- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरनेतृत्व विकास तालिम

नेतृत्व विकास तालिम

- Advertisement -spot_img

घोराही, ३० फागुन । नेपाल दलित संघ क्षेत्र नम्बर २ ले एक दिने क्षमता अभिमुखीकरण तथा नेतृत्व विकास तालिमको आयोजना गरेको छ । नेपाल दलित संघ क्षेत्र नम्बर २ का अध्यक्ष छविलाल सुनारको अध्यक्षतामा एवं नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति गिरिराज सुवेदीको प्रमुख आतिथ्यता तथा काँग्रेस नेता कमल किशोर घिमिरेको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको थियो । तालिममा ५४ जना सहभागी रहेका थिए । तालीमको प्रशिक्षकमा काँग्रेस नेता बमबहादुर डिसी रहेका छन् ।
तालिममा नेपाल दलित संघका जिल्ला अध्यक्ष बाबुराम विश्वकर्मा, महासमिति सदस्य खगराज पाण्डे, नेपाली काँग्रेसका क्षेत्रीय सचिव चूडामणि आचार्य, साविक रामपुरका इकाई सभापति रेवती घिमिरे, लक्ष्मीपुरका युवराज आचार्य, महिला नेतृ माया भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल दलित संघका करमलाल नेपालीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कल्पना परियारले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here