नेत्रज्योतिको प्रदेश स्तरीय बैठक

मुख्य खबर

देउखुरी, २२ साउन । नेपाल नेत्रज्योति संघको प्रदेशस्तरीय बैठक सम्पन्न भएको छ । मंगलबार बसेको बैठकले संघको प्रदेश सभा आगामी भदौ महिना गुल्मीमा सम्पन्न गर्ने निर्णयसमेत गरेको छ । नेपाल नेत्रज्योति संघको प्रदेशस्तरीय पहिलो वैठक दाङको लामहीमा सम्पन्न भएको छ ।
संघका प्रदेश नं ५ संयोजक सागर प्रताप राणाको अध्यक्षामा बसेको बैठकले संघको प्रदेशसभा आगामी भदौ २४ गते गुल्मीमा सम्पन्न गर्ने निर्णय गरेको हो । देशको संघीय संरचना अनुसार नेत्रज्योति संघले आफूलाई पनि सोहि अनुसार रुपान्तरण भन्दै गरेको भन्दै ५ नम्बर प्रदेशको प्रदेशसभा गुल्मीमा सम्पन्न गर्ने निर्णय गरेको हो ।
साथै बैठकलले आगामी भदौमा हुने प्रदेशसभालाई सभ्य र भव्य बनाउनका लागि प्रदेश नं.५ अन्तर्गतका नेत्रज्योति संघहरुसँग आर्थिक सहयोग रकम संकलन गर्ने विषयमा छलफल तथा निर्णयसमेत गरेको नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र खड्काले जानकारी दिए ।
त्यस्तै मंगलबार बसेको बैठकले आँखा स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउँदै प्रदेश नं. ५ लाई अन्धोपनरहित प्रदेश बनाउने विषयमा समेत छलफल गरेको छ । यसका लागि आर्थिक स्रोतको व्यवस्थापन गर्नुपर्ने भन्दै बैठकले प्रदेश नं. ५ स्थित सामाजिक विकास मन्त्रालयमा प्रदेशअन्तर्गत सबै नेत्रज्योति संघको तर्फबाट संयुक्त रुपमा प्रस्तावना पेश गर्ने निर्णय गरेको छ ।
उक्त प्रस्तावनाका लागि नेपाल नेत्रज्योति संघ, राप्ती बहादुरगंज तथा लमही आँखा अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापालाई जिम्मा दिने भएको छ  ।
बैठकमा गुल्मी, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठानलगायत नेत्रज्योति संघको शाखा रहेका विभिन्न १० जिल्लाका अध्यक्ष र प्रतिनिधिको सहभागिता रहेको थियो  । उक्त कार्यक्रमको सहजीकरण नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *