नेकपा घरदैलो र भेटघाटमा

फिचर मुख्य खबर राजनीति

तुलसीपुर, २६ कार्तिक । उपनिर्वाचनको मिति नजिकिदैँ जाँदा दल तथा उम्मेदवार भेटघाट एवंं छलफलमा व्यस्त भएका छन् । दाङको क्षेत्र नम्बर ३ को (ख) मा हुने प्रदेश सभा उपनिर्वाचनका लागि नेकपाले घरैदेलौ अभियान तथा प्रचार–प्रसार थालेको छ ।
नेकपाले सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ कुमालडाँडा, दंगीशरण गाउँपालिका वडा नम्बर ६ र वडा नम्बर १ फुर्केसल्लीमा सभा तथा भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रममा नेकपाका सचेतक शान्ता चौधरीले, नेकपा केन्द्रीय सदस्य इन्द्रजित चौधरी, प्रदेशसभा सदस्य दामा शर्मा, जगप्रसाद शर्मा अपारलगायतले जनताका समस्या समाधानमा आफूहरू लागिपरेको बताए ।
कार्यक्रममा उम्मेदवार विमला ओलीले भ्रष्टाचार अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको बताइन् । उनले धन कमाउन चुनावमा नलडेको भन्दै देश र जनताका लागि सदैव सेवामा तत्पर रहने बताइन् । भेटघाटका क्रममा नागरिकले उम्मेदवारसँग पक्की कुला, पक्की सडक, सिंचाई, खानेपानील गायतका माग राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *