- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरनेपालको राजनीति नयाँ युगमाः ज्ञवाली

नेपालको राजनीति नयाँ युगमाः ज्ञवाली

- Advertisement -spot_img

तुलसीपुर, ८ जेठ ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री युवराज ज्ञवालीले नेपालको राजनीतिले युग फेरेको बताएका छन् । उनले राजनीतिले युग फेर्दै पुरानोबाट नयाँ दिशामा गएको बताए । ज्ञवालीले यो राजनीतिको यात्रा अहिले सगरमाथाको चुचुरोमा पुगेको भन्दै अब त्यसलाई स्थीर पार्ने काम मात्रै बाँकी रहेको बताए । रिपोर्टर्स क्लव दाङ शाखाले मंगलबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता ज्ञवालीले त्यस्तो बताएका हुन् ।

प्रदेश नम्बर ५ को राजधानीका लागि दाङ जिल्ला हरेक कुरा हावापानी, वातावरण जस्ता विभिन्न कारणले उपयुक्त जिल्ला भएको भन्दै दाङलाई नै स्थायी राजधानी तोकिनु पर्ने उल्लेख गरे ।


ज्ञवालीले कसैले कल्पना नगरेको परिवर्तन नेपालका राजनीतिक शक्तिहरुले गराएको बताए । उनले कम्युनिष्ट र काँग्रेसको सहकार्यले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भएको उनको भनाइ छ । उनले त्यसमा जनताको सहयोग अपरिहार्य रहेको उल्लेख गरे । उनले अशान्ति व्यवस्थापन, सेना समायोजनजस्ता आश्चार्यजनक कुरा पनि सफल भएको बताए ।
अर्काे प्रसंगमा ज्ञवालीले एमाले र माओेवादी केन्द्रबीच पार्टी एकता गराउने पहिलेदेखिकै योजना रहेको जानकारी दिए । पार्टी एकतासँगै नेपालको राजनीति पुरानो युगबाट नयाँ युगमा प्रवेश गरेको बताए । उनले पार्टी एकता भएसँगै देश अब वैज्ञानिक समाजवाद र समृद्ध समाज निर्माण गरिने बताए । समाजवादको आधार तयार गरेर उद्योग, कलकारखाना, शिक्षा, स्वास्थ्य रहेका कुरामा अगाडि बढेर स्वतन्त्र र आत्मनिर्भर देश बनाउने दिशामा नेपालको राजनीति गइसकेको उनले बताए ।
दाङ जिल्लामा आधुनिक तरिकाले कृषि उत्पादन गर्ने थलोका रुपमा विकास गरेर अरु देशमा समेत खाद्यान्न निर्यात गरी युवाहरुलाई रोजगारीको सिर्जना गर्ने आयात बढाउने बताउँदै उनले सुखी नेपाली र समृद्ध नेपाल निर्माण हुने बताए । उनले प्रमुख प्रतिपक्ष दललाई सम्मान गर्दै अगाडि बढ्ने बताए । सबैले आफ्नो ठाउँमा विकास गर्न आवश्यक रहेको छ ज्ञवालीले भने वडा सदस्यदेखि प्रधानमन्त्रीसम्म जो कोही समृद्ध समाज निर्माण गर्नतर्फ लाग्नुपर्छ ।
प्रदेश नम्बर ५ को राजधानीका लागि दाङ जिल्ला हरेक कुरा हावापानी, वातावरण जस्ता विभिन्न कारणले उपयुक्त जिल्ला भएको भन्दै दाङलाई नै स्थायी राजधानी तोकिनु पर्ने उल्लेख गरे । रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव विमल गौतमले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here