नेपाली भूमि फिर्ता गर्छाैः प्रधानमन्त्री

breaking-news प्रदेश फिचर मुख्य खबर राजनीति

प्रदेश टुडे
काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएकाले त्यसलाई फिर्ता गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् ।
ओलीले संसदको बैठकमा मंगलबार जवाफ दिने क्रममा यस्तो दृढता व्यक्त गरेका हुन् । उनले भने, ‘अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, फिर्ता लिएरै छोड्छौं ।’
उनले अतिक्रमित भएका ती क्षेत्र समावेश गरेर सरकारले नयाँ नक्सा जारी गरेको जानकारी दिदैँ अब अतिक्रमित भूमि फिर्ता लिन तत्काल राजनीतिक र कुटनीतिक तहमा प्रभावकारी पहल गर्ने बताए ।
ओलीले मन्त्रिपरिषद्ले स्वीकृत गरेअनुरूपको नेपालको नक्सा छिट्टै नै प्रकाशित गर्ने बताए । नयाँ नक्साअनुसार नेपालको निशान छाप परिवर्तन गर्न संविधान संशोधनसमेत गर्नुपर्ने उनको भनाइ छ ।
उनले राष्ट्रवाद प्रदर्शन गर्न मात्र नक्सा सार्वजनिक नगरेको स्पष्ट पारे । उनले भने, ‘यो तथांकथित राष्ट्रवाद देखाउन गरिएको होइन ।’ सन् १९६२ मा कालापानीमा भारतीय सैनिक बसेपछि त्यसभन्दा पश्चिमको नेपाली भूमिमा पुग्ने रोकिएको बताए ।
‘२०१८ सालसम्म जनगणना गर्ने, तिरो उठाउने काम भएको थियो’ उनले भने, ‘त्यसपछि त्यहाँ जान नदिने, रोक्ने काम भयो । खासगरी सन् १९६२ मा भारतीय सेना कालापानीमा बसेपछि त्यसपछि पश्चिमको भूभागमा जान हामी ब्लक भयौं । हामीलाई ब्लक गरियो ।’
ओलीले त्यसबेलाका शासकले सहेका कारण यो विषय निरन्तर ओझेलमा पर्दै आएको बताउँदै अब लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भएको भारतीय अतिक्रमण ओझेलमा पर्न नदिने बताए ।
‘हाम्रो भूभाग फिर्ता लिएर छाड्छौं’ उनले भने, ‘त्यही अठोटका साथ कुटनीतिक माध्यमबाट ठोस पहल गरेर हाम्रो भूमि फिर्ता ल्याइने छ । त्यो हाम्रो भूमि हो । त्यसलाई जबरजस्ती विवादास्पद बनाइएको छ । त्यो विवादास्पद भूमि होइन ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनको सुरक्षासहितको परिपूर्ण लोकतन्त्रको पक्षमा आफू रहेको बताएका छन् । सकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा संसद्मा मंगलबार ओलीले यस्तो धारणा राखेका हुन् ।
‘देख्न मात्र पाइने तर, जनताले जीवनमा परिवर्तन महशुस गर्न नपाउने, उपभोग गर्न नपाउने लोकतन्त्र चल्तेचलाते लोकतन्त्र मात्रै हो । नेपालमा जीवनको सुरक्षासहितको परिपूर्ण लोकतन्त्र अभ्यास आवश्यक छ ।’
उनले राजनीतिक अधिकार मात्र भएको लोकतन्त्र नभएर जनताको जीवनमा सकारात्मक परिवर्तन पार्ने परिपूर्ण लोकतन्त्र चाहेको बताएका छन् ।
जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने लोकतन्त्र खोजेको बताउँदै उनले ‘प्रशस्त राजनीतिक अधिकार भइरहने तर जीवन जिउनका लागि सकडमा बालबालिकाले कुकुरसँग लडिरहनुपर्ने, अभिभावकविहीन भएर बस्नुपर्ने अवस्था पूर्ण लोकतन्त्र नहुने’ बताए ।
‘बुढाबुढीहरू सडकमा अलपत्र परेका छन्, बेसहारा भएका छन्,’ उनले भने, ‘हाम्रा ज्येष्ठ नागरिकको अवस्था त्यो छ, तर हामी वाक स्वतन्त्रता मात्र भनिरहन्छौं । मान्छे बाँच्नका लागि तड्पिएर सडकमा हिँडेको छ र हामी ‘लोकतन्त्र’ मात्र भन्छौं भने त्यसको के अर्थ रहन्छ ?’

भारतबाट भित्रिएको भाइरस झन् कडा

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण रोकथामलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
भारतबाट आएकाहरूका कडा खालको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको बताएका छन् ।
उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए । उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *