संवेदनशील हुन सुझाव दिएका थिए
। नेपाली सेना सामाजीकीरण हुँदै जाँदा सार्वजनिकीकरण हुन नहुने तर्फ सचेत हुन पनि सुझाव दिएका थिए । यसैगरी सहभागीहरूले नेपाली सेना विकास निर्माणसँगै उत्पादनमूलक काममा पनि सरिक हुन सुझाव दिएका थिए ।
छलफल नेपाली सेना भर्ना प्रक्रियाका बारेमा समेत जिज्ञासा राखेका थिए । छलफलका प्रमुख अतिथि १९ नम्वर बाहिनीका बाहिनीपती सहायक रथी सुशील कुमार भण्डारीले नेपाली सेनाले गरेका कामका बारेमा नागरिकको गुनासो र अपेक्षालाई बुझ्न नागरिक सैनिक देशका १४ ठाउँमा यस्ता छलफल गरिएको बताए । उनले नेपाली सेना अहिले विस्फोटक पदार्थ सैनिकले लगाउने भित्री पोशाकमा आत्मनिर्भर बन्दै गएको वताए ।
यसैगरी छलफलमा महासेनानी ईश्वर कुमार श्रेष्ठले राष्ट्र राष्ट्रियता सार्वभौम रक्षाका लागि सेनाको जन्म भएको बताउँदै राष्ट्र र राष्ट्रियताप्रति संवेदनशील रहेको बताए ।
छलफलमा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, पत्रकार महासंघ दाङका सल्लाहाकार सुदिप गौतम, अको¥यावका केपि घिमिरे, पत्रकार महासंघ दाङका उपाध्यक्ष लीला शाहा, राससका नारायणी रजौरे, पत्रकार ओपेन्द्र बस्नेतलगायतले सुझाव दिएका थिए ।
छलफलको सहजीकरण प्रमुख सेनानी प्रद्युम्न पौडेलले गरेका थिए । त्यस अवसरमा नेपाली सेनाले गरेका कामको वृत्त चित्रहरू पनि देखाइएको थियो ।
कार्यक्रममा नेपाली सेनाको रेडियो कार्यक्रम बजाउने एफएमहरू रेडियो साझा आवाज, रेडियो इन्द्रेणी, रेडियो प्रकृति एफएम, रेडियो हापुरेलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । नेपाली सेनाले हाल देशका विभिन्न दुई सय २० एफएमहरूमा रेडियो कार्यक्रम प्रशारण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *