- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरनेपाली काँग्रेसमा आन्तरिक विवाद

नेपाली काँग्रेसमा आन्तरिक विवाद

- Advertisement -spot_img

काठमाडौँ, १ माघ । केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने नबन्ने विषयले नेपाली काँग्रेस आन्तरिक विवादमा चुलिएको छ । निर्वाचनबाट प्रतिनिधि बन्नुपर्ने संस्थापन पक्ष र महासमिति बैठकमा भएको सहमति कार्यान्वयन हुनुपर्ने संस्थापन इतर पक्षका नेताको फरक धारणाले केन्द्रीय कार्यसमिति बैठक आरोप प्रत्यारोपमा केन्द्रित छ ।
सबैलाई समान अवसरको आवाज उठाउँदै संस्थापन पक्षका नेताले निर्वाचित भएर आउनुपर्ने प्रावधान नराखिए पार्टी दुर्घटनामा पर्ने औंल्याएका छन् । संस्थापन इतर पक्ष भने केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने पूर्ववत प्रावधानलाई कायम राख्नुपर्ने पक्षमा देखिएको छ । पार्टीको विधान अनुमोदन लगायतको एजेण्डासहित पछिल्लो समय जारी केन्द्रीय कार्यसमिति बैठक विधानमा मात्र केन्द्रित बन्न पुगेको छ । जसले राष्ट्रिय राजनीतिसहित भातृ संगठनहरुको विषय समेत ओझेलमा पारेको छ । नेविसंघको कार्यसमितिबारे निर्णय लिन नसक्दा अध्यक्ष नैनसिंह महरले सोमबार राजीनामा दिएका छन्  ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here